मुक्तिनाथ गुठीको सत्र हजार रोपनी जग्गा रैतानमा परिणत
मुस्ताङ, चैत २८ गते । यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक छ वटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन् ।मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालले म्याग्दीमा रहेको सदार्वत गुठी संस्थानको ठूलो क्षेत्रफल जग्गा निजी सरह बनाइसकेको जानकारी दिनुभयो । म्याग्दीको राखुस्थित भगवती, पिप्ले, मौवाफाँट, कटुवाल, दोवा र दानामा अवस्थित गुठीको कुल २८ हजार ८९३ रोपनी क्षेत्रफल जग्गामध्ये १७ हजार ५४५ रोपनी जग्गा रैताने बनाइएको उहाँले जानकारी दिनुभयो । त्यसबेला म्याग्दीको राहुघाटसम्म मुस्ताङ जिल्ला रहेको सदस्यसचिव अर्यालले बताउनुभयो ।मुक्तिनाथ मन्दिरमा जाने भक्तजनहरूको सेवासुविधाका लागि तत्कालीन राजाले त्यस क्षेत्रको खेतीयोग्य जमिन र वनजङ्गललगायत जग्गा मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहने गरी सदार्वत गुठी संस्थान स्थापना गरेको भइतिहास छ । संस्थानको सो जग्गा नियमानुसार स्थानीयले भोगचलन गर्न पाउने र त्यसबापत आम्दानीको केही हिस्सा मुक्तिनाथ मन्दिरमा बुझाउनुपर्ने प्रावधान तोकिएको थियो । जग्गा भोगचलन गर्दै आइरहेकाहरूलाई जग्गा रैतानेमा परिणत गर्न पाउने व्यवस्थाअनुसार तोकिएको शुल्क सदार्वत गुठीलाई बुझाएर जग्गा निजी बनाइएको समितिका सदस्यसचिव अर्यालको भनाइ छ । त्यसबापत मालपोत कार्यालय म्याग्दीद्वारा गुठी संस्थानको अक्षय कोषमा रु ११ लाख ७५ हजार ७१३ जम्मा भएको तर त्यसको हिस्सा मुक्तिनाथ मन्दिरलाई प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।अब गुठीका नाममा ११ हजार २४८ रोपनी क्षेत्रफल जग्गा बाँकी छ । त्यो जग्गा गुठीकै नाममा सुरक्षित रहेको छ । यसैगरी, मुक्तिनाथ मन्दिरका नाममा साबिक मुक्तिनाथ गाविस–१÷ङ को कित्ता नं १ देखि ३३ सम्मको क्षेत्रफलमा ४९३ रोपनी १३ आना जग्गा रहेको जनाइएको छ । साबिक मुक्तिनाथ गाविस–१÷ग को कित्ता नं ३०० र ३०१ कित्तामा छ रोपनी १२ आना जग्गा मुक्तिनाथ धर्मशालाको नाममा रहेको सदस्यसचिव अर्यालले जानकारी दिनुभयो ।
नेपालको अर्थतन्त्र सुध्रिने एडिबीको प्रक्षेपण
चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रमा विगतको तुलनामा सुधार आउने एसियाली विकास बैङ्क (एडिबी) ले जनाएको छ ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको बताएको छ ।
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ ।
अछामको जयगढ बजारमा आगलागी, नौ घर जलेर नष्ट
बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भएको हो ।
मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका अनुसार उहाँको निधन आज साँझ पौने ८ बजेतिर भएको हो ।
प्रधानमन्त्रीसमक्ष खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनको माग
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न आज मागपत्र बुझाइएको छ।
चार महिनापछि सुकेटार विमास्थलमा जहाज अवतरण
करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । गत मङ्सिर २८ गतेदेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमास्थलमा आइतबारबाट हवाइ उडान सुरु भएको हो ।
चिनियाँ नागरिकको शव काठमाडौं लगियो
कास्कीको अन्नपूर्ण आधार शिविर(एबिसी) पुगेर फर्किने क्रममा हिम पहिरोमा परेर निधन भएका चिनियाँ नागरिकको शव काठमाडौं लगिएको छ ।
अर्घाखाँचीमा जिप दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते
जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पूर्वराजालाई महामन्त्री शर्माको चुनौती
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिनुभएको छ ।
बिमस्टेकका सदस्य राष्ट्रका प्रमुखलाई सगरमाथा संवादको निम्तो
प्रधानमन्त्री ओलीले आफ्नो थाइल्यान्ड भ्रमणका क्रममा दुई पक्षीय र बहुपक्षीय सहयोग र सहकार्यका सम्बन्धमा फलदायी वार्ता भएको बताउनुभएको छ ।
नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताउनुभएको छ ।
वायु प्रदूषण : ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँ’
संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय ‘युएनइपी’ काअनुसार विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।
महोत्तरीमा बलिकामाथि सामूहिक बलात्कार
महोत्तरीमा पुनः एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । यस अघि जलेश्वरमा बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको एक साता नबित्दै फेरि बालिकामाथि सामूहिक बलात्कार भएको अर्को घटना सार्वजनिक भएको छ ।
रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो
उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि काठमाडौँमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
बैंकक, चैत २३ गते । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० कोे छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश प्रस्थान गर्नुभएको छ ।प्रधानमन्त्री ओली आज बिहान स्थानीय समय अनुसार १०ः१५ बजे नेपाल प्रस्थान गर्नुभएको हो । उहाँलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गर्नुभयो ।त्यसैगरी थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गर्नुभयो । प्रधानमन्त्री ओली आज मध्याह्न १२:३० बजे स्वदेश आइपुग्ने तालिका रहेकोे छ ।थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ ।
जाजरकोट भूकम्प : भाग्ने क्रममा तीन जना घाइते
कुल बहादुर शाही जाजरकोट, चैत २३ गते । गए राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट तीन जना घाइते भएका छन् । जाजरकोटको कुशे गाउँपालिका ९ पैक केन्द्रबिन्दु भएर राति ८ बजेर १० मिनेटको समयमा गएको भूकम्पको त्रासले घरबाट भाग्ने क्रममा तीन जना घाइते भएका हुन्।घाइते हुनेमा भेरी नगरपालिका–२ रिसाङका ओपेन्द्र कार्कीको ४९ वर्षीया श्रीमती कमला कार्की, भेरी नगरपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका–१२ का २२ वर्षीय वीरेन्द्र भण्डारी रहनुभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेहरू जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर डिस्चार्ज हुनुभएको छ । यस्तै भूकम्पबाट भेरी नगरपालिका १० बस्ने कमला गोसाईंको १ तले पक्की घरको कोठाको पर्खाल समेत भत्किएको छ । शुक्रवार राति ८ बजेपछि जाजरकोटमा ३ मिनेटको फरकमा दुई भूकम्प गएका थिए । शुक्रवार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो । भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनीका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।
बैतडीमा जीप दुर्घटनाः एकको मृत्यु, तीनजना घाइते
बैतडी, चैत २३ गते । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका– ५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । चन्चलेको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । यस्तै पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका –१० कि ३० वर्षीया कबिता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
तीन मिनेटको फरकमा जाजरकोटमा भूकम्प
जाजरकोटमा ३ मिनेटको फरकमा दुई वटा भूकम्प गएको छ । शुक्रबार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो ।
रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत रुपन्देहीको आदेश
जिल्ला अदालत रुपन्देहीको जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाएको छ।
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार थाइल्याण्डको बैङककमा भेटवार्ता भएको छ ।
बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ ।