सेयर बजारमा उच्च सुधार
लगातार ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको सेयर बजार उच्च अङ्कले सुधारिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि दुई अर्ब २० करोड रुपियाँभन्दा बढी भएको छ । पछिल्ला दिनमा एक अर्बभन्दा पनि तल सीमित रहेको कारोबार रकम तीन महिनायताकै उच्च सुधार आएको हो । सेयर बजारमा तीन महिनापछि दुई अर्बमाथि कारोबार भएको हो ।
बूढीगण्डकी आयोजनाको शिलान्यास छिट्टै हुनेछ : गण्डकी गाउँपालिका अध्यक्ष
गोरखाको साबिकको फुजेल, दर्बुङ, भूम्लिचोक, घ्याल्चोक, ताङ्लिचोक र मकैसिङ गरी छ गाउँ विकास समितिलाई एकीकृत गरी स्थापना भएको गण्डकी गाउँपालिका प्राकृतिक रुपमा विविधता पूर्ण रहेको छ ।
निलगिरि जलविद्युत आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न
म्याग्दीको अन्नपूर्ण गाउँपालिका -४ नारच्याङमा निर्माणाधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय व्यापारबारे प्रशिक्षण
‘अन्तर्राष्ट्रिय व्यापार तथा व्यापार नीति’ सम्बन्धी पाँचदिने प्रशिक्षण कार्यशाला सुरु भएको छ । व्यापार नीति निर्माण, कार्यान्वयन र व्यापार वार्ताका लागि नेपालको क्षमता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै युरोपेली सङ्घको आर्थिक सहयोग अन्तर्गत इयु–नेपाल व्यापार तथा लगानी कार्यले नेपाल सरकारका वाणिज्य क्षेत्र सम्बद्ध अधिकारीहरूका लागि प्रशिक्षण सुरु गरेको हो ।
संरक्षण गर्न किसानलाई याक वितरण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पशुपालनको प्रवर्द्धनका लागि स्थानीय पशुपालक किसानलाई याकको बाच्छा वितरण गरेको छ ।
अरुण तेस्रो प्रसारण लाइनका लागि ५९७ टावर निर्माण हुने
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ ।
तामाकोसी पाँचौँ निर्माण गर्न १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर
दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको लगानी जुटेको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्नेछ ।
तामाकोशी–५ मा सञ्चय कोषको तेह्र अर्बभन्दा बढी लगानी
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको तामाकोशी–५ मा कर्मचारी सञ्चय कोष नेपाल, विद्युत् प्राधिकरण र तामाकोशी जलविद्युत् कम्पनीबिच त्रिपक्षीय ऋण सम्झौता सम्पन्न भएको छ । आइतबार सम्पन्न ऋण सम्झौता अनुसार कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपियाँ ऋण लगानी गर्ने भएको छ ।
करका दर घटाएर अनधिकृत व्यापार रोक्न माग
उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरी पैठारी व्यापक भइरहेकाले करका दरलाई तार्किकस्तरमा राख्न व्यवसायीले आग्रह गरेका छन् । आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेका बेला आयात निर्यातकर्ता व्यवसायीको संस्था नेपाल समुद्रपार निकासी पैठारी सङ्घले अर्थ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई पत्र लेखेर करका दरहरू कम गरी अनधिकृत आयात निरुत्साहित हुने वातावरण बनाउन आग्रह गरेको हो ।
पुरानो सम्झौताको मल ल्याउन सुरु
तीन वर्षका लागि नेपाल सरकारको कालोसूचीमा परिसकेको कम्पनीले पुरानो सम्झौताको मल तातोपानी नाकाबाट ल्याउन सुरु गरेको छ । चीनबाट हालसम्म सो नाकामा पाँच हजार सात सय मेट्रिक टन युरिया मल आइसकेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट रासायनिक मल ल्याउन टेन्डर आह्वान गरेपछि सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले २०७८ मा सो मल ल्याउने ठेक्का प्राप्त गरेका थिए । ती कम्पनीले २०७८ चैत १५ गतेभित्र त्यो मल ल्याइसक्नुपर्ने थियो तर समयमा मल नल्याइदिएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले २०७९ मा ठेक्का रद्द गरेको घोषणा गरेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडले चार पटक म्याद थप गरेको थियो तर समयमा मल आएन ।
दालमा फरक भन्सारदर बनाउन माग
कच्चा र तयारी दालमा समान भन्सारदर हुँदा स्वदेशी उद्योग धराशायी भएकाले भन्सार शुल्क फरक राख्न व्यवसायीले माग गरेका छन् । नेपाल चामल, तेल, दाल उद्योग सङ्घले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर कच्चा र तयारी दालको भन्सारदर एउटै हुँदा विदेशी तयारी दालसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको भन्दै फरक फरक बनाउन माग गरेको हो ।
वैदेशिक व्यापार घाटा बाह्र खर्ब नाघ्यो
चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापार घाटा १२ खर्ब नाघेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको (साउन–वैशाख) सम्मको तथ्याङ्क अनुसार १० महिनामा व्यापार घाटा १५.८५ प्रतिशतले घटेर १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख छ । अघिल्लो वर्ष सो अवधिमा व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड ४३ लाख रुपियाँ रहेको थियो । गत वर्षको तुुलनामा १० महिनाको अवधिमा आयात घट्दा वैदेशिक व्यापार घाटामा समेत कमी आएको हो ।
‘गन्तव्य’ मोटरसाइकल बजारमा
नेपाली विद्युतीय मोटरसाइकल ‘गन्तव्य’ बजारमा आएको छ । सुन्दर अटो इन्जिनियरिङले गन्तव्यलाई बजारमा ल्याएको हो । गत आइतबार मोटरसाइकलको नम्बर प्लेट प्राप्त गरेपछि बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ । सुन्दर अटो इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाका अनुसार हालसम्म ६५ वटा ‘गन्तव्य इभी १०० एस’ निर्माण भइसकेका छन् । जसमध्ये ४० वटा बुक भइसकेका छन् । उहाँले भन्नुभयो, “सरकारले अनमुति दिए हामी दिनको १० वटा विद्युतीय मोटरसाइकल उत्पादन गर्न सक्छौँ । माग बढेको छ । हामी ७ गतेदेखि बिक्री सुरु गर्छौं ।”
करोडौँको शीत भण्डार प्रयोगविहीन
दोलखाको सैलुङ गाउँपालिका–३ बोथ्लेमा निर्मित करोडौँको शीत भण्डार सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेको छ ।
सामूहिक तथा करार खेतीलाई प्रोत्साहन
राष्ट्रपति रामचन्द्र पौडेलले कृषिको उत्पादकत्व र उत्पादनमा वृद्धि गरी देशलाई आत्मनिर्भरतर्फ लैजाने बताउनुभएको छ। सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै उहाँले तीनै तहका सरकारबिचको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताउनु भएको छ। एकीकृत राष्ट्रिय अनुदानसम्बन्धी कानुन एवं कृषि अनुसन्धान नीति तर्जुमा गरिने उल्लेख गर्दै उहाँले बिउबिजनमा आत्मनिर्भर बनाइने बताउनुभयो।
पाँच लाखलाई थप आन्तरिक रोजगारी सिर्जना गरिने
सरकारले आगामी दुई वर्षभित्र पाँच लाखलाई थप आन्तरिक रोजगारी सिर्जना गर्न निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सिप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सङ्घीय संसद्मा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा सो घोषणा गर्नुभएको हो। उहाँले श्रम बजारको माग अनुसारको सिपयुक्त मानव संसाधन उत्पादनका लागि सरकारी तालिम प्रदायक संस्थाहरूलाई एकीकरण गरी राष्ट्रिय प्राविधिक तथा व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने पनि घोषणा गर्नुभयो।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइने
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यव्रmम प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो ।
बिमा सेवा विस्तार गरिने
अब देशभर बिमा सेवाको विस्तार गरिने भएको छ। साथै सरकारले न्यून आय हुने वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गराउन सहजीकरण गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा देशभर बिमाको पहुँच पु¥याउने र कृषि बिमाको दायरा विस्तार गर्ने उल्लेख छ।
स्वदेशी उत्पादनलाई प्रवर्धन र उपयोगमा जोड
सरकारले स्वदेशी उत्पादनको खरिद, उपयोग र प्रवर्धनमा जोड दिने नीति अवलम्बन गर्ने भएको छ। हाम्रो उत्पादन, हाम्रो स्वाभिमान अभियान अन्तर्गत सरकारले स्वदेशी उत्पादनलाई प्रवर्धन र उपयोगमा जोड दिने नीति सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा २० प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ। देशमै उद्यम गर्न चाहनेलाई उद्योग व्यवसायीलाई बिउपुँजी उपलब्ध गराउने, रोजगारी र उद्यमशीलतालाई व्यवसायमा जोड्ने, नवप्रवर्तनलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
छैटौँ नेपाल-अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्टको बैठक सुरु
छैटौँ नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ सुरु भएको छ । बैठक आज (शुक्रबार) बाट काठमाडौंको एक होटलमा सुरु भएको हो ।
फलफूल विकास आयोजना सुरु
बागमती प्रदेशसहित पाँच वटा प्रदेशमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु गरिएको छ । मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको यस आयोजना अन्तर्गत आयोजना कार्यान्वयन अवधिमा काष्ठफल, फलफूल र तरकारी एवं अन्य रैथाने बालीमा गरी ४० हजार घरधुरी समेटिने भएको छ ।
औचित्यहीन बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
विगत पाँच वर्षमा बेरोजगारको सूचीमा सूचीकृत करिब ४४ लाख बेरोजगारमध्ये करिब १५ प्रतिशतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसतमा ५० दिनको रोजगारी प्राप्त गरेका छन् ।
अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत
मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको वास्तविक भूमिका उजागर गर्ने गरी नेपाल उद्योग वाणिज्य महासङ्घले एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
सगरमाथा चुचुराेमा ३२५ आरोही
वसन्त ऋतुमा यो वर्ष हालसम्म ३२५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए ।