हालसम्मकै उच्च सुनको मूल्य
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएकोे छ
साढे दुई अर्बभन्दा बढीको सापटी
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १४ हजार ६५ योगदानकर्ताले दुई अर्ब ५३ करोड ३८ लाख ५८ हजार ७० रुपियाँ सापटी लिएका छन् । कोषले डेढ वर्षको अवधिमा योगदानकर्ता विशेष सापटी योजना, योगदानकर्ता घर सापटी योजना, योगदानकर्ता शैक्षिक सापटी शीर्षकमा त्यो बराबरको रकम लिएका हुन् ।
उपयोगमा ल्याइँदै प्रयोगविहीन फ्रिक्वेन्सी
नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोगविहीन दूरसञ्चार फ्रिक्वेन्सीको आवश्यकता अनुसार उपलब्धता बढाउँदै जाने नीति अख्तियार गर्ने भएको छ । दूरसञ्चार सेवाका लागि उपलब्ध कुल फ्रिक्वेन्सीमध्ये हाल १५ प्रतिशत मात्र प्रयोगमा रहेकाले अवितरित फ्रिक्वेन्सी वितरण गर्दै जाने नियामकले योजना बनाएको हो । प्राधिकरणको २६ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष भूपेन्द्र भण्डारीले सीमित स्रोतका रूपमा रहेको दूरसञ्चार सेवाका लागि छुट्याइएको फ्रिक्वेन्सीमध्ये हाल १५ प्रतिशत मात्रै आपूर्ति भएको बताउनुभयो ।
युएई रोजगार मेलामा चौसट्ठी म्यानपावर सहभागी
वैदेशिक रोजगार बोर्डको सहकार्यमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना गरेको रोजगार मेला ‘जब फेयर २०२४’ सम्पन्न भएको छ । रोजगारदाता/एजेन्सी र श्रमिकलाई प्रत्यक्ष जोड्ने उद्देश्यसहित सङ्घले शनिबार युएईमा १७ वर्षपछि उक्त मेलाको आयोजना गरिएको हो ।
फेरि बढ्न थाल्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । एक महिनाअघिदेखि घट्दै गएको सुनको मूल्य अहिले आएर पुनः बढ्न थालेको हो । आइतबार सुनको मूल्य बढेर प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएको छ ।
नगदै दिइने सामाजिक सुरक्षामा पनि कर
सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने सामाजिक सुरक्षाको भुक्तानीमा समेत सामाजिक सुरक्षा कर लगाउने उपाय निकालेको छ । हालै कार्यान्वयनमा आएको एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना, २०८० ले सामाजिक सुरक्षामा वित्तीय स्रोत व्यवस्थापनका लागि यस्तो उपाय अघि सारेको हो । विगत केही वर्षयता सरकारले सञ्चालन गरिरहेका विभिन्न १९ वटा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतका ८७ वटा ‘स्किम’ का लागि विनियोजन गर्नुपर्ने बजेट बढ्दो छ । चालु आर्थिक वर्षमा मात्रै सरकारले सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न कुल बजेटको १४.८ प्रतिशत अर्थात् दुई खर्ब ५८ अर्ब ७९ करोड रुपियाँ विनियोजन गरेको छ ।
विद्युतीय गाडीमा आकर्षण,सात महिनामा १८ अर्बको आयात
पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो । बजारमा विद्युतीय गाडीको माग बढ्दा आयातमा समेत वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपियाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् । गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपियाँ बराबरको आयात भएको थियो ।
ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई आग्रह गरेको छ । सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने तथा त्यसको निर्यात तथा आन्तरिक खपत प्रवर्धन गर्न आगामी छ वर्षमा विद्युत् उत्पादनतर्फ छ अर्ब डलर, प्रसारणतर्फ पाँच अर्ब र वितरणतर्फ दुई अर्ब डलरभन्दा बढी आवश्यक रहेको जिकिर गर्दै प्राधिकरणले साझेदारहरूलाई सहायता विस्तारका लागि आग्रह गरेको हो ।
अवैध चिनीसहित पिकअप नियन्त्रण
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा भन्सार छली ल्याएको ३५ बोरा चिनी बरामद गरेको छ । बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गे स्थित अर्घाखाँची चोकमा लु २ च ९६७३ नम्बरको पिकअप गाडीबाट अवैध चिनी बरामद गरिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनु भयो ।
परीक्षणमै भेटियो गुणस्तरहीन दुध
राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा परीक्षण गरिएको अधिकांश दुध गुणस्तरहीन रहेको पाइएको छ । बोर्डले एक हजार १६३ वटा नमुना परीक्षा गर्दा त्यसको प्याकेटमा तोकिएकोभन्दा कम तौल पाइएको तथा तोकिएको मापदण्डभन्दा दुधमा कम फ्याट र एसएनएफ पाइएको बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बिहीबार आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सो कुराको जानकारी दिनुभएको हो । उहाँले डेरी उद्योगीले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा ध्यान नदिएको बताउनुभयो । बोर्डकै प्रयोगशालामा परीक्षण गर्दा दुध तथा दुग्धजन्य पदार्थ गुणस्तरीय नरहेको उहाँले जानकारी गराउनुभयो ।
विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण तीव्र
नेपाल विद्युत् प्राधिकरणले गएको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्तासम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र चार सय भोल्टको लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको हो । साथै वितरण ट्रान्सफर्मर पनि जडान गरिएको छ । साउनबाट हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका नौ वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको छ ।
‘स्पोर्ट्स कनेक्ट’ अर्को महिना
नेपाली खेल क्षेत्रको विकास गर्न सरोकारवाला निकायलाई एकै थलोमा उभ्याउने उद्देश्यले चैत अन्तिम साता काठमाडौँमा ‘स्पोर्ट्स कनेक्ट’ हुने भएको छ ।
विद्युतीय ट्याक्सीप्रति आकर्षण
काठमाडौँ उपत्यकामा विद्युतीय ट्याक्सीप्रति व्यवसायीको आकर्षण बढेको छ । नयाँ ट्याक्सी खरिद गर्ने अधिकांश ट्याक्सी व्यवसायीले विद्युतीय ट्याक्सी खरिद गरेका छन् । दुई वर्षको अवधिका तीन सय विद्युतीय ट्याक्सी खरिद भएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले जनाएको छ ।
छ अर्बले घट्यो खाद्यान्न आयात
चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख ८१ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्म २८ अर्ब रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, जौ, कोदो) आयात भएको हो । गत वर्ष सो अवधिमा ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा छ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात कम भएको हो । बजारमा माग कम हुँदा खाद्यान्न आयात कमी भएको हो ।
विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ ।
सूचना प्रविधिका परियोजना तयार गर्न आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनका लागि सूचना प्रविधि (आइटी) क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनिजका पदाधिकारीसँग मङ्गलबारको भेटमा उहाँले सूचना प्रविधिका परियोजना लिएर आउन आग्रह गर्नुभएको हो ।
जीवन बिमा व्यवसायको वृद्धिदरमा सङ्कुचन
चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्म जीवन बिमा कम्पनीहरूले करिब ८७ अर्ब कुल बिमा शुल्क सङ्कलन गरेका छन् । अहिले सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले सात महिनाको अवधिमा ८६ अर्ब ८८ करोड आठ लाख रुपियाँ बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा १४ जीवन बिमा कम्पनीले १६ अर्ब ११ करोड छ लाख रुपियाँ प्रथम बिमा शुल्क सङ्कलन गरेका छन् भने ७० अर्ब ७७ करोड दुई लाख रुपियाँ नवीकरणीय बिमा शुल्क सङ्कलन गरेका छन् । सबै जीवन बिमा कम्पनीका एक करोड ३७ लाख ७३ हजार ३१५ सक्रिय बिमालेख रहेका छन् ।
साउनयता विद्युत वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
निर्यातभन्दा इन्धन आयात दोब्बर
मुलुकको कुल निर्यातभन्दा दोब्बर मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सो अवधिमा भारतबाट एक खर्ब ८४ अर्ब ३७ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र ग्यास) आयात भएको छ । सो अवधिमा निर्यात सात प्रतिशत र आयात दुई प्रतिशतले घटेको छ ।
निषेधित क्षेत्र तोड्ने ४९ जना लघुवित्त ऋणी प्रहरी नियन्त्रणमा
काठमाडौँको बानेश्वरस्थित संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ ।
दाङका तीन गाउँपालिकामा एफटिटिएच विस्तार गर्न टेलिकमलाई मन्त्री शर्माको निर्देशन
दाङको दुर्गम गाउँपालिका राजपुरमा सोमबारदेखि नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।
संसद् परिसरमै लघुवित्त ऋणीको विरोध प्रदर्शन
लघुवित्त ऋणीहरूले संसद् भवनमा प्रवेश गरेर विरोध जनाएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरेका हुन् ।
चिलिमे हब सबस्टेसन तयार
नेपाल–चीन विद्युत् सञ्जाल विस्तारका लागि महत्वपूर्ण मानिएको एक पूर्वाधार चिलिमे हब सबस्टेसन निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित थम्बुचेतमा २२०/१३२/३३ केभी क्षमताको चिलिमे हब सबस्टेसन निर्माण गरिएको हो । केरुङ नाकाबाट करिब १४ किलोमिटर दक्षिणमा पर्ने सो सबस्टेसनको यही शुक्रबारदेखि प्राविधिक परीक्षण गर्ने तयारी छ । बृहत् प्रसारण लाइन आयोजना (२२० केभी) का
चौँतिस विमानस्थलमा टेलिकमको निःशुल्क वाइफाई
नेपाल टेलिकमले देशभित्र सञ्चालित ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाई उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच शुक्रबार सहमति भएको छ । सहमति अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाई नेटवर्क जडान गर्ने छ । यसबाहेक अन्य विमानस्थलमा समेत चरणबद्ध रूपमा निःशुल्क वाइफाई उपलब्ध गराउने सहमति भएको छ । विमानस्थलभित्र यात्रुहरूलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउन सूचना तथा सहायता कक्ष स्थापना गर्ने पनि दुई संस्थाबिच सहमति भएको छ ।