जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
कालीगण्डकी धार्मिक संस्कृति र सम्पदा
नेपालका तीन वटा नदी प्रणालीमध्ये एक गण्डकी अन्तर्गत नारायणी नदीको सहायक नदी हो– कालीगण्डकी । चितवन र तनहुँको सङ्गमस्थल देवघाटधामनजिक पुगेर नारायणी नदीमा मिसिन्छ– कालीगण्डकी नदी । कालीगण्डकी नदीको सुरुवाती चाहिँ नेपालको मुस्ताङ जिल्लाको न्युबिन हिमाल हिमसञ्चित क्षेत्रबाट भएको हो । यो क्षेत्रको उचाइ २० हजार ५४६ फिट (छ हजार २६८ मिटर) उ
नटुवा [कथा]
आज १० वर्षपछि मैले बाउलाई देखेँ । जब जब बाउको अभाव खट्किन्थ्यो म उनलाई खुब सम्झिन्थेँ । सोच्थेँ, के बाउ बाँचेका छन् होला ? कि मसँग आँखा जुधेको त्यो रात नै उनी कतै नदीमा फालहाले ? भासिइसके कि कमलामा ? तर खै किन त्यो रात, अन्धकारमा विलीन हुने बाउ जीवित रहेको आभास मलाई बरोबर भइरहन्थ्यो । १० वर्षदेखि म स्वयम्लाई सराप्दै
देशभरका मुस्लिम समुदायले इद–उल–फित्र पर्व मनाए
देशभरका इस्लाम धर्मावलम्बीले शनिबार इद–उल–फित्र (इद) पर्व मनाइरहेका छन् । यो पर्व व्रत पूरा भएपछि अर्को दिन मनाइन्छ ।
दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी
जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ ।
सांस्कृतिक एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताउनुभएको छ ।
धमाधम फर्कन थाले श्रमिक
‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ पश्चिम एसियामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि त्यहाँको रोजगारी यही नेपाली उखानसरह बनेको छ । नबसौँ त स्वदेशमा रोजगारी छैन, अनेक दुःखजिलो गरेर श्रम गन्तव्य मुलुकमा पुगिएको छ । बसौँ, युद्धको त्रास छ । त्रासकै बिच केही दिनयता पश्चिम एसियामा जारी अमेरिका, इजरायल र इरानबिचको युद्धका कारण त्रासमा रहेका नेपाली नागरिक नेपाल सरकारको समन्वयमा स्वेच्छाले स्वदेश फर्कने क्रम बढेको छ । हालसम्म करिब दुई हजार तीन सय जना नेपाली नागरिक स्वदेश फर्किसकेका अध्यागमन विभागले बताएको छ ।
सुशासन पहिलो सर्त
जेनजी जनआन्दोलनको कार्यादेश र राष्ट्रलाई नवीनतम अवधारणासहित अग्रगामी रूपान्तरणको पथमा अघि बढ्ने अभिलाषासाथ नागरिकले एउटै पार्टीलाई झन्डै दुई तिहाइ मत दिएका छन् । नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै दुई तिहाइ मत प्रदान गरेका हुन् ।
उनन्चालिस जिल्लाको प्रतिनिधित्व शून्य
संवैधानिक व्यवस्था र प्रचलित निर्वाचन कानुनले प्रतिनिधि सभाको समानुपातिक निर्वाचनमा उम्मेदवारी दिँदा भूगोल र प्रादेशिक सन्तुलन ख्याल गर्नुपर्ने आधार तोकेको छ । तर राजनीतिक दलबाट बन्दसूची पेस र उम्मेदवार छनोटमा समेत भूगोल र प्रादेशिक असन्तुलनको ठुलो खाडल देखिने गरेको छ । संविधान र कानुनले गरेको बाध्यात्मक व्यवस्थामा पनि हरेकजसो निर्वाचनमा पुरानै प्रवृत्ति दोहोरिने गरेको छ । नयाँ तथा पुराना सबै दलले प्रादेशिक सन्तुलन र भूगोललाई उपेक्षा गरेको तथ्याङ्कबाट पुष्टि हुन्छ ।
असिनाले बेमौसमी तरकारी र बालीमा व्यापक क्षति
हावाहुरीसहित परेको असिना पानीले सल्यानमा तरकारी तथा अन्नबालीमा क्षति गरेको छ । विशेषगरी जिल्लाको कपुरकोट क्षेत्रमा बेमौसमी तरकारी खेती, गहुँ र जौँमा शुक्रबार दिउँसो परेको असिना पानीले ठुलो क्षति गरेको किसानहरूले चिन्ता व्यक्त गरेका छन्।
उपत्यकासहित देशभर मुसलधारे वर्षा : जनजीवन प्रभावित
काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा शुक्रवार मुसलधारे वर्षा भइरहेकाे छ ।
नयाँसँग आशावादी हुनुपर्छ : राजनीतिक विश्लेषक
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतपरिणामको सन्दर्भमा विभिन्न टिका टिप्पणी भइरहेको र पुराना राजनीतिक दल तथा नेताप्रति वितृष्णा बढेको बेला नयाँ अनुहारप्रतिको आशाका कारण निर्वाचनमा फरक किसिमको परिणाम आएको राजनीतिक विश्लेषकको धारणा छ ।
नयाँ संसद् भवन बैठकका लागि तयार छ : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको बताउनुभएको छ ।
सुरक्षा निकाय र कर्मचारीको योगदानको प्रशंसा
प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा : सतर्कता अपनाउन आग्रह
अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ ।
सभापति थापा अनुपस्थित कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो ।
हुम्लाको उच्च क्षेत्रमा हिमपात
उत्तरी नाम्खा गाउँपालिका लगायतका जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको छ ।
पोखरा लेकसाइडमा महोत्सव २०८३ को तयारी
हरेक वर्ष उत्सवको रुपमा मनाइने नयाँ वर्षलाई यस वर्ष पनि पर्यटन राजधानी पोखरामा नेपाली नयाँ वर्ष २०८३ मा महोत्वसको रुपमा मनाइने तयारी गरिएको छ । होटल संघ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव लेकसाइडमा २९ चैतदेखि बैशाख १ गतेसम्म आयोजना गर्ने भएको हो ।
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा पूजाअर्चना
प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार पूजाअर्चना गर्नुभएको छ ।
हुरीका कारण केरामा क्षति
हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ ।
‘मुस्ताङको विकासका लागि दिनरात खट्छु’
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा हिमालपारिको जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसका युवा उम्मेदवार योगेश गौचन थकालीले विजय प्राप्त गरी संसद्को यात्रा सुरु गर्नुभयो ।
जनमुक्ति सेना हुँदै सङ्घीय संसद्को यात्रा
कुनै समय बन्दुक बोकेर देश परिवर्तनको अभियानमा होमिनुभएका सिन्धुपाल्चोकका युवराज दुलाल यतिबेला देशकै कानुन निर्माण गर्ने सङ्घीय संसद्मा पुग्नुभएको छ । त्यसो त
‘नागरिकको सेवक भएर सदन छिर्दै छु’
पाँचथरबाट निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङको राजनीतिक यात्रा लामो समयदेखि सङ्गठन निर्माण, शिक्षा र सामाजिक क्षेत्रको सक्रियतासँग जोडिएको छ
चैत तेस्रो सातादेखि संसद् बैठक
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ चैत १२ गते २ बजेका लागि निर्धारण गरेको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसँगको छलफलपछि सचिवालयले शपथको मिति र समय तोकेको हो ।