उपराष्ट्रपति यादवद्वारा संविधान दिवसको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताउनुभएको छ ।
संविधानले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ : सभामुख घिमिरे
सङ्घीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताउनुभएको छ ।
संविधानअनुसार बन्न बाँकी कानुनको यथाशीघ्र तर्जुमा गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनको यथाशीघ्र तर्जुमा गरी कानुनी रिक्तता पूरा गर्दै संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गर्नुभएको छ ।
संविधानबाट समाज बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।
आज संविधान दिवस
संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस् : पूर्वअध्यक्ष रेग्मी
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संवैधानिक विधि र विधानको पालना एवम् अनुसरण गर्दै लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : सञ्चारमन्त्री शर्मा
लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रूपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ ।