चीनतर्फका नाका खुला हुने
लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गत चैतमा चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएअनुसार नाका खुल्न लागेका हुन् ।
बहत्तर हजार वैदेशिक श्रमिक आबद्ध
सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्न सुरु गरेको एक महिनामा ७२ हजार ३९३ श्रमिक सूचीकरण भएका छन्। वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई चैत ८ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न सुरु गरिएको थियो।
‘औद्योगिक क्षेत्रको विकासमा सरकार गम्भीर’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको १८औँ वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री रिजालले औद्योगिक क्षेत्रभित्रका समस्या समाधान निकाल्न सहज बनाउने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा निजी क्षेत्रलाई समावेश गरिएको भन्दै सहमतिको वातावरण निर्माण गर्दा धेरै समस्या समाधान हुने उल्लेख गर्नुभयो ।
नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुँदै
आगामी वैशाख २४ गते ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ विषयक नेपाल व्यवसाय शिखर सम्मेलन, २०८० आयोजना हुने भएको छ । नेपाल सरकार, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा सञ्चालन हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने आयोजकले जनाएको छ ।
निरन्तर उकालो लाग्दै विद्युतीय कारोबारको ग्राफ
मुलुकमा कोरोना भाइरस (कोभिड–१९) भित्रिएसँगै बढ्न थालेको विद्युतीय कारोबारको ग्राफ उकालो लाग्ने क्रम जारी छ । कोरोनाका कारण बैङ्कसम्मै पुगेर वित्तीय कारोबार गर्न अप्ठ्यारो परेका कारण पनि बन्दाबन्दीको समयमा विद्युतीय कारोबारमा उल्लेखनीय प्रगति भएको थियो । कोरोनामा बन्दाबन्दीका बेला सर्वसाधारण बैङ्कसम्म पुग्नु त टाढाको कुरा घरबाहिर समेत निस्कन डराइरहेका बेला विद्युतीय कारोबार भने ह्वात्तै बढेको थियो । जसले अहिले पनि निरन्तरता पाइरहेको छ ।
दूध आयातबारे प्रतिवेदन मन्त्रीलाई
राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात गर्नुपर्ने प्रतिवेदन कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाललाई बुझाएको छ । बोर्डले डेरीसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेको आधारमा सो प्रतिवेदन मन्त्री भुसाललाई बुझाएको हो । डेरी उद्योगीले झोल तथा धुलो दूध र बटरको अभाव देखाउँदै केही समयका लागि भारतबाट आयात खुला गर्न माग गर्दै कृषि मन्त्रालय र बोर्डमा निवेदन दिएका थिए ।
एकतीस देशसँग व्यापार नाफामा
नेपालले वैदेशिक व्यापार गर्ने विभिन्न १६३ मुलुकमध्ये ३१ वटा देशसँग व्यापार नाफामा रहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ३१ देशमा व्यापार नाफामा र बाँकी १३२ देशसँग व्यापार घाटा रहेका छन् । नौ महिनाको अवधिमा व्यापार नाफा भएका देशमा नेपालबाट ११ अर्ब ५८ करोड ३० लाख सात हजार रुपियाँको सामान निर्यात भएको र ४२ करोड २८ लाख ५५ हजार रुपियाँको सामान आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।
ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि २०७९ फागुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको हो । वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका
चिया निर्यात वृद्धि भए पनि कारोबारमा कमी
पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधा व्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले यो क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकेको छैन ।
बैतडीमा ८० हजार बाख्रालाई पिपिआर खोप
बैतडीमा ८० हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पिपिआरविरुद्धको खोप लगाइएको हो ।
चियामा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नाराका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २७औँ राष्ट्रिय चिया दिवस मनाइरहेको छ । कृषिमन्त्री डा. वेदुराम भुसालले चिया दिवसको अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गरी चियामा निजी क्षेत्रलाई लगानी गर्न आह्वान गर्नुभएको छ । उहाँले एउटा प्रमुख निर्यातयोग्य नगदेबालीका रूपमा स्थापित गर्न निजी क्षेत्रलाई समेत थप लगानी गर्न आह्वान गर्नुभएको छ ।
स्रोत दबाबले अनुदान कटौती
स्रोतको दबाबमा रहेको सरकारले प्रदेश र स्थानीय तहमा जानुपर्ने वित्तीय समानीकरण अनुदान ५० प्रतिशत कटौती गरेको छ । अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय सङ्घीयता समन्वय महाशाखाले सरकारको कोष सञ्चालन गर्ने महालेखा नियन्त्रक कार्यालयलाई एक पत्र लेख्दै ५० प्रतिशत अनुदान कटौती गरेर मात्र हस्तान्तरण गर्न आग्रह गरेको हो ।
अदुवा निर्यातमा उल्लेख्य वृद्धि
तुलनात्मक लाभको वस्तुका रूपमा प्रवद्र्धन भइरहेको अदुवाको निर्यात १०५ प्रतिशतले बढेको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य वस्तुको निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अदुवा निर्यात भने दोब्बरले बढेको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा अदुवा निर्यात १०५ प्रतिशतले बढेर आठ अर्ब ५३ करोड २३ लाख एक हजार रुपियाँ बराबरको एक करोड ९१ लाख ४७ हजार ८३० केजी अदुवा निर्यात भएको हो ।
होटल संघ नेपालको अध्यक्षमा शाह निर्वाचित
होटल सङ्घ नेपाल (हान) को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको ४८औँ वार्षिक साधारण सभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
सबै जिल्ला र गाउँमा बिजुली पुर्याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड)मा जोडिएको छ ।
ठेकेदारको बदमासीले नौ वर्षमा पनि बनेनन् लुम्बिनीका दुई पुल
पुल निर्माण सुरु भएको नौ वर्ष बित्यो तर अझै पुलले पूर्णता पाएको छैन । पप्पु कन्स्ट्रक्सनले कतिहदसम्म बदमासी गर्छ भन्ने एउटा गतिलो उदाहरण बनेको छ लुम्बिनीको दुई वटा पुल ।
घाँस खोज्दै चौँरीगोठ सार्न सुरु
हिउँदमा जाडो छल्न नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीबाट अग्ला पाटनतर्फ चौँरीका गोठहरू सार्ने क्रम सुरु भएको छ । लिमीका गाउँमा चौँरी गाईका लागि घाँसको समस्या हुन थालेपछि अग्ला पाटनतर्फ चौँरी गोठ सारिएका हुन ।
रेसुङ्गा विमानस्थलमा परीक्षण उडान
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक नाईन एन–एबीटी जहाजले सफल उडान भरेको छ । काठमाडौंबाट बिहान ६ बजेर ४६ मिनेटमा उडान भरेको सो जहाजले रेसुङ्गा विमानस्थलमा ७ बजेर ३९ मिनेटमा अवतरण गरेको हो ।
एफएओबाट कृषि सहकारी पुरस्कृत
संयुक्त राष्ट्रसङ्घको खाद्य र कृषि सङ्गठन (एफएओ)ले नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडलाई ‘वेस्ट एक्सिलेन्स पार्टनरसिप अवार्ड २०२३’ प्रदान गरेको छ । विश्वभरका आफ्ना साझेदार संस्थामध्ये सर्वोत्कृष्ट साझेदार संस्थाका रूपमा सङ्घलाई यो अवार्ड प्रदान गरेको हो । सङ्घका अध्यक्ष खेमबहादुर पाठकले बिहीबार एक पत्रकार सम्मेलन आयोजना गरी सो कुराको जानकारी गराउनुभएको हो ।
डाबर नेपालले नौ अर्ब ६८ करोड लगानी थप्ने
बहुराष्ट्रिय कम्पनी डाबर नेपालले नौ अर्ब ६८ करोड रुपियाँ पुनर्लगानी गर्ने भएको छ । उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणका लागि कम्पनीले लगानी थप गर्न लागेको हो । लगानी थपसम्बन्धी समझदारीपत्रमा बिहीबार लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट व्यवसाय प्रमुख हरकिरतसिंह वेदीले हस्ताक्षर गर्नुभएको छ । डाबर नेपालको क्षमता अभिवृद्धि तथा विविधीकरणसम्बन्धी परियोजनाका लागि लगानी बोर्डको २०७८ माघ २५ गतेको ४९औँ बैठकले स्वीकृति दिएको थियो ।
सगरमाथा आधार शिविरमा सरकारी कार्यालय
पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो ।
बालाजुको कोत धुकु पेट्रोल पम्पमा सिलबन्दी
काठमाडौं महानगरपालिकाले वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको छ । वैशाख ६ गतेको प्रमुख स्तरीय निर्णयबाट आज (बिहीबार) शिलबन्दी गरिएको हो ।
काठमाडौंमा चौंथो अन्तर्राष्ट्रिय चिया सम्मलेन सुरु
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौंथो चिया महोत्सव सुरु भएको हो ।
२७औँ राष्ट्रिय चिया दिवस : वार्षिक साढे तीन अर्बको चिया निर्यात
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्तालगायतको सहभागितामा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ ।