मिथिलाञ्चलमा जितिया पर्वको रौनक
वित्र मानिएको जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आज (शुक्रबार)देखि धार्मिक विधिअनुसार सुरु भएको छ ।
राष्ट्रपति भण्डारीद्वारा कुमारीको हातबाट टीका ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ हनुमान ढोकास्थित कुमारी घरमा गई कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।
जहाँ छ्याङ खान महिलाको भीड लाग्छ
आज इन्द्रजात्राको अन्तिम दिन 'नानीचा : या' जात्रा गरेर महिलाहरू रथ तान्ने चलन छ। संयोजक छोरी डंगोलका अनुसार विगत नौ वर्षदेखि इन्द्रजात्राको आठौं दिन अर्थात् अन्तिम दिन महिलाले रथ तान्ने चलन सुरु भएको हो।
हराउन लाग्यो सम्बन्ध जोड्ने ‘मित’ प्रचलन
म्याग्दीको राजनीतिक माहौलमा भीमप्रसाद गौचन र पदमबहादुर आचार्यबीच दुस्मनी थियो । पदमबहादुर पण्डित कृष्णप्रसाद आचार्यका दाजु हुनुहुन्थ्यो । कृष्णप्रसाद र पदमबहादुरका दुई आमा हुनुहुन्थ्यो । कृष्णप्रसादलाई प्रधानपञ्चको चुनावी मैदानमा पदमबहादुरकै बिरुद्ध उठाएर भीमप्रसादले हराइदिनुभयो । कृष्णप्रसादले भीमप्रसाद गौचनका भाइ जगतप्रसाद गौचनसँग पदमबहादुरको मित लाइदिएपछि उहाँहरुबीच मित्रता गाधा भयो ।
इन्द्र खोज्न निस्किएको ऐरावत हात्ती, 'वल वल पुलुकिसी ...'
लाः छकु वय्क सम्य बजि, वल वल पुलुकिसी...इन्द्रजात्रा सुरु भएसँगै काठमाडौंका टोल र गल्लीमा यही स्वर गुन्जिन्छ। जब बाटो मा ’पुलुकिसि’ निकालिन्छ उनको पछाडि केटाहरुले ‘लाःछकु वय्क समयबजि वल वल पुलुकिसि...’ भनेर गाउँने गर्छन्।।
लोप हुँदै थकाई मेटाउने चौतारी
थाकेको बेला, गर्मीले उकुसमुकुस हुँदा एकै छिन मात्रै टुसुक्क चौतारीमा बस्ने हो भने थकान मेटाउन सकिन्छ । तनहुँमा थकाई भुलाउनको लागि पूर्खाले बनाएको चौतारी मासिँदै जान थालकोे छ ।
भक्तपुरको मूपात्र जात्रा आजदेखि
इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मूपात्र जात्रा आज (सोमबार) साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मूपात्र जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ ।
उपत्यकाको नेवाः संस्कृतिले नेपालको परिचय दिन्छ : प्रमुख साह
महानगरका प्रमुख वालेन्द्र साहले काठमाडौं उपत्यकाको नेवाः सभ्यताले नेपालको परिचय दिने भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।
चाडपर्व लक्षित यातायात सुरक्षामा ट्राफिक प्रहरी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलक्षित यातायात सुरक्षा असोज १ गतेदेखि लागू हुने जनाएको छ । चाडपर्व प्रत्येक वर्ष आउने भएकाले यात्रु सहजताका लागि ट्राफिक प्रहरी सदैव तयार रहने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
महिलाका लागि श्वेतभैरवको प्रसाद
इन्द्रजात्राकै सिलसिलामा हुनमानढोकास्थित झन्डै १५ फिट अग्लो अनुहार रहेको श्वेतभैरवको मुखबाट प्रसादका रूपमा जाँडको धारा बगाइएपछि महिलाहरू ठेलामठेल गर्दै जाँड पिउन तम्सिएको देखिन्थ्यो। वर्षभरि हनुमानढोकास्थित नौझ्याले घरमा बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामा सार्वजनिक प्रदर्शनमा आएपछि एक दिन महिलाहरूले मात्र श्वेतभैरव (हाथु द्यः)को मुख आएको जाँडको प्रसाद पिउने प्रचलन रहिआएको छ।
सम्पन्न भयो जिब्रो छेड्ने जात्रा
भक्तपुर, भदौ २६ गते। मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ। येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो। दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो। योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो। मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो। यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ। माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ। परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो। स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवतरूपमा सुरु भएको थियो। जात्राको एक दिनअघि ‘छोइलभु’ गरी बालकुमारीमा रातो भालेको बलि जूजा गरेर भोज खुवाइएको थियो भने येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं ९जामा० लगाएर बिहानै बालकुमारीमा पूजा गरिएको थियो। जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ। बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ। बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ।संस्कृतकर्मी श्रेष्ठले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ। यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिने परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ।”शनिबार राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेडिएको संस्कृतकर्मी श्रेष्ठले बताउनुभयो। जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिई, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति)को उपस्थितिमा भैरवको पूजा सम्पन्न भएपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पुर् याइएको थियो। डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामनःगुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिले ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको इच्छाअनुसार नगरका विभिन्न टोलको परिक्रमा गराएको थियो। धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन्। आज बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात् विसर्जन पूजा गरिन्छ। आजका दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु ९सुइरो० लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ। यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन। मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा तीन सय ५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ। त्यहाँको सूइरो हेर्दा अहिलेसम्म १७–१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन्।शनिवार राति ९ बजे श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्नुभएको हो। उहाँले यसअघि विसं २०७४ मा जिब्रो छेडाउनुभएको थियो। धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक–पटक रोकिदै आएको यस जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो। त्यसपछि रोकिएको जात्रा विसं २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याएको थियो। विसं २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर फेरि रोकिएको यो जात्रा यस वर्ष पुनः वीरेन्द्रभक्तले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको हो। जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो। त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरू भागे र पछि आएनन्। त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुरथिमिका श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन्।
नृत्यमा दानवमाथि महाकालीको विजय (फोटो फिचर)
काठमाडौं उपत्यका इन्द्रजात्रामय छ। द्वादशीका दिन इन्द्रध्वजोत्थानदेखि सुरु भएको इन्द्रजात्रामा विभिन्न देवदेवीको पूजाआजा गर्नेदेखि आफ्नो पितृलाई समेत सम्झिने गरिन्छ।
गलेश्वर मन्दिरको भेटी तीन करोड पुग्यो
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरस्थित गलेश्वर मन्दिरमा सङ्कलन भएको भेटी रकम तीन करोड रुपियाँभन्दा बढी मौज्दात भएको छ ।
धामी नाचेर मनाउने अनन्ते पूर्णिमा
खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँमा तीन सय वर्ष पहिलेदेखि मनाउँदै आएको अनन्ते पूर्णिमा धूमधामका साथ मनाइँदै छ। पो पर्वमा विशेष गरी लुवासुर देवताका धामी नाचेर मनाउने गरिन्छ। शुक्रबार चतुर्दशीबाट सुरु भएको यो पूर्णिमा शनिबार लेकमाजामा दिनभर धामी नाचेर सम्पन्न भएको छ। त्रयोदशीका दिन लुवासुर देवताको जन्मदिन भएका कारण सो रात कुलपूजा गरिन्छ। दुई दिनसम्म धामी नाचेर मनाउने यो पर्व तीन सय वर्षअगाडिदेखि सुरु भएको अनुमान गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको छ। यसको ऐतिहासिक र धार्मिक महŒवसमेत आफ्नै रहेको उहाँको भनाइ छ। उहाँका अनुसार उक्त वडाका मानिस पहिले वर्षभरि जिल्लाबाहिर रहे पनि यो पूर्णिमाको दिन गाउँमा आउनैपर्ने चलन थियो।
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज देखि सुरु [फोटो फिचर]
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार) देखि विधिवत् आरम्भ भएको छ ।
इन्द्रजात्राको आठै दिन निकालिने ‘मजिपा’ लाखे (फोटो फिचर)
काठमाडौं, भदौ २५ गते। इन्द्रजात्रा काठमाडौंको एक महत्त्वपूर्ण र ठूलो जात्रा हो। इन्द्रजात्रामा इन्द्रध्वजोत्थान पुलुकिसी सवःभकु निकालिन्छ भने जीवित देवी कुमारी, भैरव र गणेशको रथजात्रा हुने गर्दछ।जात्राको मुख्य आकर्षण मजिपाः लाखे एक हो। मजिपाः लाखे रंजितले निकाल्ने गर्छन्। किवंदन्ती अनुसार लाखेलाई एक दानवका रुपमा परिभाषित गरे पनि नेवार समुदायमा लाखेलाई शक्तिशाली देवताको रूपमा पुज्ने गरिन्छ।आफूमा रहेको दानव आचरण त्यागेर साना बालबालिकाको रक्षाको दायित्व लिएका कारण नेवार समुदायमा लाखेलाई संरक्षक वा शान्त भैरवको रुपमा पूजा गरिन्छ। इन्द्रध्वजोत्थान अर्थात् उपाकुको दिनदेखि लाखे निकालिन्छ। पहिलो दिन ‘लाखे नःनी’बाट लाखे निकालेर उपाकु जाने बाटो परिक्रमा गरेर भक्तजनहरुलाई दर्शन दिने गरिन्छ। लाखेलाई ‘लाखे आजु’ भन्ने गरिन्छ। नेवार समुदायमा आफूभन्दा अग्रजलाई ‘आजु, अजी’ भन्ने प्रचलन भए अनुसार र लाखेलाई पनि शान्त भैरवको रुपमा पुज्ने भएकाले लाखेलाई सम्मान स्वरुप ‘आजु’ भनिएको हो। इन्द्रजात्राको आठै दिन ‘मजिपा’ लाखे निकाल्ने गरिन्छ। जात्राको मुख्य मुख्य दिन वा कुमारी जात्रा हुने बाटोमा मजिपा लाखेलाई परिक्रमा गराइन्छ।
कसैले दर्शन गर्न नपाउने विमलेश्वर शिव मन्दिर
काठमाडौँको मरु टोलको प्रख्यात अशोक विनायक वा गणेश मन्दिरभन्दा केही अगाडि बायाँतर्फ अर्थात नवनिर्मित काष्ठमण्डप नजिक रहेको छ ।
इन्द्रजात्रामा आकाशभैरव
नेपालका भैरवहरूको आ–आफ्नै विशेषता छन् । भैरवसँग सम्बन्धित जात्रा र पर्वहरू पनि निकै छन् । काठमाडौँ उपत्यकामा भैरवको रूपलाई उत्तिकै श्रद्धा र भक्तिका साथ पूजाआजा गर्ने परम्परा छ । आकाशभैरवलाई विशेषतः इन्द्रजात्राको दिन फूलैफूलले सजाएर राखिने गरिन्छ । काठमाडौँको इन्द्रचोकस्थित आकाशभैरवको टाउकोलाई नेपालभाषामा आजुद्यः भनिन्छ । नेपालभाषामा बाजेबराजुलाई ‘आजु’ र देवतालाई ‘द्यः’ भन्ने प्रचलन छ । तसर्थ भैरवलाई पुख्र्यौली देवताका रूपमा लिइने गरिन्छ । ‘त्रिरत्न सौन्दर्यगाथा’ नामक ग्रन्थमा आकाशभैरवबारे यसरी लेखिएको छ ः हुनाले शिवको अंश बनी आकाशभैरव,
वसन्तपुरमा इन्द्रजात्रा (फोटो फिचर)
शुक्रबार काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित विशेष कार्यक्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएको छ।
जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान
थारू तथा मधेशी समुदायका महिलाले मनाइने जितिया पर्वको अवसरमा सप्तरी महिला समूहले शुक्रवार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। एक साताअघि नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा सप्तरी महिला समूहको आयोजनामा गरिएको जितिया समारोहमा उपस्थित हुँदै अधिकारकर्मी, शिक्षिका, अधिवक्ता, राजनितीकर्मी, पत्रकार आदीबासी महिलाको सहभागिता थियो ।
भगवान् इन्द्रलाई पाता कसेर चौबाटोमा राखेपछि...
फूलका लागि भगवान् इन्द्रले पृथ्वीलोकका राजाको अनुमतिबिना पारिजात र फल सुटुक्क चार्ने प्रयास गर्नुभयो ।
धूमधामसँग जाँत मनाइँदै
गौरा पर्व समापन भएपछि डडेल्धुरामा देवताका मन्दिर एवं थानमा धमाधम जाँत (देवीको शोभायात्रा) भइरहेका छन्। गौराघरमा गौरादेवी भित्र्याएपछि यहाँ विभिन्न मन्दिर एवं देवताका थानमा धार्मिक परम्पराअनुसार पूजाआजासहित जाँत मेला भइरहेका छन्। स्थानीयले आ–आफ्ना इष्ट कुलदेवताको पूजाआजा गरी जाँत मनाइरहेको पण्डित लोकराज भट्टले बताउनुभयो। गौरापर्वपछि भाद्र शुक्ल दशमीका दिन अजयमेरुको शिखरमा जाँत सम्पन्न भएको छ। अजयमेरु गाउँपालिका–१ को समैजी क्षेत्रको उच्च पहाडको घना जङ्गलमा रहेको भगवान् शङ्करको शिला रहेको मानिने शिखरमा पूजाआजा गरी मनाइएको छ। शिखरमा समजैजी क्षेत्रका भट्ट, भण्डारी, ऐर, बोहरा, साउद, महर, ताम्राकार जातिका एक दर्जनभन्दा बढी गाउँका स्थानीयले पूजाआजा गर्ने प्रचलन रहेको पण्डित भट्टले बताउनुभयो। यसै दिन अमरगढी नगरपालिका–७ को उच्च पहाड शिखरमा समेत पूजाआजा गरी शिखर जाँत मनाइन्छ।
‘इन्द्रजात्रा उपत्यकाको पहिचान’
इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथलाई तयारी अवस्थामा राखिएको छ। भदौ २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज योसीः उठाएपछि विधिवत् रूपमा सुरु भएको हो। शुक्रबार २४ गते इन्द्रजात्राका दिन राष्ट्रपतिलगायतका उच्च पदस्थ व्यक्तिहरू सहभागी भई जात्रा अवलोकन गर्ने परम्परा छ।
इन्द्रजात्राको ऐतिहासिक महत्त्व
काठमाडौँमा येँयाः अर्थात् इन्द्रजात्रा यंलाथ्व (भाद्र शुक्ल) द्वादशीदेखि आश्विन कृष्ण चतुर्थी आठ दिनसम्म मनाइने नेवाः समुदायको विशेष पहिचान बोकेको पर्व हो। इन्द्रजात्रामा नेवार समुदायले आआफ्ना घरमा समयबजि खाने र टोलछिमेकमा पनि समेबजि बाँड्ने चलन छ। नेवाः समुदायको बस्तीमा विशेष गरेर गणेशको मन्दिरअगाडि कलात्मक रूपले समेबजि, मिठाई र फलफूल सजाएर प्रदर्शन गरिन्छ।