स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।
सबस्टेसन चार्ज
सर्लाहीको हरिपुर्वामा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् सबस्टेसन चार्ज गर्न सुरु गरिएको छ ।
हात्ती महोत्सव पुस १५ मा
चितवनको सौराहामा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ ।
कर्णाली बैंकलाई निक्षेप सङ्कलन गर्न र कर्जा दिन रोक
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।
आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, मङ्सिर १२ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ भने अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ५८ र बिक्रीदर चार सय ३९ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ११ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ७० पैसा तय भएको छ । यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपैयाँ ७० पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ २६ पैसा तय भएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।
बजार कुर्दै नरहरिनाथको घिउ
कालीकोट जिल्लाको नरहरिनाथ–७, मालकोटका ६० वर्षीय रत्नबहादुर बटालाको भैँसीपालन पुख्र्यौली पेसा हो । उहाँका अहिले सात वटा भैँसी छन् ।
सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्ने प्रमको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई आमनागरिकको पहुँच पुग्ने गरी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनु भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराउनु भएको हो ।
दुग्ध विकास संस्थान सुधार गर्छु : कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ।
बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी
तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहनुभएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ ।
जिप सफारीको रुट व्यवस्थापन चुनौतीपूर्ण
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक लिएर भित्रिने जिप सफारीको रुट व्यवस्थापन चुनौती बनेको छ ।
आश्रितलाई एक लाख सन्ताउन्न हजारसम्म पेन्सन
काठमाडौँको डिलक्स कन्सल्टेन्सी ओभरसिज कम्पनीमा कार्यरत सुमनकुमार महर्जनको मृत्युपछि उहाँकी श्रीमती सुलोचना महर्जनले विगत आठ महिनादेखि दम्पती निवृत्तिभरण अन्तर्गत मासिक रूपमा रकम प्राप्त गर्दै आउनुभएको छ ।
खेर गएको विद्युत् प्राधिकरणले किन्ने
उपभोक्ताले सञ्चालन गर्दै आएको झुम्साखोला लघु जलविद्युत् तेस्रो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
उच्च मूल्यबाट बिस हजारले घट्यो सुन
स्थानीय बजारमा सुनको मूल्य एकै दिन तोलामा १५ हजार नौ सय रुपियाँले घटेको छ । सुन आयातमा लाग्दै आएको भन्सार दर सरकारले घटाएका कारण सुनको मूल्य एक्कासि घटेको हो ।
धितोपत्र बोर्डले पायो नयाँ नेतृत्व
करिब एक वर्षपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार छ सय ८३ दशमलव २४ को विन्दुमा कायम भएको हो ।
दाङमा तोरीको उत्पादन बढ्दै
शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले विगत लामो समयदेखि तोरीखेती गर्दै आउनुभएको हो । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।
तोलामा १५ हजार नौ सयले घट्यो सुनको मूल्य
सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेवानिले पनि हटायो माथिल्लो भाडादर
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फको माथिल्लो भाडादरको हवाई टिकट नबेच्ने भएको छ ।
गोलभेँडालाई राम्रो मूल्य
सर्लाहीका बजारमा स्थानीय किसानले उत्पादन गरेको गोलभेँडा भित्रिन थालेको छ ।
लगानीको वातावरण सिर्जना गर्न नीतिगत सुधार गरिने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातारण सिर्जना गर्न नीतिगत सुधार गर्न लागिएको बताउनुभएको छ ।
चार अर्ब त्रिहत्तर करोड कर फिर्ता
सरकारले गत आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७३ करोड रुपियाँ कर फिर्ता गरेको छ ।
आकर्षण बढेन प्रधानमन्त्री रोजगार कार्यक्रममा
वैदेशिक रोजगारीको विकल्पमा सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको एक सय दिनको रोजगारीले युवालाई आकर्षण गर्न सकेको छैन ।