• १५ असार २०८१, शनिबार

तीन महिनाका लागि नेपाल टेलिकमको स्प्रिङ अफर

blog

काठमाडौँ, चैत ३० गते ।  नेपाल टेलिकमले तीन महिनाका लागि स्प्रिङ अफरका रूपमा विभिन्न अफर उपलब्ध गराउने भएको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर विभिन्न अफर सञ्चालनमा ल्याएको हो । 

कम्पनीले अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाएको छ । यसअनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक आठ हजार रुपियाँमा उपलब्ध हुनेछ ।

कम्पनीले एकवर्षे प्याकेज तथा आईपीटीभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबीपीएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाइएको छ । यस्तै एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपियाँमा २० एमबीपीएसको इन्टरनेट र तीन हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइनेछ । भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याकलगायतका अन्य प्याकलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।