दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुईजना घाइते
बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उहाँले बताउनुभयो ।
एकै पटक ११ सयभन्दा बढी कर्मचारी माग
बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गर्दैछ ।
एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।
नेपाल–भारत सीमा नाकामा सुरक्षा चेकजाँच कडाइ
भारतको अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र ‘गणतन्त्र दिवस’ को पूर्वसन्ध्यामा यहाँस्थित नेपाल–भारत नाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।
प्रहरी समायोजनको काम तत्काल हुन्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशहरूमा प्रहरी समायोजन प्रक्रियाको घोषणा छिट्टै हुने बताउनुभएको छ ।
कार्यकारिणी समितिको बैठक डाक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ ।
राष्ट्रपतिद्वारा बौद्ध धर्मगुरुलाई प्रमाणपत्र प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले ४६ औँ बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० मा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
चिसोले पहिरोपीडितको जीवन कष्टकर
पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेपछि जनजीवन प्रभावित बनेको हो ।
राम मन्दिरको प्राण प्रतिष्ठा : जनकपुरमा उत्सव तयारी
भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।