हेलिकप्टरबाट खाद्यान्न ढुवानी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको दुई हजार क्विन्टलभन्दा बढी खाद्यान्न हेलिकप्टरबाट ढुवानी गरी सिमकोट पु-याइएको छ । यसअघि ढुवानीको जिम्मा पाएका निजी वायुसेवा कम्पनीले नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी गर्न नसकेपछि सो खाद्यान्न हेलिकप्टरबाट ढुवानी भएको हो ।
बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९७ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो ।
मलाहाको जीविकोपार्जन सङ्कटमा
सुनसरीको कोसी गाउँपालिका–३, पश्चिम कुशाहाका ५० वर्षीय गुलाबी मुखियाको जीविकोपार्जन माछा मारेर चल्दै आएकामा केही वर्षयता उहाँको पेसामा असर परेको छ । मुखियाजस्तै स्थानीय रमेन्द्र बहरदारलाई पनि जीविकोपार्जनको पुख्र्यौली पेसामा लागिरहन सक्ने अवस्था छैन । कोसी नदीमा माछा घटेपछि उहाँहरूको जीविकोपार्जनमा सङ्कट आएको हो ।
संरचनागत परिवर्तनमा जोड
प्रतिनिधि सभामा जारी पूर्वबजेट छलफलमा अर्थतन्त्रको संरचनागत परिवर्तन गर्ने नीतिको आवश्यकतामा जोड दिइएको छ । छलफलको दोस्रो दिन सांसदहरूले राजनीतिक परिवर्तनको प्रतिविम्ब अझै अर्थक्षेत्रमा नदेखिएको भन्दै निम्नस्तरका जनतासम्म पुग्ने आर्थिक नीति आवश्यक रहेको औँल्याउनुभयो ।
भारतीय बजारमा पर्यटन प्रवद्र्धन
नेपाल पर्यटन बोर्डको नेतृत्वमा पर्यटनसँग सम्बन्धित संस्थाले साउथ एसियाज ट्राभल एन्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाएका छन् । बुधबारदेखि भारत नयाँदिल्लीको गे्रटर नोयडामा सञ्चालन भइरहेको यो कार्यक्रममा नेपाल वायुसेवा निगमसहित विभिन्न २१ वटा संस्थाको सहभागिता छ । कार्यक्रम शुक्रबारसम्म चल्नेछ ।
गहुँ अभावले उद्योग सङ्कटमा
गहुँको मौज्दात गर्ने समयमा भारतले निर्यात रोक लगाएपछि नेपालका उद्योगलाई दुई महिनापछि कच्चा पदार्थको अभाव हुनसक्ने उद्योगीले बताएका छन् । गहुँको आन्तरिक उत्पादनले डेढ महिना मात्रै धान्ने र भारतबाट गहुँ आयात गर्न नसक्ने अवस्थामा कच्चा पदार्थको अभाव हुने सुनसरी–मोरङ कोरिडोरमा रहेका मैदा उद्योगका सञ्चालकले बताएका हुन् । यो कोरिडोरमा छवटा मैदा उद्योग छन् ।
दुर्गम जिल्लामा अठासी हजार क्विन्टल चामल ढुवानी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम जिल्लामा ८८ हजार क्विन्टल चामल ढुवानी गरेको छ । चालू आर्थिक वर्ष एक लाख ८० हजार क्विन्टल चामल ढुवानी गर्ने कोटा निर्धारण गरेकामा चैत महिनासम्म ८८ हजार ९३२ क्विन्टल चामल ढुवानी भइसकेको हो । सरकारले यो वर्ष दुर्गमका २४ जिल्लामा खाद्यान्न ढुवानी गर्न ४८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न अनुदानको व्यवस्था छ ।
खाद्यान्न तार्न तुइन
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न तुइनबाट ढुवानी गरिँदै आएको छ । कर्णाली नदीमाथि पुल नभएपछि नयाँ तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्न थालिएको हो । कम्पनीको हुम्ला शाखा प्रमुख कृष्णप्रसाद आचार्यले जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगाड गाउँपालिकाको सलिसल्लाको क
उद्योगमा लगानी वृद्धि
मुलुकमा स्वदेशी तथा विदेशी लगानीमा ४५१ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा २८३ स्वदेशी र १६८ विदेशी नयाँ उद्योग दर्ता भएका हुन् । कोभिड–१९ को महामारी नियन्त्रणमा आएसँगै उद्योग दर्ता सङ्ख्या बढ्दै गएको हो