• १६ चैत २०८०, शुक्रबार

इमाडोलका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)

blog

धान चाल्दै इमाडोलका स्थानीय किसान । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज २७ गते । दशैं सकिएसँगै लगत्तै किसानलाई धान भित्र्याउने चटारो थपिएको छ । यसपालि ढिलासम्म मनसुन रहेकाले किसानले समयमा धान भित्र्याउन पाएका छैनन् ।


मानोबाट मुरी भित्र्याउने बेला झरी पर्दा बाली खेतमा लत्रिएकोले मुसा, चराले खान थालेको छ । मौसमले साथ नदिए पनि किसानले ओभानो ठाउँको धान उठाउन भने थालेका छन् ।


ललितपुरको इमाडोलस्थित ओचुहाइट नजिकै रहेको खेतमा बिहीबार यस्तै दृश्य देखियो । किसानहरू पहेँलो धानखेतका बीचमा थिए । कोही धान काट्दै थिए त कोही ढलेको धान उठाउँदै त कोही बोक्ने थिए । केही किसान ओभानो ठाउँको धान झाँट्दै थिए भने कोही केलाउँदै गरेको दृश्य देखिन्थ्यो । 


स्थानीय किसान श्रीमाया महर्जनका अनुसार पहिले जस्तो धान फल्न छाडेको छ । मौसमका कारण हो या अरु नै कारण हो अहिले खेतमा पहिले जस्तो धान फल्दैन । पहिले पहिले यही खेतमा १२ देखी १५ मुरीसम्म धान फल्थ्यो, अहिले मुस्किलले नौदेखि १० मुरी फल्छ ।  म सानो छदा यस ठाउँमा खेतै खेत थियो अहिले घरैघरले भरिएको छ । यसकारणले गर्दा पनि धान फल्न छाडेको हो कि भन्ने उहाँको भनाइ छ ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।