तीन महिनामै साढे अठहत्तर खर्ब तरलता प्रशोचन
चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ७८ खर्ब ३३ अर्ब ४० करोड रुपियाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।
पचासी हजार जनाले लिए स्वास्थ्य सेवा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका करिब ८५ हजार योगदानकर्ताले कोषको योजनामा आबद्ध ९० वटा अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।
पचास अर्बको आइपिओ आउँदै
धितोपत्र बोर्ड नेपाल (सेबोन) ले नयाँ अध्यक्ष पाएसँगै आमसर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) आउने बाटो खुल्ने भएको छ ।
सडक विस्तार छिटो सक्न माग गर्दै चक्का जाम, ठेकेदारले तिर्यो आठ करोड
पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवलसडक खण्ड विस्तारको काम छिटो सक्न माग गर्दै स्थानीयले नवलपुरको कावासोती १६ डण्डामा आधा घण्टा चक्का जाम गरेर सडक अवरुद्ध गरेका छन्।
लटरम्म जुनार, कृषक उत्साहित
रामेछापको रामेछाप नगरपालिका–६, ओख्रेनीका टेकबहादुर तामाङको बारी यतिबेला रहरलाग्दा जुनारका दानाले ढाकिएको छ ।
धेरै हिसाबले आकर्षण छ बचतपत्रमा लगानीकर्ता भने अझै तानिएनन्
नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्प छन् । घरजग्गा, सुनचाँदी, पुँजी बजार र मुद्दती निक्षेप जस्ता क्षेत्रमा नागरिकले प्राथमिकता दिने गरेका छन् ।
भुराको माग बढी
बाँकेको राप्तीसोनारी गाउँपालिका–८, शमशेरगन्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको छ तर पनि किसानले माग अनुसार भुरा पाउन सकेका छैनन् ।
प्रमको चीन भ्रमण लगानी वातावरण बनेको सन्देश दिन सफल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताउनुभएको छ ।
उच्च करदातालाई परिसङ्घको सम्मान
राष्ट्रिय कर दिवस–२०८१ का अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरूलाई नेपाल उद्योग परिसङ्घले सम्मान गरेको छ ।
बढ्दै कर सङ्कलन लागत
कर सङ्कलन गर्न लाग्ने सरकारको खर्च बढ्न थालेको छ । सूचना प्रविधिको प्रयोगमार्फत कर लागत घटाउने सरकारको लक्ष्य रहे पनि पछिल्ला दुई वर्ष यस्तो लागत झन् बढेको पाइएको हो ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपियाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपियाँ ८१ पैसा कायम भएको छ ।
नेवानिको ग्राउन्ड ह्यान्डलिङ सेवा कसैले नखोस्ने आश्वासन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
सुनको मूल्य घट्यो
आजको नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ ।
खेतीयोग्य माटोमा अम्लीयपना धेरै
काभ्रेपलाञ्चोकको खेतीयोग्य जमिनको माटोमा अम्लीयपना बढी देखिएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपियाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपियाँ ८८ पैसा कायम भएको छ ।
होमस्टे बढे, पुग्दैनन् पर्यटक
पाल्पाका विभिन्न स्थानमा सञ्चालित घरबास (होमस्टे) ले पर्यटक आकर्षित गर्न सकेका छैनन् ।
पर्यटनबाट रोजगारी बढ्ने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले रोजगारीका थुप्रै अवसर प्राप्त हुने बताउनुभएको छ ।
व्यापार सहजीकरणबारे भारतमा छलफल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतमा नेपालको व्यापार सहजीकरणलगायतका विषयमा उच्चस्तरीय नेतृत्वसँग कुराकानी गर्नुभएको छ ।
गौतम बुद्ध विमानस्थल विदेश जानेभन्दा आउने धेरै
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब पाँच हजार यात्रुले सेवा लिएका छन् । विमानस्थल प्रशासनका अनुसार भैरहवाबाट विदेश उड्नेभन्दा विदेशबाट भैरहवा आउने यात्रुको सङ्ख्या उल्लेख्य छ ।
मलेसियामा राजदूत नहुँदा माग प्रमाणीकरण रोकियो
मलेसिया सरकारले अधिकांश क्षेत्रमा आंशिक आप्रवासी श्रमिकका लागि खुला गरेसँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीले ल्याएका माग प्रमाणीकरण नहुँदा गुमाउनु परेको गुनासो गरेका छन् ।
आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै’
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताउनु भएको छ ।
सन् २०२४ मा प्राकृतिक विपत्तिका कारण तीन खर्ब १० अर्ब अमेरिकी डलर बराबरको क्षति
प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ ।
नेपालगन्ज भन्सारको पहिलो चौमासिकमा ६ अर्ब बढी राजस्व सङ्कलन
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ अर्ब ७ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
एक करोड बढीको लगानीमा बाख्रापालन
केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।