• १२ असोज २०८१, शनिबार

वीर अस्पताल आसपासका अनधिकृत संरचना महानगरले हटायो (फोटो फिचर)

blog

वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीहरुमा डोजर चलाउँदै काठमाडौं महानगरपालिका । तस्बिर : कबिता थापा

काठमाडौं, असोज ६ गते । काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपास बसेका अनधिकृत संरचना हटाएको छ । वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीहरुमा बिहीबार दिउँसो महानगरले डोजर चलाएको हो ।


सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैँचाको रुपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।

महानगरपालिकाले भने पसलहरु हटाउन बुधबार २४ घण्टे अल्टिमेटम दिएको थियो । डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पताल अगाडिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको छ ।

सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको छ । महानगरपालिकाले यसअघि विभिन्न स्थानमा असंवैधानिक रुपमा बनाएका संरचनाहरु भत्काउँदै आएको छ । यसअघि महानगरपालिकाले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टेलगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्काएको थियो ।