संविधानको कार्यान्वयन ठिकै भइरहेको भन्ने लाग्छ : एमाले उपमहासचिव गुरुङ
नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पार्टीभित्र मात्र नभई अन्य राजनीतिक भूमिकामा पनि स्पष्ट वक्ता, दूरदर्शी एवं विकासप्रेमी नेताका रूपमा चिनिनुहुन्छ ।
संविधान दिवस नेपाली जनताको साझा दिवस हाे : अध्यक्ष ओली
संविधान दिवस नेपाली जनताको साझा दिवस भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताउनुभयो । ‘यो एउटा जाति विशेषको दिवस होइन, यो एउटा भूगोल विशेषको दिवस नभएर आम नेपालीको साझा दिवस भएको बताउनुभयो ।
आजको दिन ऐतिहासिक महत्वको : उपसभामुख
उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
संविधानले समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान सभाबाट जारी नेपालको संविधानले नेपालको समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको बताउनुभएको छ ।
अध्यक्ष नेपालद्वारा संविधान दिवसको शुभकामना
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता
संविधान यस्तो लिपि जहाँ जनताले आफूहरूले इच्छाएको सामूहिक नियतिलाई अक्षरमा कोर्दछन् । उनीहरूले आफू को हुन्, के बन्न चाहन्छन् र त्यो बाटोमा हिँड्दा वा अन्तर्क्रिया गर्दा उनीहरूलाई दिशानिर्देश गर्ने सिद्धान्तहरू उल्लेख गर्दछन् ।
संविधानले सम्झिएका सुशील र सुवास
नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधान सभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ ।
संविधान दिवस विशेष समारोहका झलकहरू
नेपाली जनताको ठुलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधान जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्ष लागेको छ ।
जनक्रान्तिको जगमा लेखिएको संविधान
झन्डै सात दशक लामो नेपाली जनताको क्रान्ति र बलिदानीपूर्ण सङ्घर्ष नेपालको समुन्नति र विकासको मार्गचित्रकै लागि थियो, जनताको समृद्धिको आकाङ्क्षा र सुनौलो भविष्यको सुन्दर सङ्कल्पको जगमा थियो । त्यही आधारशिलामा टेकेर २०७२ साल असोज ३ गते नेपाली जनताकै प्रतिनिधिले आफैँले लेखेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपालको प्रथम राष्ट्रपतिको जिम्मेवारीमा रहेर जारी गर्ने अवसर पाएँ । यो मेरो राजनीतिक जीवनमा नेपाली जनताका पक्ष