• २० चैत २०८१, बुधबार

डढेलो निभाउने क्रममा जलेर दुईको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै डढेलो घटनामा दुई साताको अवधिमा दुई जनाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार जिल्लाको मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा एक युवक र आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा वृद्धको मृत्यु भएको भएको हो । थिङ्लाबुस्थित लुङ्जा भीरमा लागेको डढेलो निभाउने क्रममा पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन स्थायी ठेगाना भएका २७ वर्षीय भूपेन्द्र ल्वागुनको मृत्यु भएको हो ।

डढेलो निभाउने क्रममा एक्कासि आगोको ज्वालाले भेटेको र ल्वागुनको जलेर मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । प्रनाउ रावलका अनुसार रावलका अनुसार डढेलो निभाउने क्रममै निघुरादिनका ७५ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको छ । आगोको लप्काले भेटेपछि भाग्ने क्रममा लडेर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।