• ११ मंसिर २०८१, मङ्गलबार

वरिष्ठताका आधारमा साधुसन्तको बिदाइ

blog

महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तलाई बिदाइ गरिँदै । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन ८ गते । महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तलाई बिदाइ गरिएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई बढीमा दुई सय रुपियँदेखि नौ हजार दुई सय रुपियाँसम्म दक्षिण र रुद्राक्षको माला दिएर बिदाइ गरेको हो । 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई दुई सय रुपियाँदेखि सुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा नौ हजार दुई सय रुपियाँसम्म दक्षिण दिएर बिदाइ गरेको बताउनुभयो ।

उहाँले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरेपनि कोषलाई भने त्यो नियम लागू नहुने भएकाले साधुहरुको सम्मास्वरुप दक्षिण दिएर पठाएको जानकारी दिनुभयो । निर्देशक खतिवडाले साधुहरुलाई दक्षिण उहाँहरुको सम्मानको सङ्केत रहेको भन्दै साधुहरुलाई सबैले सधैँ सम्मान व्यवहार गर्नुपर्ने बताउनुभयो ।