प्रधानमन्त्री ओलीसँग बिमस्टेकका महासचिव पाण्डेको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
डढेलोमा परि एककाे निधन, पाँच जना घाइते
राधा लुइँटेल फिदिम,चैत २२ गते । पाँचथरको कुम्मायकमा डढेलोमा पर्दा गम्भीर घाइते हुनु भएकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको निधन भएको छ ।उहाँको उपचारका लागि धरान लैजाँदै गर्दा धनकुटा स्थित भेडेटार नजिक पुगेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिनुभयो ।उहाँका अनुसार कुम्मायक गाउँपालिका ३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको निजी बनमा लागेको डढेलोमा पर्दा घाइते भएका स्थानीय २८ वर्षीया सपना सम्बाहाम्फे,उहाँकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फ र ६० वर्षीया निरमाया सम्बाहाम्फेलाई उपचारार्थ धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । उहाँहरूको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ ।आगो निभाउने क्रममा कुम्मायक १ का धनबहादुर विश्वकर्माको पनि खुट्टा भाँचिएको छ । यस्तै फिदिम नगरपालिका १३ जौवारिको जङ्गलमा बिहीबार मध्यान्ह लागेको डढेलोमा पर्दा ४७ वर्षकी स्थानीय उषाकला नेम्वाङ राई गम्भीर हुनु भएको छ । उहाँ जङ्गलमा दाउरा खोज्न गएका बखत सल्केको डढेलोमा पर्दा जल्नु भएको हो । नेम्वाङलाई पाँचथर अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । उहाँको पनि अवस्था गम्भीर छ ।
जुम्ला कालढुङ्गीको एक घरमा आगलागी
चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।
प्रधानमन्त्री ओली र म्यान्मारका प्रधानमन्त्री हलिङको भेटवार्ता
थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङबिच बिहीबार बैंककमा भेटवार्ता भएको छ।
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु, क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर
चिकित्सकीय लापरबाहीका कारण दुई महिनाअघि एक बिरामीको मृत्यु भएको घटनाका पीडितले न्यायका लागि मोरङ जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको छ ।
हात्तीको आक्रमणबाट माउतेको मृत्यु
सिराज खान नेपालगन्ज, चैत २१ गते । बाँके राष्ट्रिय निकुञ्जको खड्गवार हात्तीसारमा गणेशगज नामको हात्तीले आक्रमण गर्दा हात्तीको स्याहारमा खटिएका माउतेको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–९ घर भई बाँके राष्ट्रिय निकुञ्जको फणित पदमा कार्यरत अन्दाजी ४५ वर्षका आशाराम थारुको घटनास्थलमै मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो । उहाँका अनुसार खड्वार हात्तीसारमा बुधवार राती घाँस, दाना हाल्ने क्रममा १८ वर्षको गणेशगज नामक हात्तीले थारुलाई आक्रमण गरेको हो । वरिष्ठ संरक्षण अधिकृत कँडेलले भन्नुभयो–‘हात्तीले पहिला सूँडले हानेर माउतेलाई पछार्यो, त्यसपछि किचेर मार्यो ।’ बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार थारुले २०७३ सालदेखि खड्गवारमा उक्त हात्तीको स्याहार गर्दै आउनुभएको थियो । बाँकेमा २०७३ सालमा यिनै थारुले गणेशगजलाई बर्दियाबाट लिएर आउनुभएको थियो । ‘हात्तीलाई मात चढ्यो भने आक्रमण गर्छ, केही दिन देखिहात्तीको मात चढेको सङ्केत देखिरहेको थियो,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले थप्नुभयो ‘मात चढेपछि रिसाउने र आक्रमण गर्ने सम्भावना हुन्छ ।’ हात्तीको आक्रमणबाट मृत्यु भएका थारुको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उहाँको शव पोस्टमार्टम पश्चात् परिवारलाई बुझाउने प्रहरीले जनाएको छ । माउते थारुलाई आक्रमण गर्ने हात्तीलाई अहिले नियन्त्रणमा राखिएको बाँके निकुञ्जले जनाएको छ । ‘हात्तीमा मात चढेको हुँदा यसलाई कन्ट्रोल गरेर मात्रै राख्न सक्छौँ,’ संरक्षण अधिकृत कँडेलले भन्नुभयो । गणेशगजले यसअघि पनि माउतेलाई आक्रमण गरेको तर त्यस बेला उनी जोगिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
इन्द्रसरोवरमा सुमो दुर्घटना : तीन जना गम्भीर घाइते
हेटौँडा–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर–२, बतासेमा सुमो दुर्घटना भएको छ। बुधबार दिउँसो ३ बजेर ५५ मिनेटको समयमा सुमो दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
रजक र महर्जनको परिवारलाई दस लाख रुपियाँ राहत दिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस/दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ।
गुजरातको पटाका गोदाममा भीषण विस्फोट, १७ जनाको मृत्यु
भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश सभा : अवरोध हटाउने विषयमा छलफल
सुदूरपश्चिम प्रदेश सभामा जारी अवरोध हटाउने विषयमा मंगलबार सत्ता गठबन्धन दलबिच छलफल भएको छ । सदन खुलाउने र प्रदेश सभालाई निरन्तर सञ्चालन गर्ने विषयमा सत्तागठबन्धन दलबिच छलफल भएको हो । बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने, सरकारले पर्याप्त मात्रामा विजनेस दिनुपर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले बताउनुभयो ।
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताउनु भएको छ।
संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य
सङ्घीय संसदका दुबै सदनको चालु अधिवेश अन्त्य भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि लागु हुने गरी संसद् अधिवेशन अन्त्य गर्नुभएको हो ।
राप्रपाका सांसद दीपक बोहोराको निधन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएको छ । पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आउनुभएका बोहोराको मङ्गलबार बिहान निधन भएको हो ।
कुटपिट गरी प्रहरीको पेस्तोल लुटियो
राममणि दाहालमकवानपुर चैत १९ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा लागु औषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ । कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जङ्गलमा लागु औषध कारोबारी रहेको सूचना पाएर सोमबार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित त्यहाँ गएको प्रहरी टोलीमाथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले अफिम कारोबारीहरू त्यहाँ रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटिएको जानकारी दिनुभयो । लागु औषध कारोबारीसहितका १०–१५ जनाको समूहले हुल हुज्जत गरी पेस्तोल लुटेर लगेको भन्दै उहाँले पेस्तोल र लुटपाटमा संलग्नहरूको खोजी कार्य भOरहेको बताउनुभयो । हवलदार तामाङ र सहायक हवलदार मग्राती लागु औषध कारोबार भइरहेको सूचना पाएर जङ्गलमा गएकोमा अफिम र मोटरसाइकल छाडेर लागु औषध कारोबारी भागेका थिए । अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा ठुलो समूहमा रहेका स्थानीयले घेरा हालेर प्रहरीलाई कुटपिट गरेका थिए । घटना पाए लगतै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भए पनि हतियार अझै फेला नपरेको जनाएको छ । प्रहरी उपरीक्षक खड्काले घटनामा संलग्न रहेको र पेस्तोल खोजी कार्य भइरहेको बताउनुभयो ।
डढेलो निभाउने क्रममा जलेर दुईको मृत्यु
ताप्लेजुङमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै डढेलो घटनामा दुई साताको अवधिमा दुई जनाको मृत्यु भएको हो ।
राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
सिस्नेरी दहमा डुबेर तीनजना बालकको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा स्थानीय सिस्नेरी कुलेखानी खोलाको दहमा पौडी खेल्न जाँदा डुबेका तीनैजना बालकको मृत्यु भएको छ ।
थाइल्यान्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराउनुभएको छ ।
साहको हत्यामा संलग्न एक भारतीय नागरिकसहित ६ जना पक्राउ
काठमाडौँको गोकर्णेश्वर नपा ५ बाहुनधारामा एक व्यक्तिको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका ८ स्थायी घर भई गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारा बस्ने वर्ष १९ को राहुल साहको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाउँदै आएका मागमा जवाफ दिनु हुनेछ ।
सोमबार इदको सार्वजनिक बिदा
नेपाल सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (इद) को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
केबुलकार निर्माण यथास्थितिमा राख्न सर्वोच्चको आदेश
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा केबुलकार निर्माण भइरहेको कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरू यथास्थितिमा राख्न आदेश दिएको हो ।
तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न १११ जना पक्राउ
काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ ।
रेबिज लागेका जनावर बिक्री गर्ने जेल चलान
राधाकृष्ण डुम्रेस्याङ्जा, चैत १६ गते । रेबिजको लक्षण देखिएका जनावर किनबेच गरेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत स्याङ्जाले पुर्पक्षका लागि जेल पठाएको छ । वालिङ नगरपालिका–५ का ५५ वर्षीय राजेन्द्र केसी र वालिङ नगरपालिका–८ का ५० वर्षीय शंसुदिन मियालाई जिल्ला अदालत स्याङ्जाले जेल चलान गरेको हो । दुवै जनालाई सङ्क्रामक रोग फैलाउने कार्यमा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो । अव मुद्दाको किनारा नलागे सम्म दुवै जना जेल बस्नु पर्ने भएको छ । रोगी पशु किनबेचमा चार जना संलग्न भए पनि दुई जना अझै फरार रहेको प्रहरीको भनाई छ ।जिल्ला अदालत स्याङ्जाका न्यायाधीश सरिता रायमाझीको एकल इजलासले दिएको आदेश अनुसार जेल चलान गरिएको श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभयो । रोगी पशु किनबेचमा संलग्न रहेका भीरकोट नगरपालिका–१ का नजबुन हसन मिया र भीरकोट–२ का प्रेमबहादुर सार्की फरार रहेको प्रहरीको भनाई छ । सार्की सवारी चालक र मिया भैँसी किन्ने व्यापारी रहेको बताइएको छ ।के थियो घटना :स्याङ्जाको वालिङ–५ राजेन्द्र बहादुर केसीको भैँसीमा रेबिज सङ्क्रमण देखिएको थियो । केसीले आफ्नै घरमा पालेका सङ्क्रामक रोग रेबिजको लक्षण देखिएका जनावरहरू भैँसी, भैँसीको पाडा, बाख्रा र बाख्राको पाठी एक एक वटा गरी चार वटा घरपालुवा जनावर शंसुदिन मियाँलाई बिक्री गर्नु भएको थियो । रेबिज रोग लागेका पशुहरू वालिङ नगरपालिकाले निगरानीमा राखेको थियो । नगरपालिकाले निगरानीमा राखेकै बेला केसीले शंसुदिन मियालाई बिक्री गर्नु भएको हो । गएको फागुन १५ गते मियाँले रोग लागेका जनावरहरू खरिद गरी ग २ च २७६० नम्बरको सवारी साधनमा राखेर वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारी तर्फ लैजाँदै गरेको अवस्थामा वालिङ नगरपालिका १ बाट प्रहरीको टोलीले फेला पारेको थियो ।मृतक भैँसीको वालिङ नगरपालिकाबाट पशु प्राविधिक टोलीबाट किटद्धार परीक्षण गर्दा सङ्क्रामक रोग रेबिजको लक्षण पुष्टि भएको थियो ।के छ कानुनी व्यवस्था :घटना लगत्तै फागुन १५ गते पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग फैलाउन नहुने कसुरमा प्रहरीले मुद्दा चलाएको थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको उपदफा १०४ सङ्क्रामक रोग फैलाउन नहुने कानुन अनुसार उनीहरूलाई कारबाही सुरु गरिएको थियो । कानुन अनुसार उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई दश वर्ष कैद र एक लाख जरिवाना, लापरबाही पूर्वक गरेको भएमा ५ वर्ष कैद र ५० हजार जरिवाना तथा हेलचक्राई गरेको भएमा तीनबर्ष कैद र तीस हजार जरिवानाको व्यवस्था रहेको छ । घरमा पालेको जनावरमा रेबिज लागेको पुष्टि भएसँगै वालिङ नगरपालिकाले नगर क्षेत्रमा उच्च सतकर्ता अपनाउँदै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । वडा नं.५ का कृषकहरूले पालेका अन्य जनावरहरूलाई रेबिजबाट बचाउन आवश्यक उपचार र सुई लगाउने कार्य गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालको भनाई छ ।