पाँच जलविद्युत् आयोजना निर्माणका लागि लगानी स्वीकृत
लगानी बोर्ड नेपालले पाँच जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब ६७ अर्ब ५९ करोड रुपियाँको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५३औँ बैठकले एक खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी गरी कुल एक खर्ब ६७ अर्ब ५९ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
एकै पटक १८० चिनियाँ पर्यटक काठमाडौंमा, पर्यटन मन्त्रीद्वारा स्वागत
एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक काठमाडौं आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्वागत गर्नुभएको छ ।
तीन महिनाका लागि नेपाल टेलिकमको स्प्रिङ अफर
नेपाल टेलिकमले तीन महिनाका लागि स्प्रिङ अफरका रूपमा विभिन्न अफर उपलब्ध गराउने भएको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर विभिन्न अफर सञ्चालनमा ल्याएको हो । कम्पनीले अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाएको छ । यसअनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक आठ हजार रुपियाँमा उपलब्ध हुनेछ ।
विद्युत हब बन्दै दोलखा
जलविद्युत उत्पादनका लागि सहज भौगोलिक अवस्था, काम गर्ने वातावरण, पहुँच मार्ग, लगानी सुरक्षण, जिल्लावासीको जलविद्युत्प्रतिको चेतना अभिवृद्धिका कारण समेतले दोलखा जलविद्युत् उत्पादनको राजधानी बन्दै गइरहेको छ ।
कृषिलाई प्रविधिमैत्री बनाउन जोड
कृषि क्षेत्रमा देखिएका समस्यालाई नवीन प्रविधिको माध्यमबाट समाधान खोज्न सरोकारवालाले जोड दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन र सीडीएफको संयुक्त आयोजनामा बुधबार भएको ‘एग्रोटेक सिम्पोजियम’ विषयक कार्यक्रममा उहाँहरूले सो कुरामा जोड दिनुभएको हो । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कृषि उत्पादनदेखि सेवासम्ममा डिजिटलाइजेसनले निकै प्रभाव पारेको बताउनुभयो । यसले उत्पादन र बजारसम्म पहुँच पु¥याएको बताउँदै उहाँले नेपालमा कृषि उत्पादन कम भइरहेको बताउनुभयो । वार्षिक तीन खर्बभन्दा बढीको खाद्यवस्तु आयात भइरहेको बताउँदै उहाँले भन्नुभयो, “नेपाल इम्पोटर मात्र भएको छ, चाहेकोजति उत्पादन गर्दैन ।”
वैदेशिक रोजगारीमा हुने ठगी न्यूनीकरणमा पहल
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि अनुुगमनलाई प्रभावकारी गराउन छुट्टाछुट्टै तीनवटा अनुगमन समिति गठन गरेको छ । विभागले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने बढेसँगै वैदेशिक रोजगारीका हरेक प्रक्रियामा हुने ठगी पनि बढेपछि यसलाई प्रभावकारी गराउन विभागले छुट्टाछुट्टै तीनवटा अनुगमन समिति गठन गरेको हो ।
तरकारी सस्तियो, उपभोक्ताले पाएनन् राहत
पछिल्लो साता देशकै ठूलो तरकारी बजार कालीमाटीमा तरकारीको थोक मूल्य ५० प्रतिशतसम्म सस्तो भएको छ । गोलभेँडा, बन्दा, हरियो र पाकेको फर्सी, घिउसिमी, तुनेबोडी, भान्टा, भिन्डीलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो तर खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैन । अरू त के कुरा गर्नु कालीमाटी बजारभित्र रहेको खुुद्रा बजारमा समेत तरकारीको भाउ सस्तिएको छैन ।
साल्ट ट्रेडिङको अध्यक्षमा श्रेष्ठ
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ चयन हुनुभएको छ । कर्पोरेसनको सञ्चालन समितिको बोर्ड बैठकले अध्यक्ष पदमा उहाँलाई चयन गरेको हो । नवनियुक्त श्रेष्ठ विगत आठ वर्षदेखि कर्पोरेसनको सञ्चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षका रूपमा काम गर्दै आउनुभएको छ ।
‘पोखराबाट अन्तर्राष्ट्रिय उडान छिट्टै होस्’
पोखराका उद्योगी, व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान छिट्टै सुरु गर्न माग गरेका छन् । व्यवसायीको एक टोलीले काठमाडौँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर १५ बुँदे माग राखेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने, बैङ्कको ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गर्नुपर्नेलगायतका माग राखेका हुन् । सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटमा पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रैको नबनाउन आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री प्रचण्डले नै जनवरी १ मा उद्घाटन गर्नुभएको थियो ।
बियर कम्पनीका गोदाम अझै खुलेनन्
झन्डै दुई महिनादेखि सिलबन्दी गरिएका म्याद गुज्रेका बियर कम्पनीका गोदाम अहिलेसम्म खुुल्न सकेका छैनन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त बियर कम्पनीको अनुसन्धान गरिरहेकै बेलामा विभागका महानिर्देशक महेश भट्टराईको सरुवा भएका कारण रोकिएका गोदाम अहिलेसम्म खुुल्न नसकेका हुन् । विभागको अनुगमन टोलीले विभिन्न सात ब्रान्डका बियर कम्पनीका गोदामको अनुगमनका क्रममा म्याद गुज्रेका बियर भेटिएपछि गोदाममा सिलबन्दी गरिएको थियो । विभागका निर्देशक होमनाथ भट्टराईले विभागमा मङ्गलबार नयाँ महानिर्देशकका रूपमा गजेन्द्रकुमार ठाकुर आउनु भएकाले सिलबन्दी भएका बियर नष्ट
महासङ्घको निर्वाचन आज
नेपाल उद्योग वाणिज्य महासङ्घमा अध्यक्षबाहेक बाँकी सबै पदका लागि बुधबार निर्वाचन हुँदै छ । महासङ्घको विधानअनुसार हालको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले चन्द्रप्रसाद ढकाल महासङ्घको अध्यक्ष बन्दै हुनुहुन्छ । यसबाहेक बाँकी पदमा निर्वाचन हुन लागेको हो । भविष्यको अध्यक्षसमेत हुने भएकाले वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा त्रिपक्षीय उम्मेदवारी परेको छ । त्यसका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र सङ्घाईले उम्मेदवारी दिनुभएको छ । तीनै जनाले आफ्नो समूह बनाएर निर्वाचनमा उम्मेदवारी दिनुभएको हो । महासङ्घको निर्वाचनमा जिल्ला, वस्तुगत र एसोसिएट गरेर तीनवटा अध्यक्ष रहने व्यवस्था छ । त्यसका
साखः ग्रुपले सुरु गर्यो कम्पोस्ट मल उत्पादन
साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । रासायनिक मलको हाहाकार भइरहेको बेला साखः ग्रुपले किसानका लागि सो मल उत्पादन सुरु गरेको छ । उदयपुरको दुधौली नगरपालिकामा प्लान्ट स्थापना गरी सो मल उत्पादन सुरु गरेको साखः ग्रुपका प्रमुख किरणप्रकाश साखःले बताउनुभयो । १४ करोड रुपियाँको लगानीमा सुरु भएको सो प्लान्टबाट प्रत्येक दुई महिनामा छ हजारदेखि आठ हजार मेट्रिक टन मल उत्पादन हुन्छ । उत्पादन सुरु भएदेखियता पाँच सय मेट्रिक टन बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो ।
अलमलमै राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट
भीमेश्वर नगरपालिका –९ स्थित खरिढुङगामा स्थापना भएको ८० वर्षे राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी खुलेको १० वर्ष नबित्दै बन्द हुन पुगेको छ ।
बाँझो जमिनमा फलफूल खेती
युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन्, गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् ।
लघुबिमा निर्देशन जारी
नेपाल बिमा प्राधिकरणले लघुजीवन बिमा र निर्जीवन बिमा गर्न चाहनेलाई सीमा छुट्याएको छ । प्राधिकरणले सोमबार जारी गरेको ‘लघुबिमा निर्देशन–२०७९’अनुसार लघुनिर्जीवन बिमातर्फ ५० लाख रुपियाँसम्म र लघुजीवन बिमातर्फ पाँच लाख रुपियाँभन्दा कम बिमाङ्क रकमको मात्रै बिमालेख जारी गर्न पाउने व्यवस्था गरिएको हो ।
जुरोपानी सबस्टेसन सञ्चालन
झापाको गौरादह नगरपालिका–७, ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत् उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
इलाम साहित्य महोत्सव
‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।
विदेशी लगानी स्वचालित स्वीकृत हुने
नेपालमा लगानी हुने १० करोड रुपियाँसम्मको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अब स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली–२०७७ लाई संशोधन गरी दुई करोडदेखि १० करोड रुपियाँसम्म लगानी हुने परियोजना/प्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो । नियमावली हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै कार्यान्वयनमा आएका हो । विदेशी लगानी स्वीकृत अब अनलाइबाट हुँदा लगानीकर्तालाई सहज हुने भएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले नियमावली संशोधन गरेर १० करोड रुपियाँ बराबरको वैदेशिक लगानी अनलाइनबाटै स्वीकृत हुने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
टेलिमेडिसिनमार्फत सेवा लिने बढ्दै
सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरेर सुरु गरेको निःशुल्क टेलिमेडिसिन सेवामा १३७ जनाले सेवा लिएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा सञ्चालन गरिएको चिकित्सक परामर्श युनिटले विभिन्न १४ देशमा कार्यरत १३७ नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको हो । बोर्डले चैत १५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले देशको केन्द्रीय अस्पताल वीरमार्फत निःशुल्क टेलिमेडिसिन सेवा दिँदै आएको छ ।
भीमेश्वर नगरपालिकाले आठ महिनामा एक करोडभन्दा २९ लाख राजस्व सङ्कलन गर्यो
दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म यो राजस्व सङ्कलन भएको हो ।
बर्डफ्लुपीडित किसानले पाउन थाले राहत
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले बर्डफ्लुबाट पीडित किसानलाई राहत वितरण सुरु गरेको छ । गत वर्ष देशका विभिन्न १५ वटा जिल्लामा बर्डफ्लु फैलिएको थियो । त्यसबाट करिब एक लाख किसानका छ लाखभन्दा बढी पन्छी, अन्डा तथा अन्य पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्री नष्ट गरिएको थियो । त्यसबापत विभागले ती किसानलाई राहत उपलब्ध गराएको छ । १५ वटै जिल्लाका किसानले ५८ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति पाउने भएका छन् ।
थप गहुँ आयातका लागि भारतसँग पत्राचार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार गरेको छ । बजारमा आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत तीन लाख मेट्रिक टन गहँ उपलब्ध गराउन पत्राचार गरेको हो । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा थप परिणाममा गहुँ आयात गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
नयाँ ब्रोकर लाइसेन्स सहज हुने
लामो समयदेखि अन्योल बनेको नयाँ स्टक एक्सचेन्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारलाई लाइसेन्स दिन बाटो खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारलाई लाइसेन्स दिने प्रक्रिया सुरु गरेलगत्तै सर्वोच्च अदालतमा रिट परेपछि गत असोजदेखि अन्योल बनेको थियो ।
कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।