घोषणापत्रमा संविधानको रक्षा पहिलो प्रतिबद्धता
सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबारको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आगामी निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित घोषणापत्र तयारी समितिका सदस्य एवम् पदाधिकारी, पूर्व पदाधिकारीबीच शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बसेको बैठकमा सो छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
मखमलीले सजिएको गुन्डु (फोटो र भिडियो)
खेतबारी, करेसाबारी रङ्गिन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ ।
कानुनमन्त्री कार्कीद्वारा पदभार ग्रहण
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ।
विदेशी लगानीको सीमा दुई करोड तोकियो
सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको छ।
नवौं राष्ट्रिय खेलकुद : खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्त्वपूर्ण अवसर
पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक हुनुहुन्थ्यो ।
सुनकोसी–मरिण डाइभर्सन निर्धारित समयमै सम्पन्न हुन्छ : मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्धारित समयमा नै निर्माण सम्पन्न हुने बताउनुभएको छ ।
तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याई (फोटो फिचर)
नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याई भएको छ । भक्तपुरको ‘पोर्टरी स्क्वायर स्वाएर’ मा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदायलाई भ्याइनभ्याइ भएको हो ।
डेंगु सङ्क्रमित ४७ को मृत्यु, तराईमा सङ्क्रमण बढ्ने सम्भावना
नेपालमा डेंगु सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का अनुसार नेपालमा ४७ जनामा डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।
जलथल वनमा नौ प्रकारका नयाँ वनस्पति फेला
झापाको चारकोसे झाडीको रुपमा परिचित जलथल वनको जैविक विविधताको विस्तृत अध्ययन गर्ने क्रममा यहाँभित्र विभिन्न प्रकारका नयाँ खोजहरु पत्ता लागेको जनाइएको छ । रूखका छ वटा र अन्य साना वनस्पतिका तीन वटा नयाँ प्रजातिहरु फेला परेको बताइएको हो ।
आठ वटै संवैधानिक आयोगले चुनावको अनुगमन गर्ने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आठ वटै संवैधानिक आयोगले अनुगमन गर्ने भएका छन् । संयुक्त रुपमा बसेको बैठकले संयुक्त रुपमै अनुगमन तथा मुल्यांकन गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिममा चौबीस महिला उम्मेदवार
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि २४ जना महिलाको उम्मेदवारी कायम रहेको छ । निर्वाचन आयोगले बुधबार साँझ प्रविष्ट गरेको तथ्याङ्कअनुसार प्रतिनिधि सभा सदस्यतर्फ पुरुष उम्मेदवार १२६ जनामध्ये महिला उम्मेदवार ११ जना रहेका छन् । प्रदेश सभामा पुरुष उम्मेदवार १५० जनामध्ये महिला उम्मेदवार १३ जना छन् । प्रतिनिधि र प्रदेश सभामा दुई÷दुई जना महिला स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । यद्यपि मुख्य दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाट महिला उम्मेदवारी परेको छैन । नेकपा (एमाले) ले प्रतिनिधि सभामा दुई जना र प्रदेश सभामा एक जना महिलालाई उम्मेदवार बनाएको छ । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई जना महिलालाई उम्मेदवार बनाएको छ ।
मन परेका तस्बिर
मन परेका तस्बिर
सुनकोसी–मरिण डाइभर्सन : आजदेखि सुरुङ खनिँदै
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग शुक्रबारदेखि टनेल बोरिङ मेसिन (टीबीएम)बाट खन्न सुरु गरिने भएको छ । उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिन जडान गरिसकेको छ ।
फूलमालाको मूल्य वृद्धि
आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ ।तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न लागिएको हो । तिहार आउन दुई साता बाँकी रहँदा व्यवसायीले तिहारलाई लक्षित गरेर माला आयात गर्ने तयारी गरेका छन् ।
प्रदेश सभामा एकल बहुमत कठिन
आगामी निर्वाचनमा प्रदेश सभातर्फ राजनीतिक दलले सातवटै प्रदेशमा एकल बहुमत पाउन कठिन देखिएको छ । सातवटै प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राजनीतिक दलका उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा दलले एकल बहुमत पाउने सम्भावना न्यून देखिएको हो ।
सबै प्रदेशमा सत्ता गठबन्धनले कार्यकर्ता भेला गर्ने : यस्तो छ कार्यक्रम
सत्ता गठबन्धनले सबै प्रदेशमा चुनाव केन्द्रित संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ।
पहिरोले घर भत्किँदा हुम्लामा मानवीय र भौतिक क्षति (फोटो फिचर)
एक हप्ता लामो बर्षाका कारण हुम्लामा मानवीय तथा भौतिक क्षति भएको छ । यसबाट ६ जनाले ज्यान गुुमाउनुु भएको छ । सयौंका घरहरु भत्किएकाले पीडित स्थानीयहरु आफन्तको घरमा शरण लिन बाध्य हुनुभएको छ ।
प्रधानमन्त्री देउवाद्वारा जसपाका मन्त्रीहरु पदमुक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट आफू नेतृत्वको सरकारमा मन्त्रीभएकाहरुलाई पदमुक्त गर्नुभएको छ । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सो दलबाट मन्त्रीभएकालाई आज बिहीबार पदमुक्त गर्नुभएको हो ।
इमाडोलका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)
दशैं सकिएसँगै लगत्तै किसानलाई धान भित्र्याउने चटारो थपिएको छ । यसपालि ढिलासम्म मनसुन रहेकाले किसानले समयमा धान भित्र्याउन पाएका छैनन् ।
राजनीतिमार्फत जनताको सेवा गर्ने पूर्व सुरक्षा प्रमुखको लक्ष्य
पछिल्लो समय पूर्व प्रहरी कर्मचारीहरू अवकाश पछिको समय राजनीतिमा लगाउन थालेका छन् । हरेक क्षेत्रलाई राजनीतिले गाँज्न थालेपछि पूर्व सुरक्षा प्रमुखहरू पनि यस क्षेत्रमा तानिनुभएको हो । देशको विकृत राजनीतिलाई सही बाटोमा लग्ने र देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता उहाँहरूको छ ।
कांग्रेसले भन्यो, ‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।
समयमै जाँच गरे ८० प्रतिशत अन्धोपन रोक्न सकिन्छ
आँखामा हुने अन्धोपनको ८० प्रतिशतसम्म उपचार गर्न सकिने त्रिवि शिक्षण अस्पतालका उप–प्राध्यापक डा. सञ्जीव भट्टराईले बताउनुभएको छ।
रक्सौल–काठमाडौं रेलमार्ग डीपीआर ६ महिनामा तयार हुने
रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन अध्ययन (डीपीआर) निर्माण ६ महिनाभित्र सक्नेगरी काम भइरहेको छ । रेल विभागका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार यस परियोजनाको डीपीआर अबको ६ महिनाभित्र सकिनेछ ।
बागमतीका २२ तेक्वान्दो खेलाडीमाथि अन्याय
तेक्वान्दो संघमा देखिएको विवादले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत निरन्तरता पाएको छ । विवादका कारण नवौंमा बागमती प्रदेशबाट छनोट भएका तेक्वान्दो खेलाडी प्रतियोगिताबाटै बन्चित हुने अवस्था आएको हो ।