एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले राज्यले गैरसरकारी सङ्घ–संस्थाको सहजीकरणका लागि एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
डिजिटल युगमा प्रवेश गर्नु समयको माग हो : सञ्चार सचिव बस्नेत
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा प्रवेश गर्नु समयको माग भएको बताउनुभएको छ ।
सञ्चार मन्त्रालयका सचिव बस्नेतद्वारा गोरखापत्र संस्थानको अवलोकन निरीक्षण (फोटो फिचर)
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले गोरखापत्र संस्थान प्रकाशन गृहको आज स्थलगत अनुगमन निरीक्षण गर्नुभएको छ ।
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो : गृहमन्त्री अर्याल
गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो ।
आर्थिक क्रान्तिको खाका : ५ वर्षमा अर्थतन्त्रको आकार दोब्बर बनाउने
प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यही फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन गर्दै सबल बनाउने योजना अगाडि सारेका हुन् ।
मानवअधिकार संरक्षणमा बहुपक्षीय सहकार्य आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशिला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा दृढ रहने प्रतिबद्ध गर्नुभएकाे छ । जेनेभामा आयोजित मानव अधिकार परिषद्को ६१ औँ नियमित सत्रमा नेपाली प्रतिनिधिमण्डलको प्रमुखको रुपमा भिडियो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे।
प्रचारप्रसारमा असहज अवस्था आएको छैन
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै छ । देशभर निर्वाचन प्रचारप्रसारको तापक्रम बढेको छ । निर्वाचन आयोगले पनि आफ्नो तयारी तीव्र बनाएको छ । निर्वाचन सामग्रीको खरिद, ढुवानी, आचारसंहिता उल्लङ्घन, पर्यवेक्षणलगायतका विषयमा आयोगले गरेका तयारीबारे गोरखापत्रका लागि नारद गौतम र भउचप्रसाद यादवले गर्नुभएको कुराकानी :
विश्वसनीय र सन्तुलित समाचार हाम्रो जिम्मेवारी
गोरखापत्र दैनिकले १२५ वर्ष पूरा गरी १२६ वर्षको खुडकिलो टेक्नै लाग्दा हामी डिजिटल प्रकाशनको चौथो वार्षिकोत्सव मनाइरहेका छौंं । यत्ति लामो इतिहास बोकेको गोरखापत्रको डिजिटल प्रकाशनमा भने २०६९ मंसिरदेखि गोरखापत्र अनलाइन डट कम डोमेनमा व्यवस्थित ढङ्गले समाचार प्रकाशन सुरु भएको हो ।
पूर्वाधार र रोजगारी प्राथमिकतामा
काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मिलनचोक निवासी ७१ वर्षीय शान्तिमाया तामाङले मतदान गर्न थालेको तीन दशकभन्दा बढी भयो । खेती हुने कपनमा बस्ती विस्तार भयो । अव्यवस्थित सहरीकरणले खोला मिचिए । उहाँ पछिल्ला १५ वर्षदेखि वर्षामा बाढीको प्रताडना र हिउँदमा धुलो र दुर्गन्धसँग जुधिरहनुभएको छ ।
गुल्मी–१ : मुख्य दल नै जित हात पार्ने दाउमा
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन गुल्मी–१ मा रोचक र प्रतिस्पर्धा देखिएको छ । राष्ट्रियस्तरमै चर्चा भएका उम्मेदवार र पार्टीमा समेत पकड जमाएका उम्मेदवार यस क्षेत्रमा भएकाले यहाँको प्रतिस्पर्धा रोचक बनेको हो ।
चिरोत्थानसँगै होली पर्व शुभारम्भ
बसन्तपुरमा चिरोत्थानसँगै होली पर्व आजदेखि शुभारम्भ भएको छ । मङ्गलबार काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो । आज बिहान ७ः१३ बजेको शुभ साइतमा चीर ठड्याइएको हो ।
पाँच वर्षमा चौध हजार ज्यान गयो
नेपालमा विगत पाँच वर्षमा सडक दुर्घटनाका कारण १४ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा १४ हजार २१४ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको हो । एक लाख ७१ हजार ९५२ जना घाइते भएका छन् । दुर्घटनाबाट हुने भौतिक क्षतिको कुनै लेखाजोखा छैन ।
सडक सुरक्षा चुनौतीपूर्ण
मुलुक प्रतिनिधि सभा निर्वाचनको सँघारमा रहेका बेला पछिलो समय दिनहुँजसो हुने गरेको सडक दुर्घटनाका कारण मतदानका लागि घर फर्कने यात्रुको सुरक्षा चुनौतीपूर्ण बनेको छ । लगातारको सडक दुर्घटनाले भइरहेको ठुलो मानवीय क्षतिले मुलुकको सडक पूर्वाधार, सडक सुरक्षा र यातायात प्रणालीमाथि नै प्रश्न उठेको छ ।
कारबाही गर्ने आयोगको चेतावनी
प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा बालबालिकासमेत प्रयोग भएको पाइएको छ । यी सबै कार्यलाई प्रचलित कानुनले वर्जित गरेको बताउँदै निर्वाचन आयोगले यस्तो कार्य रोक्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । आफ्नो निर्देशनलाई बेवास्ता गर्दै यस्ता कार्य जारी राखेमा कानुन अनुसार कारबाही गर्ने चेतावनी आयोगले दिएको छ ।
‘समयमा उद्धार भएको भए धेरैको ज्यान बच्थ्यो’
समयमा नै उद्धार भएको भए धेरैले अकालमा नै ज्यान गुमाउन नपर्ने धादिङ बस दुर्घटनाका घाइतेहरुले धारणा राख्नुभएको छ । राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा उपचाररत रहनुभएका काठमाडौँ बौद्धकी ४७ वर्षीया याङ्जी शेर्पाले सरकारले समयमा नै उद्धार गरिदिएको भए धेरैको जीवन बचाउन सकिने अवस्था हुन्थ्यो भन्नुभयो ।
एकै वडाका साढे पाँचसय बढी किसान आलु खेतीमा संलग्न
सल्यान बाफुखोला क्षेत्रमा पाँचसय ५० बढी घर धुरीका किसान व्यवसायिक आलु खेतीमा संलग्न छन् ।
प्युठानमा उम्मेदवारको शक्ति परीक्षण, जित्ने दाउमा सबै
प्रतिनिधिसभा निर्वाचन फागुन २१ नजिकिँदै जाँदा एक निर्वाचन क्षेत्र रहेको प्युठानमा चुनावी माहोल तातिएको छ । एक लाख ६५ हजार ४ सय १० मतदाता रहेको जिल्लामा यस पटक अनुभव, संगठन र नयाँ अनुहारबिच प्रतिस्पर्धा देखिएको छ ।
बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार
दुर्घटनाग्रस्त ग.२ ख. १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ ।
धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप एकको मृत्यु
पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग. २ ख. १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
खानेपानी र बाढी मुख्य समस्या
काठमाडौँको कागेश्वरी मनोहरा वडा नं. ८ गोठाटारका राधेश्याम शर्मा भण्डारी भोट माग्न आउने उम्मेदवारलाई प्रश्न गर्नुहुन्छ, “मेलम्ची आयोजनाको खानेपानी कहिले आउँछ ?” उहाँको प्रश्न पूरा हुन नपाउँदै उम्मेवादहरूको जवाफ हुन्छ, “निर्वाचनमा विजयी भएपछि पहल गर्छु ।”
उपभोक्तालाई चुनावी वर्ष महँगा
प्रतिनिधि सभा सदस्य निर्वाचन दुई अङ्कका दिन सकिएर एक अङ्कका दिन तिर लम्केको छ । फागुन २१ गते गणना शून्य मितिमा पुग्दा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले प्रत्यक्षतर्फ १६५ सिटका लागि ३४०६ जना र समानुपतिकतर्फ ११० सिटका लागि ३१३५ जनाको परीक्षण गर्ने छन् । तीमध्ये प्रत्यक्षतर्फका १६५ सिटका लागि तीन हजार ४०६ र समानुपातिकतर्फका ११० सिटका लागि तीन हजार १६५ जना उम्मेदवार छन् ।
धादिङमा बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित)
पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २८ घाइते भएका छन् ।
सबै दलका नारामा सुशासन
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् । आवधिक निर्वाचनभन्दा दुई वर्षअघि नै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको जग भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने, सरकारी सेवा डिजिटल माध्यमबाट सहज र सर्वसुलभ सेवा हो । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको मूल मुद्दा यही हो ।
पूर्वाधार विस्तारको पर्खाइमा विराटनगर
राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरको औद्योगिक ताज फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर ती प्रतिबद्धता कार्यान्वयनमा भने शङ्का छ ।