• १९ असार २०८१, बुधबार

यू–२० साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालको एक गोल

blog

माल्दिभ्सविरुद्ध खेल्नुअघि नेपाली टोली । तस्बिर : एनएसजेएफ

काठमाडौं, साउन ९ गते । भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले अहिले उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफमा नेपालले १–० गोलको अग्रता समेत लिएको छ ।

नेपालका लागि दीपेश गुरुङले गोल गर्नुभयो । दीपेशले ४२औं मिनेटमा गोल गर्दै नेपालको उत्साह जगाउनु भएको छ । नेपाल पहिलो पटक आयोजित यू–२० साफ फुटबलको उपाधि चुम्ने लक्ष्यका साथ भारत गएको छ ।

यसअघि यू–१९ र यू–१८ उमेर समूहमा प्रतिस्पर्धा हुँदै आएको यस प्रतियोगिता पहिलो पटक यू–२० उमेर समूहको आयोजना गरिएको हो । नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्नेछ ।

त्यस्तै, भारतसँग जुलाई ३१ र अन्तिम खेल बङ्गलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउन्ड रोबिन लिगका आधारमा खेलिने प्रतियोगिताको शीर्ष दुई टोलीबीच अगस्ट ५ तारिख फाइनल प्रतिस्पर्धा हुनेछ ।