नेपालले टिमोर लिस्टे र ओमानसँग मैत्री फुटबल खेल्ने
एएफसी एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले कतारको दोहामा टिमोर लिस्टे र ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाली टोली थप तयारीको लागि बुधबार (आज) साँझ दोहा प्रस्थान गर्दैछ ।
एन्फा निर्वाचनमा वर्तमान अध्यक्ष शेर्पाको प्यानलसहित उम्मेदवारी
अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा समूहले अध्यक्षमा प्यानलसहित उम्मेदवारी दिएको छ । सोमबार एक कार्यक्रमबीच प्यानलसहित उम्मेदवारी घोषणागरी शेर्पा समूहले सामेबारनै एन्फा मुख्यालय पुगेर उम्मेदवारी दर्ता गराएको हो ।
सिटीलाई इङ्लिस प्रिमियर लिग उपाधि
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । घरेलु मैदानमा आइतबार राति भएको लिगको अन्तिम खेलमा एस्टन भिल्लालाई ३–२ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीको यो समग्रमा छैटौं प्रिमियर लिग उपाधि हो ।
एसी मिलान च्याम्पियन
इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानल च्याम्पियन बनेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा ससौलोलाई उसैको मैदानमा ३–० गोलले हराउँदै एसी मिलान च्याम्पियन बनेको हो ।
नेपाल र अफगानिस्तानको मैत्री फुटबल रद्द
पाल राष्ट्रिय फुटबल टोली र अफगानिस्तानबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप २०२३ को तयारीमा लागि जेठ ११ र १५ गते कतारको दोहामा दुई देशबीच मैत्री खेल खेल्ने तालिका तय गरेको थियो ।
च्याम्पियन पीएसजीको अन्तिम खेलमा सानदार जित
फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजनको अन्तिम खेलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको मेट्जलाई ५–० गोलले हरायो ।
गणेश थापालाई फुटबलमा चलखेल नगर्न फिफाको चेतावनी
विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फुटबलको कुनैपनि गतिविधिमा सामेल नहुन चेतावनी दिएको छ ।
फ्रान्कफर्टले जित्यो युरोपा लिग फुटबलको उपाधि
युरोपा लिग फुटबलको उपाधि जर्मन क्लब फ्रान्कफर्टले जितेको छ । बुधबार राति भएको खेलमा स्कटिस क्लब रेन्जर्सलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो ।
फुटबल प्रशिक्षक र खेलाडी विवाद : छानविन समितिले प्रतिवेदन बुझायो
राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीच विवादबारे छानविन गर्न गठित समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ ।