सामाजिक सुरक्षा ऐनले अनौपचारिक क्षेत्रमा श्रमिक समेट्न सकिएन
सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने भनेको छ । अनौपचारिक क्षेत्रका श्रमिक समेट्न कार्यविधिसमेत आएको छ तर पनि कार्यान्वयनमा आउन सकेको छैन ।
मर्स्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो
आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्यायाङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्यायाङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।
उपत्यकामा आठ सब-स्टेसन निर्माणाधीन
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सब-स्टेसन निर्माण गरिरहेको छ ।
पशुपतिको विद्युतीय शव दाह अव निःशुल्क
पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ ।
गुच्ची च्याउले मनग्य आम्दानी गर्दै मुगुवासी
गुच्ची च्याउ सङ्कलनको मौसम सुरु भएसँगै मुगुवासीले आम्दानी गर्न थालेका छन् । यो मौसममा यहाँका स्थानीय जङ्गलमा गई जडीबुटीजन्य गुच्ची च्याउ सङ्कलन गर्न हिजोआज व्यस्त हुन थालेको छ ।
बजार अनुगमनसँगै व्यापारीलाई अभिमुखीकरण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले बजार अनुगमनसँगै व्यापारीलाई अभिमुखीकरण गराएको छ । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमस्थित सिँवा बजारको अनुगमन गर्दै गाउँपालिकाले स्थानीय व्यापारीलाई अभिमुखीकरण गराएको हो ।
‘अर्थतन्त्र सुधारोन्मुख’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको बताउनुभएको छ । राजधानीमा आयोजित व्यवसाय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले यसलाई प्रस्ट पारेकोसमेत बताउनुभयो ।
टुकुचा खोलामै पुष्टि, खोला मिचिएर बनाएको घरजग्गा हटाउने काम चाँडै सुरु हुन्छ: बालेन शाह
काठमाडौँ उपत्यकाको इतिहास जोडिएको टुकुचा खोला खोला नै भएको उच्च अदालत पाटनले फैसला गरेको छ । खोला नभई ढल भएको भन्दै अदालतमा परेको मुद्दामा यस्तो फैसला आएसँगै काठमाडौँ महानगरपालिकाले तत्काल खोला मिचिएर बनाइएका संरचना भत्काउने र खोलालाई पूर्णता दिने काम चाँडै सुरु गर्ने जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा निगमलाई राहत
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ । गत वर्ष रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेको निगमलाई पछिल्लो समय मूल्य घट्दा राहत मिलेको हो ।
दूध आयात सिफारिसको विरोध
नेपालमा दूध पर्याप्त हुँदाहुँदै राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात गर्न गरेको सिफारिसप्रति किसानले आपत्ति जनाएका छन् । डेरी उद्योगीहरूले नेपालमा दूध अभाव रहेको भन्दै भारतबाट आयात गर्नुपर्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति मागेका छन् । सो अनुमतिका लागि उद्योगीले बोर्डलाई पनि आग्रह गरेको छ । सो आग्रहका आधारमा बोर्डले आवश्यकताअनुसार दूध आयातका लागि मन्त्रालयलाई सिफारिस गरेको छ ।
सिम्रिक एयरका सबै हेलिकोप्टर ग्राउन्डेड
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी हेलिकोप्टरलाई ग्राउन्डेड गरिएको हो । जिल्लाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा नाइन एन एजेजेड रजिस्ट्रेसन रहेको हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
बङ्गलादेशमा अझै भएन धागो निर्यात
नेपालबाट धागो निर्यात गर्न बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरेको दुई महिना बितिसक्दा पनि अझै निर्यात हुन सकेको छैन । लामो समयदेखि बन्द रहेको सो नाका खुला भएको दुई महिना बितिसकेको छ तर धागो अझै निर्यात हुुन सकेको छैन । नाका बन्द हुँदा धागो निर्यात नभएपछि व्यवसायीले नेपालबाट नजिक पर्ने बङ्गलाबन्ध–फूलबारी नाका खुलाउन माग गरेका थिए । बङ्गलादेशले उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयको पहलमा गत फागुन महिनामै सो नाका खुला गरिएको थियो तर प्रक्रियागत काम बाँकी रहेको भन्दै व्यवसायीले धागो निर्यात गर्न सकेको छैन ।
वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउनुपर्ने सुझाव
पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्दै खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न अर्थ मन्त्रालयलाई सुझाव दिनुभएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले सो सुझाव दिनुभएको हो ।
दुर्गमको गोठमै रमाएका नन्दप्रसाद
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ ।
कर्णाली कोरिडोरमा जोडियो खत्याड गाउँपालिका
जिल्लाको खत्याड गाउँपालिकामा पहिलो पटक कर्णाली कोरिडोरमा जोडिएको छ । खत्याड गाउँपालिकाको पहलमा बेली ब्रिज निर्माण भएपछि पहिलो पटक कर्णाली कोरिडोर र सुदूरपश्चिममा जोडिएको हो ।
‘गौतम बुद्ध विमानस्थल पूर्ण सञ्चालन होस्’
निजी क्षेत्रका व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् । २५६७औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० समारोहका क्रममा लुम्बिनी आउनुभएका प्रधानमन्त्री प्रचण्डलाई विमानस्थल सञ्चालनका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको हो । ।
एकल महिला स्वरोजगार कार्यक्रमले राहत
ब्रेन ट्युमरले तीन वर्षअघि श्रीमानकाे मृत्यु भएपछि छन्त्याललाई छोरा र छोरीको लालन पालन शिक्षा–दीक्षाकै चिन्ताले सताउन थाल्यो । खेती किसानीले मात्रै परिवार पाल्न धौ-धौ भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आउनुभएको छ ।
सरकार अर्थतन्त्र सुधार गर्न प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिक रूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्थाको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा शुक्रबार रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
पाँच वर्षमा सुनको मूल्य दोब्बर
स्थानीय बजारमा पछिल्लो पाँच वर्षको अवधिमा सुनको मूल्य प्रतितोला झन्डै दोब्बरले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष २०७५ को वैशाख महिनामा प्रतितोला ५८ हजार तीन सय रुपियाँ रहेको सुनको मूल्य चालु आवको वैशाख महिनामा आएर प्रतितोला एक लाख ११ हजार आठ सय रुपियाँ पुगेको हो । पाँच वर्षको अवधिमा प्रतितोलामा ५३ हजार रुपियाँ पाँच सय रुपियाँले मूल्य बढेको हो ।
नेपाली उत्पादन प्राथमिकतामा : रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लघु, घरेलु तथा साना उद्योग र हस्तकलाजन्य उत्पादनको प्रवद्र्धनमा सरकारको प्राथमिकता रहने बताउनुभएको छ । ललितपुरको सातदोबाटोमा उद्यमी घरको शुभारम्भ गर्दै उहाँले नेपाली उत्पादन र हस्तकलाका सम्बन्धमा आगामी वार्षिक नीति तथा कार्यक्रममा पनि प्राथमिकता दिइने बताउनुभयो ।
उत्पादकत्वमा वृद्धि हुने गरी अनुसन्धान गर्न निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषिमा उत्पादकत्व र उत्पादन वृद्धि हुने गरी अनुसन्धानलाई अगाडि बढाउन कृषि वैज्ञानिकहरूलाई निर्देशन दिनुभएको छ । मन्त्री भुसालले बिहीबार नेपाल कृषि अनुसन्धन परिषद् (नार्क)मा अनुगमन गर्न गएका बेला सो निर्देशन दिनुभएको हो । मन्त्री भुसाल बिहीबार नार्कमा आकस्मिक निरीक्षण गर्न पुग्नुभएको थियो । १०:३० बजे पुग्दा नार्कको केन्द्रीय कार्यालयमा कुनै पनि कर्मचारी थिएनन् । उहाँ अनुगमनकै क्रममा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा पुग्नुभएको थियो । त्यही नार्कका निर्देशक डा. धु्रव भट्टराईको उपस्थितिमा कार्यक्रम थियो ।
मन्दीबाट जोगाउन महासङ्घको आग्रह
अर्थतन्त्रमा मन्दीको अवस्था देखिएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले यसबाट बाहिर ल्याउन सरकारलाई आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासङ्घले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्बित गरेको भन्दै अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्ने उल्लेख गरेको छ ।
‘बजेटमा नयाँ ठूला पूर्वाधारका परियोजनाको सम्भावना न्यून’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले दबाबपूर्ण अवस्थामा आगामी आर्थिक वर्षको बजेट बनाउन लागेको बताउनुभएको छ । चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनका समस्या र आर्थिक सङ्कटको परिदृश्यका कारण आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटले नयाँ ठूला पूर्वाधारका परियोजना ल्याउने अवस्था नरहेको बताउनुभएको हो ।
उनन्तीस ब्रोकर कम्पनी थपिँदै
नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये फेरि १३ ब्रोकर कम्पनीले पनि आशयपत्र (एलओआई) पाएका छन् । नेपाल धितोपत्र बोर्डको बुधबार बसेको सञ्चालक समितिले थप १३ कम्पनीलाई ब्रोकरका रूपमा काम गर्न आशयपत्र प्रदान गरेको हो । यसअघि नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये १६ ब्रोकर कम्पनीले आशयपत्र (एलओआई) पाइसकेका छन् ।