वैदेशिक रोजगार : श्रमिकको मानव अधिकार संरक्षणमा चासो
राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा रहेका श्रमिकको मानव अधिकार संरक्षण सम्बन्धमा विभिन्न ५८ वटा बुँदासहित सरकारलाई सिफारिस गरेको छ । आयोगले वैदेशिक रोजगारीमा रहेका श्रमिक र उहाँहरूका परिवारसँग सम्बन्धित समस्या समाधानका उपायसहित सरकारलाई सिफारिस गरेको हो ।
प्रभावकारी भएन निर्यात अनुदान
सरकारले दस वर्षको अवधिमा निर्यातमा नगद अनुदानबापत पाँच अर्ब ३४ करोड रुपियाँ वितरण गरेको छ । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाई निर्यात प्रवद्र्धन गरी वैदेशिक व्यापार असन्तुलनलाई कम गर्ने उद्देश्यसहित निर्यातमा अनुदानको व्यवस्था गरिएको थियो तर निर्यातमा नगद अनुदान उपलब्ध गराए पनि निर्यात भने उत्साहपूर्वक बढ्न नसकेको तथ्याङ्कले देखाएको छ ।
आत्मनिर्भरको रकम रासायनिक मलमा खर्च
कृषिमा आत्मनिर्भर कार्यक्रमका लागि अर्थ मन्त्रालयले दिएको रकम रासायनिक मल खरिदमा खर्च गरिएको छ । विभिन्न बालीवस्तु उत्पादनमा वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउन चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले आठ अर्ब ४५ करोड रुपियाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई छुट्टै दिएको थियो ।
बढेर आयो इन्धनको मूल्य
पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार (१६ अप्रिलमा) पठाएको नयाँ मूल्यअनुसार डिजेल र पेट्रोलको मूल्य बढेर आएको हो ।
चैतमा उठ्यो पचपन्न अर्ब आन्तरिक राजस्व
राजस्व सङ्कलन खुम्चिँदा स्रो व्यवस्थापनमा दबाबमा परेको सरकारले चैतमा करिब ५५ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व सङ्कलन गर्ने जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार चैतमा मात्रै ५५ अर्ब दुई करोड ८० लाख रुपियाँ राजस्व सङ्कलन भएको हो । सङ्कलित कुल राजस्व अघिल्लो चैतको तुलनामा करिब साढे दुई रुपियाँले कम हो । २०७८ चैतमा ५७ अर्ब ५३ करोड रुपियाँ आन्तरिक राजस्व सङ्कलन भएको थियो ।
प्रतितोला आठ सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य घटेको छ । चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ ।
डिजेल लिटरमा १० रुपियाँ घट्दा पनि घटेन सवारी भाडा
सरकारले चैत्र २० मा डिजेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटायो । धेरै यात्रुको अपेक्षा थियो अब सार्वजनिक सवारीको भाडा घट्छ । तर अवस्था त्यस्तो भएन । मूल्य घटेको दुई साता बिते पनि भाडादर नघटेर यथावत् नै छ ।
कतारकी राजकुमारी अल्थानी अन्नपूर्ण हिमालको चुचुरोमा
कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो ।
कृषिका लागि साढे बाउन्न अर्ब रुपियाँको बजेट सीमा
अर्थ मन्त्रालयले कृषि तथा पशुन्छी विकास मन्त्रालयलाई आर्थिक वर्ष २०८०/८१ का लागि ५२ अर्ब ४६ करोड रुपियाँको बजेट सीमा तोकेको छ । अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई ५२ अर्ब ४६ करोड रुपियाँको बजेट सीमा तोकेको छ र त्यही रकमभित्र आफ्नो कार्यक्रम तयार गर्न भनेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाशकुमार सञ्जेलले जनकारी दिनुभयो । अर्थ मन्त्रालयले बजेटका लागि तोकेको सीमाभित्र नै कार्यक्रमका बारेमा कृषि मन्त्रालयले छलफल सुरु गरेको छ ।
बागमतीको बेरुजु एक अर्ब पाँच करोड
महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले आव २०७८/७९ मा बागमती प्रदेश सरकारको कुल बेरुजु एक अर्ब पाँच करोड ३१ लाख रुपियाँ देखाएको छ। यो रकम लेखापरीक्षण गरिएको रकमको एक दशमलव ३७ प्रतिशत हो । बागमती प्रदेशका २३१ कार्यालयको कुल ७६ अर्ब ९० करोड ४७ लाख रुपियाँको लेखापरीक्षण गरिएकामा पेस्कीबाहेकको बेरुजु रकम ७० करोड ४९ लाख रुपियाँ रहेको छ।
दोलखाका नौ वटा पालिकाको बेरुजु चार लाख ८१ हजार
दोलखाका नौ वटा स्थानीय तहमा एक वर्षको अवधिमा चार लाख ८१ हजार ४१८ रुपियाँ बेरुजु देखिएको छ ।
आठ खर्ब त्रिपन्न अर्ब लगानी गर्दै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षभित्र विद्युतीय पूर्वाधारमा आठ खर्ब ५३ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । देशभित्र पर्याप्त र गुणस्तरीय विद्युत् उपलब्ध गराउने र अधिक भएको विद्युत् निर्यात गर्नुपर्ने चुनौतीका बीच प्राधिकरणले निर्माण गरेको सन् २०२७ सम्मको कार्ययोजनामा विद्युत् उत्पादनभन्दा प्रसारण पूर्वाधारमा व्यापक लगानी विस्तार गर्न लागेको हो ।
चलचित्रको आम्दानी अव मासिक रुपमा सार्वजनिक
चलचित्रबाट भएको आम्दानी वैशाखदेखि मासिक रूपमा सार्वजनिक गरिने भएको छ । चलचित्र विकास बोर्डले आम्दानी कति भयो भनी यकिन गर्न अव मासिक रूपमै सार्वजनिक गर्ने भएको हो ।
उकालो चढ्दै चौँरी गाई (फोटो फिचर)
हिमाली काखमा रमाउने सुन्दर प्राणी हुन् चौँरी गाई । चौँरीका बथानले हिमालको सौन्दर्यतामा थप मोहकता थपिदिन्छ । चौँरी नभए हिमाली आकर्षणको साख नै घट्छ ।
दूध अभावपछि भारतबाट ल्याउन मागियो अनुमति
दूध अभाव भएपछि सरकारी तथा निजी डेरी उद्योगीहरूले भारतबाट दूध, एसएनपी (धुलो दूध) र बटर ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति माग गरेका छन् । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, निजी क्षेत्रका नेपाल डेरी एसोसिएसन र नेपाल डेरी उद्योग सङ्घले कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा निवेदन दिएका छन् ।
निगमको आम्दानी घट्दो
नेपाल वायुसेवा निगमको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा ३६ प्रतिशतले घटेको छ । महालेखा परीक्षकको ६०औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको गत वर्षको सञ्चालन आम्दानी १४ अर्ब ४१ करोड ८३ लाख रुपियाँ रहेकोमा यो वर्ष ३६.८३ प्रतिशतले घटेर नौ अर्ब १० करोड ९२ लाख रुपियाँ पुगेको छ ।
चार वर्षदेखि नाका नखुल्दा सुनसान बन्यो लप्ची
चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिका–१ को लप्चीमा रहेको सीमा नाका चार वर्षदेखि कोभिड महामारीको कारण देखाउँदै बन्द गरिएकाले सास्ती भोगिरहेका लप्चीवासीहरू धमाधम बसाइसराइ गर्न थालेका छन् ।
कुल आम्दानी चालु खर्चलाई मात्र ठिक्क
चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चैतसम्मको सरकारको कुल प्राप्ति र खर्चबीचमा दुई खर्ब २२ अर्ब रुपियाँ बराबरको खाडल देखिएको हो । कार्यालयका अनुसार चैतसम्म सरकारले सात खर्ब २४ अर्ब ४७ करोड रुपियाँ प्राप्त गर्दा नौ खर्ब ४३ अर्ब पाँच करोड रुपियाँ खर्च गरेको छ । लक्ष्यअनुसार आम्दानी बढ्न नसक्दा सरकारको कुल आम्दानी साधारण प्रकृतिको चालु खर्चका लागि मात्र पर्याप्त हुने अवस्था सिर्जना भएको छ ।
चैत महिनामा बढ्यो वैदेशिक लगानी
चालु आर्थिक वर्षको चैत महिनामा वैदेशिक लगानी प्रतिबद्धता ह्वात्तै बढेको छ । विश्वमा देखा परेको आर्थिक सङ्कटका कारण घट्दै गएको वैदेशिक लगानी प्रतिबद्धता चैत महिनामा आएर एक्कासि बढेको हो । उद्योग विभागका तथ्याङ्कअनुसार चैत महिनामा ३३ वटा परियोजनामार्फत सात अर्ब ५५ करोड १८ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । अन्य महिनाको तुलनामा चैत महिनामा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
स्थानीय तहबाटै श्रम स्वीकृति
सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट भर्न सकिने व्यवस्था गरेको छ । वैशाख १/२ गते सार्वजनिक बिदा परेकाले ३ गतेबाट स्थानीय पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदनको सेवा लिन सकिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको महिना मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय थियो । श्रम मन्त्रालयको उक्त निर्णयअनुसार २०८० वैशाख ३ गतेबाट पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिन थालिएको हो ।
हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन
ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधीन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ ।
प्युठानका मल्लरानी र सरुमारानीको बेरुजु शून्य
जिल्लाका दुई वटा पालिकाको बेरुजु शून्य भएको छ । मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको आर्थिक वर्ष २०७८-०७९ को बेरुजु शून्य आएको हो । महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार देशभरमा प्युठानका दुई वटा पालिका मात्र शून्य बेरुजु हुने पालिकामा परेका छन् । दुवै पालिकाको आर्थिक वर्ष २०७६-०७७, २०७७-०७८ र २०७८-०७९ को बेरुजु शून्य रहेको छ ।
सेयर बजारमा करेक्सन
अघिल्लो दिन उच्च अङ्कले बढेको सेयर साता र वर्षकै अन्तिम दिन भने ओरालो लागेर बन्द भएको छ । अघिल्लो दिन ९२ अङ्कले उकालो लागेको बजार बिहीबार भने दोहोरो अङ्कले ओरालो लागेको हो । बिहीबार सेयर बजारमापक नेप्से परिसूचक २९ दशमलव ०८ अङ्कले ओरालो लागेर एक हजार ९३४ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि पाँच दशमलव ७२ अङ्कले ओरालो लागेर ३६७ दशमलव ९८ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से १ दशमलव ४८ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५३ प्रतिशतले ओरालो लागेको छ ।
चोभार बन्दरगाह सञ्चालन निष्प्रभावी
काठमाडौँको चोभारमा स्थापना भएको चोभार सुक्खा बन्दरगाह सञ्चालन भएको एक वर्षमा १३२ कन्टेनर सामान आयात र पाँच कन्टेनर सामान निर्यात भएका छन् । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा स्थापित बन्दरगाह सञ्चालन भएको एक वर्षको अवधिमा न्यून परिमाणमा मात्र आयात निर्यात भएको हो । आयात निर्यात सहजीकरण गर्ने लक्ष्यसहित बन्दरगाह स्थापना गरिए पनि प्रभावकारी रूपमा सञ्चालन हुुन नसकेको हो । गत वर्ष चैत २२ गते बन्दरगाहको औपचारिक रूपमा उद्घाटन भएको थियो । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह सञ्चालन र व्यवस्थापनको काम गर्दै आएको छ ।