नतिजा सुधार गर्न विद्यालयमा आवास सुविधा
जिल्लाको एक सामुदायिक विद्यालयले विद्यार्थीको नतिजा सुधार गर्न विद्यालयमा आवास सुविधा गरेको छ । तामाकोसी गाउँपालिका–४ मालुमा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयले नजिकिँदै गरेको एसइईलाई मध्यनजर गर्दै विद्यार्थीलाई विद्यालयमा नै आवासको व्यवस्थापन गरेर पठनपाठन सुरु गरेको हो ।
गोरखापत्र र सुदूरपश्चिम विश्वविद्यालयबिच सहकार्य
गोरखापत्र संस्थान र सुदूरपश्चिम विश्वविद्यालयबिच शैक्षिक विकासका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जाजरकोटका २९ जना बालबालिका मामाघरमा
जाजरकोटबाट भूकम्प पीडित २९ जना बालबालिका मामाघर अनाथालय सपाेर्ट एन्ड केयर सेन्टर ललितपुरले लिएको छ ।
पाठ्यपुस्तक छपाइ तीव्र,समयमै पुर्याउन ताकिता
आउने शैक्षिक सत्रमा विद्यार्थीलाई भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यसाथ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइलाई तीव्र्र बनाएको छ । अहिलेकै गतिमा पुस्तक छपाइको कामलाई निरन्तरता दिन सकिए शैक्षिक सत्र सुरु हुनेबित्तिकै पुस्तक पुर्याउन कठिन नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयले समेत पुस्तक छपाइको जिम्मा पाएको केन्द्रको अनुगमन गर्दै भर्नाअघि नै पाठ्यपुस्तक छपाइ सक्ने गरी काम गर्न निर्देशन दिइसकेको छ ।
क्षेत्रपाल माविलाई उत्कृष्ट बनाउने प्रतिबद्धता
नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४ चौघडामा रहेको विद्यालयले माध्यमिक तहको अध्यापनका लागि स्वीकृत प्राप्त गरेको ५० वर्ष पूरा भएको छ ।
अन्तर्राष्ट्रिय सहकार्य बढाउँदै गण्डकी विश्वविद्यालय
स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढवा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
पाठ्यपुस्तक छपाइको काम धमाधम, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन
चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन् ।
सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी
दस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी पनि छैनन् ।
त्रिविको मार्क सिट अनलाइनबाटै यसरी लिन सकिन्छ
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गरेको जनाएको छ । यहीँ माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी बल्खुले बुधवार एक सूचना जारी गरी सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराएको छ ।