सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु
कपिलवस्तुका सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ९ गव्दहवा बस्ने वर्ष २८ को समुन्द्र गाहा मगर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले बताउनुभयो।
नयाँ वर्ष २०८२ : कुन महिनामा कति सार्वजनिक बिदा
नयाँ वर्ष २०८२ सालमा ५२ वटा शनिबार बिदा परेको छ । मन्त्रिपरिषद्को बैठकले नयाँ वर्षको बिदा स्वीकृत गरेसँगै राजपत्रमा सार्वजनिक भएको छ ।
टी–२० सिरिजको फाइनलमा चुक्यो नेपाल : कुवेत तीन रनले विजयी
हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो।
वीरगन्जमा कर्फ्यु लम्बियो
वीरगन्जमा हनुमानको जन्म जयन्तीको अवसरमा निकालिएको शोभायात्राका सहभागी र छपकैयाका स्थानीय समुदायबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि शनिवार साँझ साढे ६ बजेदेखि लगाएको कर्फ्यु स्थानीय प्रशासनले आईतवार राती १२ बजेसम्मका लागि बढाएको छ ।
चट्याङबाटै अठहत्तर जनाको मृत्यु
प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिनेक्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ ।
बीरगन्ज महानगरमा कर्फ्युको आदेश जारी
जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ। वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो
विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका–२ मा निर्माणाधिन पक्की पुल भत्किएको छ। तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया–कटारी खण्डअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने पुल ढलान गरिसकेको पुल भत्काएको हो।
आगामी बजेटमा सिद्धार्थ राजमार्ग प्राथमिकतामा पर्छ : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा सिद्धार्थ राजमार्ग सरकारको प्राथमिकतामा पर्ने बताउनुभएको छ। सिद्धार्थ राजमार्ग बुटवल, पोखरा र स्याङ्जाको मात्र नभई मुलुकको अर्थतन्त्रमा टेवा दिने राजमार्ग भएको बताउँदै पर्यटक आकर्षण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
दुम्कीवासको डाइभर्सन खोलाले बगायो, यातायात अवरुद्ध
दुम्किबासको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। दाउन्नेमा बाक्लो धुलोमाथि हल्का पानी परेर सडक अवरुद्ध भइरहेका बेला विनयी खोलामा आएको बाढीले डाईभर्सन नै बगाएपछि थप समस्या भएको हो।
बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर मृत्यु
साधन घर्ती म्याग्दी ,चैत ३० गते । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रवार राती करिब १० बजेको समयमा रा १ ख १६१३ नम्बरको बस बेनपा–९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार,समयमा घटनास्थलमा गम्भीर घाइते ओलीको बेनी प्रादेशिक अस्पतालमा उपचारको ल्याइए पनि चिकित्सकले मृते घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।
नेपाल आयल निगमकाे नाफा नौ अर्ब ५० करोड
काठमाडौँ, चैत २९ गते । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०र८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो ।निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।निगमले अघिल्लो आर्थिक वर्ष २०७९र८० मा रु तीन खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।
गोली लागेर नेपाली सेनाका जवान दासको मृत्यु
गोली लागेर चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको श्री नयाँ गोरख गणमा कार्यरत नेपाली सेनाका जवान चन्द्रकिशोर दासको मृत्यु भएको छ ।
देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा
देशका विभिन्न स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो विराटनगर, काठमाडौँ, पोखरा र डडेल्धुरामा हल्कादेखि मध्यम वर्षा भएको हो ।
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
तीनकुने घटनामा अनुसन्धान प्रक्रिया जारी : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजनीलगायत घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताउनुभयो ।
बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते
रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।
रोल्पामा चट्याङ एकको मृत्यु, दुई घाइते
रोल्पामा छुट्टाछुट्टै चारवटा चट्याङका घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन ।
इलाममा सबैभन्दा बढी वर्षा
बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ ।
समाजलाई सङ्गठित गर्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजलाई अझै न्यायपूर्ण, शान्तिपूर्ण र समानताका आधारमा सङ्गठित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । बिहीबार कुलपति समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत गर्नुभएको हो ।
अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर बजेट ल्याइने छः अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताउनुभएको छ ।
वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध
बिहीबार बिहानदेखि परेको हल्का वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मकवानपुरमा बस दुर्घटना: ३० जना घाइते
अनिल पराजुलीहेटौँडा, चैत २८ गते । धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३० जना घाइते हुनुभएको छ । बुधवार राती ९ बजेर ३० मिनेटको समयमा बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना भएको हो । बस दुर्घटनामा मकवानपुर भिमफेदी–३ बुल्मिङका ४६ वर्षीय श्रीराम बज्यू, भिमफेदी–५ ज्यामिरेका ५५ वर्षीय रिता कुमारी मगर, चितवन राप्ति नगरपालिका–२ गडौलीका २९ वर्षीय पशु डा. सरोज ओझा, उहाँको श्रीमती २७ वर्षीय रेश्मा सुवेदी, भिमफेदी–२ निगालेका ४५ वर्षीय दिलीप राज बुलन, भिमफेदी–५ सुपिङका ५१ वर्षीय यदुनाथ पुडासैनी, मकवानपुरगढी–३ मक्रान्चुलीका ४२ वर्षीय नारायण प्रसाद शर्मा, हेटौँडा–११ थानाभर्याङका २९ वर्षीय उज्ज्वल राना मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।त्यस्तै बस दुर्घटनामा भिमफेदी गाउँपालिका कार्यपालिका सदस्य भिमफेदी–६ टारगाँउ बस्ने ४५ वर्षीय सुमित्रा लामा, भिमफेदी–६ बस्ने ५५ वर्षीय सानी आले, भिमफेदी–९ भदौरेका ३२ वर्षीय सुदिप पराजुली, भिमफेदी–२ चौकीडाँडाका २७ वर्षीय सुयास पाख्रिन, भिमफेदी–९ झिरघारीका २७ वर्षीय शुभाष रुम्बा, भिमफेदी–६ झिरघारीका ५२ वर्षीय हित चन्द्र मोक्तान, भिमफेदी–२ का वडाध्यक्ष ४९ वर्षीय काशीराम बज्यू, भिमफेदी–५ अकोटेका २५ वर्षीय अनिल स्याङबो घाइते हुनुभएको छ ।दुर्घटनामा हेटौँडा–१८ का २५ वर्षीय रुबिन घर्ती, भिमफेदी–३ का ५३ वर्षीय बुद्धिसिंह दोङ, भिमफेदी–८ का ३९ वर्षीय सिता थिङ, ३५ वर्षीय सूर्य माया घलान, भिमफदी–१ का ५० वर्षीय करणध्वज पाख्रिन, हेटौँडा–१८ हर्नामाडीका २९ वर्षीय बिमल ढुङ्गाना घाइते हुनुभएको हो । बस दुर्घटनामा भिमफदी–४ चिउरीबगैचाका ४० वर्षीय कृष्णहरी गाहा मगर, भिमफेदी–७ मान्डुका ३८ वर्षीय सुजन प्रजा, भिमफेदी–८ गँगटेका ४३ वर्षीय मान बहादुर लामा, भिमफेदी–१ सानुटारका ४२ वर्षीय राजेन्द्र कुमार स्याङतान, भिमफेदी गाँउपालिका कृषि प्राविधिक २९ वर्षीय सानु कान्छा घिसिङ, पशु प्राविधिक ३१ वर्षीय पुष्पलाल बज्यू, भिमफेदी–३ का ४८ वर्षीय अर्जुन तामाङ र सहचालक उदयपुर रौतामाई गाउँपालिका–५ का ३२ वर्षीय सतिह दाहाल घाइते हुनुभएको हो । भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा अगुवा कृषकहरू भ्रमणमा गएर सिन्धुली हुँदै हेटौँडा आउने क्रममा बस सडकको मोडमा पल्टिएको हात्तीसुँढे प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक जनककुमार तामाङले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरका प्रहरी नायव निरीक्षक रामशरण दुलालको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको हो । घाइतेहरूको हेटौँडा अस्पताल, मकवानपुर सहकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बकैया क्लिनिकमा उपचार भएको हो । थप उपचारका लागि भरतपुरको नयाँ र पुरानो मेडिकल कलेजमा घाइतेहरूलाई पठाइएको छ । घाइतेहरूको हात, खुट्टा, टाउको र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । बसका चालक फरार रहेको र खोजी कार्य भइरहेको छ । ३५ सिट रहेको बसमा ३१ जना सवार हुनुहुन्थ्यो ।
डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते
केशवचन्द्र महरा दिपायल, चैत्र २८ गते । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका ६ दल्लेखस्थित स्थानीयको लहरी नागरीको घरमा बुधवार राति चट्याङ परेको थियो ।चट्याङ लागेर नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीकको मृत्यु भएको हो । सोही चट्याङमा परेर मृतक कमलाका ४ सन्तान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी १० वर्षीया छोरी तारा नागरी, ८ वर्षीय छोरा अविशेक नागरी, ६ वर्षीय छोरा अबि नागरी र ३ महिनाका छोरा शङ्कर नागरी घाइते भएका हुन् । त्यस्तै सोही ठाउँका ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी घाइते भएका छन् ।घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको एसपी शर्माले बताउनु भयो ।