शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गाेरखापत्र अनलाइन
काठमाडाैँ, फागुन १० गते । फागु पूर्णिमामा धालासिक्व मानन्धर सनागुठी खलःले चीर तयार गरिरहेको छ ।
फागुन शुल्क अष्टमीका दिन ठड्याइने चीर उठाएपछि होली शुरु हुने मान्यता छ ।
इन्द्रजात्रामा इन्द्रध्वजोत्थान जस्तै फागु पूर्णिमाका लागि उठाइने चीर मानन्धर समुदायले उठाउने यस खलःका सदस्य केदार मानन्धरले बताउनुभयो ।
यस वर्ष चीरोत्थानको साइत फागुन १५ गते सोमबार बिहान ७ः४५ रहेको पनि उहाँले जानकारी दिनुभयो ।

मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।