• १३ वैशाख २०८१, बिहिबार

कानुनमन्त्री कार्कीद्वारा पदभार ग्रहण

blog

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्नुहुँदै ज्ञानेन्द्रबहादुर कार्की। तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज २८ गते । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ। 

सिंहदरबारस्थित कानुन मन्त्रालयमा पुगेर कार्कीले पदभार ग्रहण गर्नुभएको हो। गैर सांसद्को रूपमा मन्त्री बन्नुभएका गोविन्दप्रसाद शर्मा कोइराला संवैधानिक प्रावधान अनुसार ६ महिनामा निलम्बन हुनुभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीलाई बिहीबार कानुन मन्त्रीको जिम्मेवारी दिनुभएको हो।  शुक्रबार मन्त्री कार्कीलाई कानुन मन्त्रालयमा कानुन सचिव उदयराज सापकोटालगायत उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभयो। 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।