• १५ चैत २०८०, बिहिबार

एन्फामा ललितकृष्णको शालिक पुनः अनावरण

blog

एन्फा परिषरमा राखिएको स्वर्गीय ललितकृष्ण श्रेष्ठको अर्धकदको सालिक । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ २९ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  पूर्व कार्यवाहक अध्यक्ष एवं थ्रीस्टार क्लबका अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको शालिकको पुनः अनावरण गरेको छ । स्वर्गीय श्रेष्ठको सातौं पुण्यतिथिको अवसरमा आइतबार एन्फा कम्प्लेक्स परिषरमा अर्धकदको शालिक पुनः अनावरण गरिएको हो ।

यसअघि शालिक रहेको स्थानमा भवन निर्माण गरिएपछि एन्फाले मुख्यालयसँगै शालिक स्थानान्तरण गरेको हो । शालिकको श्रेष्ठकी धर्मपत्नी निलु श्रेष्ठले पुनः अनावरण गर्नुभएको थियो । अनावरणपछि एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फाका पदाधिकारी, प्रशिक्षक, खेलाडि लगायतले शालिकमा माल्यापर्ण र पुष्पगुच्छा चढाएर श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

नेपाली फुटबलको विकासमा ठूलो योगदान पु¥याउनु भएका श्रेष्ठको २०७२ साल जेठ २९ गते करेन्ट लागेर मृत्युभएको थियो । एन्फाले श्रेष्ठको सम्झनामा हरेक बर्ष ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता समेत सञ्चान समेत गर्दै आएको छ ।