सहकारीको पुँजीलाई उत्पादन र बजारीकरणमा लगानी गरिने
सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणसहित विभिन्न प्रतिबद्धता व्यक्त गर्दै सहकारी महासम्मेलन शनिबार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा बिहीबारदेखि चलेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
सहकारीमा नियमन कडा बनाउन जोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले आन्तरिक नियमन प्रणाली बलियो बनाउन सके सहकारीमा समस्या नआउने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी महासम्मेलनको दोस्रो दिन कार्यपत्र प्र्रस्तुत गर्दै रेग्मीले भन्नुभयो, “सहकारीमा माथिबाटै सफाइ गर्नु आवश्यक छ । यसो हुन सके सुशासनमा प्रवद्र्धन पुग्छ ।” कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण गठन गर्न सरकार सकारात्मक भएको भन्दै उहाँले सहकारीका समस्या समाधान गर्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
३७ वर्षपछि निर्माण भयो कालिकोटको सुनथराली विमानस्थल
कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको छ । २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भएको थियो । यो विमानस्थलले अहिले जहाजको प्रतीक्षा गरेका छन् ।
नगद अभावले भारतबाट मल ल्याउन समस्या
नेपाल–भारतबीच जीटुजी (सरकारदेखि सरकार) प्रणालीबाट मल खरिद गर्ने सम्झौता भएको एक वर्षभन्दा बढी भइसक्यो तर नेपालले हालसम्म ३० हजार मेट्रिक टन मल ल्याउन मात्र सकेको छ । नेपाल र भारतीबीच २०७८ फागुन १६ गते जीटुजी सम्झौताबाट मल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार भारतबाट पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी मल आउनुपर्ने हो । सन् २०२१–२२ मा एक लाख मेट्रिक टन युरिया र डीएपी ५० हजार टन आउनुपर्ने थियो तर हालसम्म ३० हजार मेट्रिक टन युरिया मात्र आइपुगेको छ ।
प्रतिबद्धताको एक तिहाइ मात्र भित्रन्छ विदेशी लगानी
नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरेको लगानीको झन्डै एक तिहाइ मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको पाइएको छ । उद्योग विभागका अनुसार विगत १० वर्षको अवधिमा मुलुकमा झन्डै तीन खर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएकोमा सवा खर्ब रुपियाँ लगानी भित्रिएको छ ।
बजेट लेख्ने टोली तयार
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको मस्यौदा तयार गर्ने समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव भूपाल बरालको नेतृत्वमा सरकारले समिति गठन गरेको हो । मस्यौदा लेखन समितिमा मन्त्रालयकै सहसचिवहरू उत्तरकुमार खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य हुनुहुन्छ । समितिलाई बजेट वक्तव्यसहित दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी तोकिएको छ ।
नेपालमा सुरु भयो ‘आला कार्ट’
स्वदेशी टेलिभिजन च्यानल वितरकहरूले लामो समयदेखि माग राख्दै आएको ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त प्रणाली सुरु भएको जानकारी दिएको हो । यो प्रणाली कार्यान्वयनमा आएसँगै टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्ने केबुल, एमएसओ, डीटीएच, आईपीटीभीजस्ता संस्थाले उपभोक्ताबाट लिन पाउने शुल्कमा एकरूपता कायम भएको छ ।
उडेको जहाजमा झगडा गर्ने यात्रुलाई तारेखमा छाडियो
उडेको जहाजमा झगडा गरी अभद्र व्यवहार गर्ने दुई यात्रुलाई गौसला प्रहरीले बिहीबार साँझ तारेखमा छाडेको छ । बुधवार विराटनगरबाट काठमाडौँ उडेको जहाजमा झगडा गरी अन्य यात्रुहरूलाई आतङ्कित पार्ने गरी कार्य गरेपछि बुद्ध एयरका कर्मचारीले प्रहरीलाई जिम्मा लगाएका थिए ।
चियाको कर उठाउन स्थानीय सरकार अदालत जाने
नेपाल सरकारको स्वामित्वमा रहेका चिया बगान लिजमा लिएको भारतको त्रिवेणी सघाई ग्रुपसँग चिया बगान रहेको इलाम र झापाका पालिकाहरूले कर उठाउनका लागि अदालत जाने तयारी थालेका छन् ।
पोल्ट्री व्यवसायीद्वारा सहुलियत माग
नेपाल कुखुरा व्यवसायी मञ्चले विद्युत् महसुल र बैङ्क ऋणमा सहुलियत दिन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरेको छ । मञ्चले अर्थमन्त्री महतसँग ज्ञापनपत्रमार्फत सो माग गरेको हो । पोल्ट्री क्षेत्र विशेष गरी फार्मिङ, ह्याचरी, दाना उद्योग र कोल्ड स्टोरहरूलाई चौबिसै घण्टा विद्युत् आवश्यक पर्ने भएको हुँदा पोल्ट्रीजन्य उल्लेखित प्रकृतिका व्यवसायमा खपत हुने विद्युत् महसुलमा ५० प्रतिशतको सहुलियत दिन मञ्चले माग गरेको छ ।
सामाजिक सुरक्षा योजनामा चार म्यानपावर कम्पनी
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा चारवटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी आबद्ध भएका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने र विदेशमा स्वरोजगारलाई आबद्ध गराउन थालेलगत्तै श्रमिक पठाउने प्रक्रिया काम गर्ने निजी संस्थाका कर्मचारीलाई योजनामा आबद्ध हुन निर्देशन दिएपछि चारवटा म्यानपावर कम्पनी कोषको योजनामा आबद्ध भएका हुुन् । विभागले गत साता मात्रै वैदेशिक रोजगारीको भर्ना प्रक्रियासँग जोडिएका एक हजार २७६ निजी संस्थामा कार्यरत कर्मचारीलाई कोषको योजनामा आबद्ध गर्न निर्देशन दिइएको थियो ।
नेपाल टेलिकमले एसईई दिएकालाई निःशुल्क सिम दिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीलाई नेपाल टेलिकमले निःशुल्क सिम उपलब्ध गराउने भएको छ । देशभरका कार्यालयबाट टेलिकमले उक्त सिम उपलब्ध गराउने जनाएको छ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
विस्थापित गराउँदै मौलिक हातेकलालाई प्लाष्टिकका सामानले
घर तथा अफिसमा सजाउने प्लाष्टिकका सामानहरुका बीच मौलिक हातेकला (हस्तकला)ले प्रतिस्पर्धामा चुनौती खेपिरहेको छ ।
दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा
लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ ।
वैशाखमा ऊर्जा सम्मेलन
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले आगामी वैशाख ५ र ६ गते ऊर्जा सम्मेलन गर्ने भएको छ । ऊर्जा क्षेत्रका नयाँ आयाम, विद्युत् व्यापार तथा खपत विस्तारलगायतका विषयमा छलफल गर्ने गरी सम्मेलन आयोजना गर्न लागिएको इप्पानले जनाएको छ ।
महासङ्घमा सर्वसम्मत नेतृत्वको पहल
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षका तीन आकाङ्क्षी उमेशलाल श्रेष्ठ, रामचन्द्र सङ्घई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्व चयनको वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । ढकाल आगामी साधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ ।
‘अर्थतन्त्रमा सकारात्मक सङ्केत’
अर्थ मन्त्रालयका सचिव तोयम रायले अर्थतन्त्रमा आन्तरिक रूपमा चाप कायमै भए पनि केही क्षेत्रमा सकारात्मक सुधार देखिएको बताउनुभएको छ । बुधबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै उहाँले पर्यटन आगमन, विपे्रषण आप्रवाह, जलविद्युत्जस्ता क्षेत्रमा सुधार आएको बताउनुभएको हो । “अर्थतन्त्र अहिले पनि आन्तरिक रूपमा वित्तीय दबाबमा रहेको र अहिले आन्तरिक रूपमा समस्या भए पनि यी क्षेत्रमा आएको सुधारले अर्थतन्त्रलाई सहयोग पुग्ने देखिन्छ,” उहाँले भन्नुभयो ।
अध्ययनमै अल्झिँदै दूधकोशी जलविद्युत्
सरकारको लक्ष्यलाई हेर्ने हो भने ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् अहिले निर्माणको तेस्रो वर्षमा प्रवेश गरिसकेको हुनुपर्ने थियो तर आजका दिनसम्म पनि आयोजनाको अध्ययन तथा वित्तीय व्यवस्थापनकै टुङ्गो लाग्न नसक्दा आयोजना निर्माणको नेतृत्व पाएको नेपाल विद्युत् प्राधिकरणले यो आयोजना निर्माणबारे कार्यसूची नै बनाउन सकेको छैन ।
सुनको मूल्यमा नयाँ कीर्तिमान : प्रतितोला एक लाख ११ हजार रुपियाँ
बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेको जनाएको हो ।
महासङ्घ निर्वाचनमा समूहगत उम्मेदवारी
नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि तीन जना प्रत्याशीले समूहगत उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनेमा व्यवसायी उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सङ्घाई हुनुहुन्छ । महासङ्घको ५७औँ वार्षिक साधारण सभामा अध्यक्ष बाहेकका कार्यकारी पदका लागि यही चैत २९ गते निर्वाचन हुँदैछ । हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सोही सधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिनुभएको छ ।
‘सरकार र निर्माण व्यवसायी मिलेर काम गर्नुपर्छ’
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री ज्वालाले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । मुलुक विकासका लागि पूर्वाधार नै महत्वपूर्ण क्षेत्र रहेको बताउँदै मन्त्री ज्वालाले पूर्वाधार क्षेत्रमा योगदान दिने पात्र निर्माण व्यवसायीहरू भएको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा
सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन मूल नाराका साथ आगामी बिहीबारदेखि राजधानीमा आयोजना हुन लागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा भएको छ । चैत २३ गतदेखि २५ सम्म आयोजना हुने महासम्मेलनमा एक हजार जनाको सहभागिता हुने आयोजक राष्ट्रिय सहकारी महासङ्घले मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
एडीबी र विश्व बैङ्कको प्रक्षेपण: ‘आर्थिक वृद्धि ४.१ प्रतिशत मात्रै’
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर यसअघि गरिएको प्रक्षेपणको तुलनामा खुम्चने एसियाली विकास बैङ्क (एडीबी) र विश्व बैङ्क दुवैको अनुमान रहेको छ । नेपाली समयअनुसार मङ्गलबार दुवै दातृनिकायले सार्वजनिक गरेका छुट्टाछुट्टै प्रतिवेदनले नेपालको आर्थिक चालु वर्ष घट्ने उल्लेख गरेका हुन् । छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरे पनि दुवै संस्थाले समान ४.१ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेका हुन् ।
विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै
उद्योग विभागले दस करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट)बाट स्वीकृत हुने व्यवस्था मिलाउने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुई करोडदेखि दस करोड रुपियाँसम्म लगानी हुने परियोजना/प्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो ।