• २० असोज २०८१, आइतबार

खाद्यान्न तार्न तुइन

blog

सलिसल्लामा तुइनबाट खाद्यान्न तार्दै कामदार । कर्णाली नदीमा रहेको यो तुइनमा दैनिक आठ कामदारले खाद्यान्न तार्ने काम गरिरहेका छन् ।तस्बिर : राजन रावत

हुम्ला, जेठ ५ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न तुइनबाट ढुवानी गरिँदै आएको छ । कर्णाली नदीमाथि पुल नभएपछि नयाँ तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्न थालिएको हो ।

कम्पनीको हुम्ला शाखा प्रमुख कृष्णप्रसाद आचार्यले जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगाड गाउँपालिकाको सलिसल्लाको कर्णाली नदीमा तुइन निर्माण गरी ढुवानी हुँदै आएको जानकारी दिनुभयो । नेपालगञ्ज र सुर्खेतबाट सलिसल्ला (कर्णाली कोरिडोर)सम्म गाडीले ढुवानी गरेको खाद्यान्न तुइनबाट कर्णाली तार्ने गरिएको उहाँले बताउनुभयो । 

हवाई मार्गबाट ढुवानीको जिम्मा पाएको सिम्रिक एयरले सलिसल्लामा तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाएको हो । तुइनबाट तारिएको खाद्यान्न ट्याक्टरबाट सलीसल्लामै निर्माण गरेको हेलिप्याड नजिकको गोदाममा राख्ने गरिएको छ । यहाँबाट हेलिकोप्टरले ढुवानी गर्दै छ । अहिलेसम्म तुइनबाट पाँच हजार मेट्रिक टनभन्दा बढी खाद्यान्न ढुवानी गर्नुपर्ने शाखाले जनाएको छ ।