काठमाडौँ, चैत २९ गते । देशका विभिन्न स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो विराटनगर, काठमाडौँ, पोखरा र डडेल्धुरामा हल्कादेखि मध्यम वर्षा भएको हो ।
शुक्रबार दिउँसो देशको उच्च तथा हिमाली भुभागका थोरै स्थानमा मेघजर्गन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, शुक्रबार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारयात बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने महाशाखाले जनाएको छ ।
साथै, सुदूपश्चिम प्रदेशलगायत देशको पहाडी भुभागका एक दुई स्थानमा मेघजर्गन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमाको केही स्थानमा हल्का वर्षा र हिमपातकोे सम्भावना छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव छ ।