जहाँ विद्यार्थी दिसा पिसाब गर्न जङ्गल छिर्छन् !
जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट नजिकै भएर पनि कमलामाई नगरपालिका–४ स्थित ढाँडे र ढकालगाँउ शिखर दुर्गम गाउँको रूपमा परिचित छ ।
शिक्षा सुधारका लागि विशेष रणनीति कार्यान्वयन गर्दै डुडुवा
बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरीयतासँगै विकासका लागि रणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ ।
सबैले सम्झिने प्रधानाध्यापक, चालिस वर्ष एउटै विद्यालय
चालिस वर्षको लामो समय एउटै विद्यालयमा खर्चेर विद्यालयलाई एउटा आकर्षक र नमुना विद्यालय बनाएका प्रधानाध्यापक हुन विष्णुप्रसाद पनेरु । चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकापमा रहेको कङ्काली माध्यमिक विद्यालयको लामो इतिहास छैनभन्दा पनि हुन्छ ।विगत ४० वर्ष अगाडि चार जना विद्यार्थीसहित स्थापना भएको यस विद्यालयमा अहिले करिब नौ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । २०४० साल कात्तिक ७ गते यस विद्यालयको स्थापना भएको हो । जहाँ स्थापनाकालदेखि नै विद्यालयको प्रधानाध्यापकका रूपमा विष्णुप्रसाद पनेरु हुनुहुन्छ । विद्यालय अति नै राम्रो समुदायले रुचाउने बनेको छ । यस विद्यालयमा नमुना कार्यक्रम पनि सञ्चालन हुँदै आइरहेको छ । यस विद्यालयमा विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने कार्यक्रम पनि सञ्चालनमा छ ।
आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भन्नुभएको छ ।
विश्व निकेतनको ७८ औं वार्षिकोत्सव
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले ७८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले हालै विविध कार्यक्रमको आयोजना गरेको छ।
‘बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका’
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभएको छ ।
भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द
स्वामीकार्तिक खापर–१ रुडीस्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएकोे बताउनुभयो ।
केयूमा विद्यार्थी भर्नादर १५ प्रतिशतले बढ्यो
नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेशिने क्रम बढे पनि काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) मा पछिल्लो दुई वर्षदेखि विद्यार्थी भर्नादरमा वृद्धि भएको छ ।