जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत
जापानमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वको सरकारले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजापछि ठूलो प्रोत्साहन प्याकेजका लागि थप बजेट स्वीकृत गरेको छ ।
नेपाल बैंक लिमिटेड र सिद्धि पोली प्याथ ल्याब प्रालिबिच सम्झौता
नेपाल बैंक लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूलाई काठमाडांैंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत राखेको छ । मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले विद्यमान व्यवस्थाहरु यथावत राखेको हो ।
कर र महसुलका दर घटाउनु स्वागतयोग्य
सरकारले सुनचाँदी, मार्बल र ग्रेनाइट आयातमा लाग्ने भन्सार महसुल तथा दलहन आयातमा लिने अग्रिम आयकरको दर घटाउने निर्णयलाई नेपाल समुद्रपार निकासी पैठारी सङ्घले स्वागत गरको छ ।
सार्वजनिक लगानी परिचालन सम्झौता सम्पन्न
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ ।
वर्ल्डलिङ्कमा फिनल्यान्डको सरकारी कम्पनीको लगानी
इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले फिनल्यान्डको सरकारी फन्डिङ कम्पनीको लगानी भित्र्याएको छ ।
नौ हजार उद्योगमा तिस खर्ब लगानी
मुलुकभर स्थापना भएका नौ हजार उद्योगमा ३० खर्बभन्दा बढी लगानी देखिएको छ ।
आइसिपीसम्म कार्गो रेल चलाउन माग
विराटनगरका उद्योगीले भारतको बथनाहा–आइसिपी कार्गो रेल उद्घाटनपछि सञ्चालनमा देखिएको समस्या हल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो ।
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ ।
आम्दानीको स्रोत तरकारीखेती
कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।
कफीको मूल्य सन् १९७७ यताकै उच्च
यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ ।
गाउँमै डेरी खुल्दा किसानलाई फाइदा
गाउँमै डेरी उद्योग सञ्चालनमा ल्याएपछि कृषक विभिन्न समस्याबाट मुक्त भएका छन् ।
उदयपुर सिमेन्टका कर्मचारी चार महिनादेखि तलबविहीन
उदयपुर सिमेन्ट उद्योग तीन महिनादेखि बन्द छ ।
छ वर्षदेखि बनेन सामान जाँच्ने मेसिन
नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकामा राखिएको ‘लगेज स्क्यानर मेसिन’ गत ६ वर्षदेखि बिग्रिएर थन्किए पनि हालसम्म मर्मतसम्भार नहुँदा मालसामान चेकजाँचमा समस्या भइरहेको छ ।
मलेसियाका पेट्रोल पम्पमा विदेशी कामदारलाई अनुमति
मलेसियाका पेट्रोल पम्प सञ्चालकले अबदेखि विदेशी श्रमिक राख्न पाउने भएका छन् ।
युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता
युद्धको चपेटामा रहेको युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता मुलुक बनेको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९१ र बिक्रीदर एक सय ७० रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।
आजको मौसमः पहाड र तराई बाक्लो हुस्सु
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ ।
विद्युत् लाइन नकाटिने, महसुल उठाउन वैकल्पिक बाटो
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको प्रिमियम महसुल असुलीका लागि उद्योगको लाइन काट्ने तरिका छाडेर नयाँ विकल्प प्रयोग गर्न थालेको छ ।
सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ ।
रोकिएको आइपीओ निष्काशन चाँडै सुरु हुन्छ : अध्यक्ष श्रेष्ठ
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनुभएको छ ।
गुल्मीमा धान उत्पादन बढ्यो
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।
बैङ्क के हो र किन ?
सामान्यतया बैङ्क भन्नाले पैसाको कारोबार गर्ने संस्था बुझिन्छ ।