२४ वर्ष पछि रगरगे मेला हुने
धनकुटाको सिधुुवामा २४ वर्ष पछि चण्डीपूर्णे (रगरगे) मेला आयोजना गरिने भएको छ । चण्डी पूर्णिमाको अवसरमा आउँदो वैशाख २२ गते मेला आयोजना गर्न लागिएको हो । बुधवार आयोजकले मेलाको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
लुम्बिनीमा वर्षौँदेखि थन्किएको विद्युतीय बस सञ्चालन हुने
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतीक्षापश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमुना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए ।
व्यवसायीको मनोबल बढाउन जोड
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ टोलीले मन्त्री भण्डारीलाई भेट गरी विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो ।
चीनमा चिया निर्यातको प्रक्रिया अगाडि बढ्दै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत चीनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चीनमा चिया निर्यातका लागि आवश्यक डकुमेन्ट पेस गरेर प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चियाको गुणस्तरमा उत्कृष्ट देखिएपछि चिनियाँ व्यापारी आकर्षित भएकाले निर्यातका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुुभयो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट देखिपछि चिया निर्यातको सम्भावना बढेको उहाँको भनाई छ
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ ।
बीमा कम्पनीको चुक्ता पुँजी पुर्याउने समय असार मसान्तसम्म
बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्याएको हो ।
मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो
हिमालमा हिउँ नपर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका –४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ ।
गृह श्रमिकबीचको एकतामा जोड
राजधानीमा २९ देशका १२७ जना गृह श्रमिक अभियन्ताहरूको सहभागितासहित होमनेट इन्टरनेसनलको दोस्रो सम्मेलन सुरु भएको छ । होमनेट इन्टरनेसनलद्वारा आयोजित यस चारदिने सम्मेलनको मङ्गलबार सहभागी राष्ट्रका झन्डा र सांस्कृतिक प्रस्तुतिसहित उद्घाटन गरिएको हो । आर्थिक उपार्जनका लागि आफ्नै घर वा घर वरपर स्थानीय, राष्ट्रिय र विश्व बजारका लागि वस्तु उत्पादन वा सेवा प्रदान गर्ने श्रमिकलाई ‘गृह श्रमिक’ मानिएको छ । होमनेट इन्टरनेसनलले संसारभरका १२ लाख गृह श्रमिकको प्रतिनिधित्व गर्छ, यसमध्ये ९५ प्रतिशत महिला छन् ।
बिमा कम्पनीको चुक्ता पुँजी पुर्याउने समय थपियो
तोकिएको समयसीमाभित्र तोकिएको चुक्ता पुँजी पुर्याउन नसक्ने बिमा कम्पनीहरूका लागि समय थपिएको छ । अधिकांश बिमा कम्पनीहरूले तोकिएबमोजिमको चुक्ता पुँँजी पुर्याउन नसक्दा नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गरेको हो ।
कामका लागि युरोप जाने युवाको सङ्ख्या बढ्दो
चितवनका विमल कार्की साइप्रस गएको छ महिना भयो । श्रम स्वीकृति लिएर जानुभएका उहाँ त्यहाँको एउटा ‘प्याकिङ कम्पनी’मा काम गर्नुभयो । नेपालबाट जाँदा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई करिब साढे चार लाख बुझाएर जानुभएको हो । अहिले उहाँको मासिक ९० हजार रुपियाँ तलब छ । खाने, बस्ने खर्च कम्पनीले नै बेहोर्ने भएकाले उहाँले कमाएको लगभग सबै बचत हुन्छ । उहाँजस्तै गरी पछिल्लो चैत महिनामा मात्रै साइप्रसका लागि ३६२ जनाले श्रम स्वीकृति लिएका छन् । नौ महिनाअगाडि रोमानियामा गएकी मधु अधिकारीको पनि राम्रै कमाइ छ ।
गुणस्तरीय मिनरल वाटर निर्यातका लागि तयार
नेपाल गुणस्तर तथा नापतौल विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी निर्यातयोग्य भएको जनाएको छ । सो विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी पारित गरेको हो । यसअघि बोतल र ड्रिङ्किङ वाटरको गुणस्तर मापदण्ड तयार भए पनि मिनरल वाटरको गुणस्तर निर्धारण र सोसम्बन्धी गुणस्तर मापदण्ड पारित भएको थिएन ।
फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?
यसै सन्दर्भमा लामो समय जहाजको मर्मतसम्बन्धी अनुभव रहेका जहाज मर्मतसम्बन्धी इञ्जिनियर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको जहाजमा देखिएको प्राविधिक समस्या सामान्य रहेको र यस किसिमको घटना विगतमा पनि हुने गरेको बताउनुभयो ।
पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह
पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।
विदेश निर्यात हुने पानीको गुणस्तर पारित
गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले पारित गरेको हो ।
हिमानदीकाे पुल भत्काएर बनाइने
जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ नाग्म र जुम्ला जिल्लाको तिला गाउँपालिका जोड्ने हिमानदीको पुल भत्काउन थालिएको छ । पक्की पुलको ढलान पछि गत असोजमा आएको बाडीले पुलको बिच भाग चर्किएपछि उक्त पुल भत्काएर पुनर्निर्माण गरिने भएको हो । सम्पन्न हुनै लागेको पुल बिचै भागबाट चर्किएका कारणले पुनर्निर्माण गर्नका लागि भत्काउन थालिएको छ ।
लाइसेन्सका लागि सात कम्पनीको आवेदन
नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन सातवटा इच्छुक कम्पनीले आवेदन दिएका छन् । नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीन र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन चारवटा कम्पनीले आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
‘अख्तियारको नियमनले आर्थिक विस्तारमा असर पर्ने’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्न लागिएकोप्रति निजी क्षेत्रका छाता सङ्गठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यसले निजी क्षेत्रको कामलाई प्रभावित पार्ने मात्र नभई समग्र आर्थिक विकास तथा विस्तारमा प्रतिकूल असर पु-याउने उल्लेख गरेका हुन् ।
नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै
स्वदेशी चियाको गुणस्तर उच्च देखिएपछि अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि लोकप्रिय बन्दै माग बढेर निर्यातमा वृद्धि भएको हो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो । नेपाली चियाको गुणस्तर उच्च देखिपछि विश्व बजारमा मागसँगै निर्यातमा समेत वृद्धि भएको व्यवसायीको भनाइ छ ।
सेतीखोला जलविद्युत्मा डोल्माको लगानी
सेती हाइड्रोपावर प्रालिले कास्कीको मुसाटुँडातोडामा निर्माणाधीन २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनामा डोल्मा इम्प्याक्ट फन्ड–२ ले ४३ करोड रुपियाँभन्दा बढी स्वपुँजी लगानी गर्ने भएको छ । कुल पाँच अर्ब पाँच करोड लागतमध्ये ऋण ७५ प्रतिशत र स्वपुँजी २५ प्रतिशतमार्फत वित्तीय व्यवस्थापनको टुङ्गो लागेको सो आयोजनाको स्वपुँजीमा ४९ प्रतिशत हिस्सा हुने गरी डोल्माले करिब ४५ करोड रुपियाँ लगानी गर्ने गरी कम्पनीसँग सम्झौता गरेको छ ।
स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गरिने
सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणको लागि पहलकदमी लिएको छ ।
बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु
शिवसताक्षी नगरपालिका –९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो ।
कोशी प्रदेशका औद्योगिक कोरिडोर : विद्युत् आपूर्ति कटौती
विद्युत् उत्पादनमा आएको उच्च गिरावट र आयातका लागि पनि अपर्याप्त पूर्वाधारका कारण पछिल्लो समय कोशी प्रदेशका केही औद्योगिक कोरिडोरको विद्युत् आपूर्तिमा आंशिक कटौती भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पूर्वी नेपालको औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको भन्दै उद्योगी व्यवसायीले आइतबार विरोध सभा नै गरेका छन् तर प्राधिकरणले भने पिक आवरमा उद्योग सञ्चालन नगराएर लोड व्यवस्थापन गर्ने गरी विद्युत् आपूर्ति व्यवस्थापन गर्ने गरेको जनाएको छ ।
झन्डै आधा अर्बले घट्यो ग्यास आयात
भारतबाट नेपाल भित्रने खाना पकाउने एलपी ग्यासको आयात चालु आर्थिक वर्षको नौ महिनमा झन्डै आधा अर्बले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ग्यासको आयात ४९ करोड रुपियाँले कमी भएको हो । बजारमा ग्यासको खपत कम हुँदा आयातमा समेत कमी भएको हो ।
विमानस्थलको सञ्चारमा समस्या
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टावर र जहाजको कटपिटबीचको सञ्चारमा समस्या दोहरिएपछि आइतबार पुनः उडान प्रभावित भएको छ । यसअघि गत मङ्गलबार पनि सञ्चारमा समस्या देखिँदा एक घण्टा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । टावरमा रहेको रेडियो प्रणालीमार्फत एप्रोच कन्ट्रोल र एरिया पावर सप्लाई डाउन हुँदा आइतबार दिउँसो १२ बजेदेखि एक घण्टा एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीचको संवादमा समस्या आएको हो । विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले टावर र पाइलटबीचको सञ्चारमा सानो आवाज आउने समस्या देखिँदा उडानमा समस्या भएको बताउनुभयो ।