चाडपर्वमा बढी दुर्घटना
बर्सेनि चाडपर्वका बखत बढी सवारी दुर्घटना हुने गरेको छ । सडक दुर्घटनाका कारण थुप्रैले ज्यान गुमाउने गरेका छन् । बिहीबार मात्रै मकवानपुर र रुकुमपूर्वमा भएका सवारी दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन् । दशैँको घटस्थापनादेखि पूर्णिमासम्म देशभर औसत छ सयभन्दा बढी सवारी दुर्घटना हुने गरेको र त्यसमा परी एक सय जनाभन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको प्रहरीको तथ्याङ्कमा छ ।
वन्यजन्तु बाँचून् मानिस नमरून्
विश्वमा दुर्लभ मानिएका वन्यजन्तुको संरक्षणमा नेपालले उल्लेख्य प्रगति हासिल गरेपछि संरक्षणमा अबको बाटो के भन्ने प्रश्न उब्जिएको छ । पछिल्लो दशकमा नेपालले विश्वमै दुर्लभ तथा सङ्कटापन्न अवस्थामा पुगेका वन्यजन्तुको संरक्षणको एकसूत्रीय एजेन्डाको बाटो समातेर उल्लेख्य उपलब्धि हासिल गरेको छ । वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि क्रमशः वृद्धि हुँदै गएपछि मानिस कि वन्यजन्तु ? भन्ने प्रश्न चौतर्फी उठिरहेको छ ।
दशैँमा धरहरा चढ्न नपाइने
सर्वसाधारणले यस पटकको दशैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दशैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिनुभयो ।
अनामनगर क्षेत्रका अनधिकृत संरचनामा डोजर
काठमाडौं अनामनगरले शुक्रबार अनामनगर क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काएको छ। महानगरको डोजरले सरकारी जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएको हो।
'खोल्सीको सुन’ अलैँचीले मूल्य पाएन
महंगोमा बिक्न थालेसँगै खोल्सीको सुनको परिचय पाएको अलैँचीको मूल्यमा यो वर्ष ह्रास आएको छ।
करोड लागतमा निर्माण गरिएको एकीकृत बस्तीमा बाख्रा
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१५ विजयखर्कमा भूमिहिनका लागि निर्माण गरिएको रामनाथ एकीकृत नमूना बस्तीमा बाख्रा राखिएको पाइएको छ । भुकम्प पीडितका लागि निर्माण गरिएको घरको कोठामा बाख्रा‚ दाउरा, मकैको खोस्टा र ढोड राखिएको पाइएको हो ।
२१ हजार बढीमा डेंगु पुष्टि : २७ जनाको ज्यान गयो
करिब देशभरी आक्रमक रुपमा फैलिइरहेको डेंगूका विरामी आज (शुक्रबारसम्म २१ हजार पुगेका छन् । चिकित्सकहरुको भनाइअनुसार डेंगु झन कडा बन्दैगएको छ । पछिल्लो केही हप्तादेखि डेंगुका बिरामी गम्भीर लक्षण लिएर अस्पताल पुग्नेगरेको उहाँहरुको भनाइ छ ।
मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६७ हजारको निवेदन : छनोट प्रक्रिया सुरु
मङ्सिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा शान्ति सुरक्षाको लागि आवश्यक म्यादी प्रहरीमा भर्नाको आवेदन दिने म्याद सकिएको छ। आवेदनको म्याद सकिएपछि भर्नाको लागि शुक्रबारबाट छनौट प्रक्रिया सुरुभएको छ।
बजेट रकमान्तर निकासाबारे जवाफ दिन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन
निर्वाचन आयोागले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बजेट व्यवस्थाबारे अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ ।
प्रहरी तालिममा एकेडेमीले सहयोग पुग्नेछ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण हुने नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणले नेपाल प्रहरीका अधिकृतको तालिमलाई अन्तर्राष्ट्रिय, अत्याधुनिक र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
दशैंका लागि उपत्यकामा ७० हजार खसीबोका आवश्यक
नजिकिँदै गरेको दशैँका लागि उपत्यकामा करिब ७० हजार खसी,बोका आवश्यक पर्ने अनुमान गरिएको छ ।
२०३० पछि विद्युतीय सवारीसाधन मात्रै हुने
सरकारले पेट्रोलियम सवारीसाधनको प्रयोग रोक्ने विषयमा अध्ययन सुरु गरेको छ । पेट्रोलियम पदार्थको प्रयोग गर्ने सवारीको बढ्दो प्रयोगका कारण ठूलो रकम बाहिरिएको भन्दै कति समयमा यसको आयात रोक्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको हो ।
घट्दै अख्तियारको पक्षमा फैसला
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेका मुद्दामा आयोगको पक्षमा फैसला हुने क्रम घट्दै गएको छ। आर्थिक वर्ष २०७५/७६ मा सो अदालतमा दायर गरिएका मुद्दामध्ये ८८.२४ प्रतिशत आयोगको पक्षमा फैसला भएको थियो तर आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा यो क्रम घटेर ३८.५१ प्रतिशतमा सीमित भएको छ। यो पछिल्लो १३ वर्षमा भएका फैसलाको सबैभन्दा कम हो।
मनास्लुमा प्याराग्लाइडिङ
विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ।
अनुमति नलिई कर्मचारी सरुवा नगर्न आयोगको निर्देशन
निर्वाचन आयोगले अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो निर्देशन गर्नुभएको हो ।
'प्रेमगीत ३' देखि 'महापुरुष'सम्म प्रदर्शनमा आउँदै
हिन्दु नेपालीको महान चाड वडा दशैंको रौनक सुरु भइसकेको छ । दशैंमा चलचित्र क्षेत्र र कलाकारमा पनि छुट्टै रौनक छाउने गर्छ ।
रुकुमपूर्वमा बस दुर्घटना : एकै घरका दुईसहित पाँच जनाको मृत्यु
जयमान बुढा मगररुकुमपूर्व, असोज ६ गते। रुकुमपूर्वमा बस दुर्घटना हुँदा एक घरका दुईसहित पाँच जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो। दुर्घटनास्थलमा तीन र रुकुमपूर्व अस्पताल ल्याउने क्रममा दुई गरेर दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो। जिल्लाकै सिस्ने गाउँपालिका–६ का ४० वर्षीया लक्ष्मी खड्कासहित उनका एक छोराको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिनुभयो। लक्ष्मीका दुई वर्षीय छोरा सिजन खड्काको मृत्यु भएको हो। यसैगरी बस चालक रामेछापका २६ वर्षीय लिलाम श्रेष्ठ, रुकुमपूर्व भूमे गाउँपालिका–५ का २३ वर्षीय कहिमान बुढा, पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ३५ वर्षीय पूर्णबहादुर बुढाको मृत्यु भएको छ। काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बसमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ। चार जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो। घाइते सात जनाको रुकुमपूर्व रुकुमकोट अस्पतालमै उपचार भइरहेको छ। (यो समाचारमा यसअघि प्रकाशित विवरणमा त्रुटि भएकाले सच्याइएको छ । –सम्पादक)
जुरिखेतमा बस दुर्घटना : सातको मृत्यु, १८ जना घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका –६ स्थित जुरिखेतमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौंडा आउदैगरेको ना ३ ख ७८५८ नं. को मिनीबस बिहीबार दिउँसो जुरिखेतको घुम्तीमा दुर्घटना भएको हो ।
वीर अस्पताल आसपासका अनधिकृत संरचना महानगरले हटायो (फोटो फिचर)
काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपास बसेका अनधिकृत संरचना हटाएको छ ।
यस वर्ष दशैँका लागि काठमाडौंबाट बढी यात्रु बाहिरिने
गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ ।
चाडबाडको मुखमा भुक्तानी पाउँदा कृषक मक्ख
सरकारले यो वर्ष उखु किसानलाई दशैअगि नै अनुदानको रकम उपलब्ध गराएको छ । चाडवाडको मुखमा अनुदान पाएपछि उखु किसान मक्ख छन् ।
हिमालमा लक्जरी बेसक्याम्प, आरोहीलाई तारे होटेलको सुविधा
केही वर्ष अघिसम्म बेसक्याम्पहरूलाई अस्थायी बासस्थानका रुपमा मात्र लिँदै सामान्य तवरले बेसक्याम्प तयार गर्ने गरिन्थ्यो । पछिल्लो वर्षदेखि बेसक्याम्पलाई लक्जरी बनाउन थालिएपछि आरोहीहरूले तारे होटेलको सुविधा बेसक्याम्पमै पाउने गरेका छन् ।
किसान जुटे अवैध आयात रोक्न
स्वदेशमै आत्मरिर्भर हुँदै गरेको माछा, दूध, कुखुराको मासुलगायतको आयात रोक्न किसान सक्रिय भएका छन् । लामो समयदेखि कुखुराको अवैध आयात नियन्त्रणमा जुटेका यहाँका किसान माछाको आयात रोक्न पनि सक्रिय भएका छन् । सरकारले दूध आयात खुला गरेकोप्रति असन्तुष्ट बनेका किसानले आयातित दूध नियन्त्रणमा लिएर नष्ट गर्ने चेतावनी दिएका छन् ।