विधायिकी प्रक्रियामा तीन विधेयक
प्रतिनिधि सभा रिक्त रहेको अवस्थामा सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले पारित गरेका तीन विधेयक तल्लो सदनको विधायिकी प्रक्रियामा प्रवेश गरेका छन् । राष्ट्रिय सभाले गत माघमा पारित गरेका तीन विधेयक नवनिर्वाचित प्रतिनिधि सभाको प्रक्रियामा प्रवेश गराइएका हुन् । तीन वटा विधेयक पारितको सन्देश प्रतिनिधि सभामा मङ्गलबार टेबुल गरिएको हो । प्रतिनिधि सभाका सचिव हर्कराज राईले विधेयक पारितको सन्देश टेबुल गर्नुभएको हो ।
बिचौलियाविहीन बन्दै कार्यालय
सरकारले काठमाडौँ उपत्यकाभित्रका सेवाग्राहीको चाप हुने कार्यालय अनुगमन गरी बिचौलिया अन्त्य गर्ने कार्यलाई तीव्रता दिएसँगै ती कार्यालयबाट प्रदान गर्ने सेवा सहज र प्रभावकारी बन्दै गएका छन् । एक सातादेखि सरकारले उपत्यकाका मालपोत, नापी र यातायात कार्यालय अनुगमन गरी बिचौलिया पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ । काठमाडौँका मालपोत, यातायात र नापी कार्यालयबाट बिचौलिया अन्त्य गरेसँगै अहिले सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयमा बिचौलिया निरुत्साहित बन्दै गएका छन् । बिचौलियाविहीन सेवा हुँदा अनावश्यक सेवाग्राही ठगिनुपर्ने अवस्था अन्त्य भएको छ । सेवाग्राहीले भने बिचौलियाविहीन सरकारी सेवा छिटो, सहज र भन्झटरहित भएको महसुस गरेका छन् । कर्मचारीलाई पनि सेवा प्रवाहको प्रणाली सुधार्नुपर्ने आन्तरिक दबाब सिर्जना भएको छ ।
सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँः स्वास्थ्यमन्त्री मेहता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको सामना गर्न सरकार एकीकृत रूपमा अगाडि बढिरहेको बताउनुभएको छ।
गृहमन्त्री गुरुङद्धारा विपी राजमार्गको निरीक्षण
गृहमन्त्री सुधन गुरुङले पुन निर्माण भैरहेको विपी राजमार्गको निरीक्षण गर्नुभएको छ ।
बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।
समन्वय र सहकार्य नै गणतन्त्रको मूल मर्मः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समन्वय, सहकार्य र सह–अस्तित्व नै गणतन्त्रको मूल मर्म भएको बताउनुभएको छ ।
प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी
बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका स्वस्थ सहर बन्ने भएको छ ।
अवैध क्रसर उद्योग तत्काल बन्द गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।
प्रदेशभर २४ किलोमिटर सडक कालोपत्रे
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षको चैत अन्तिमसम्म प्रदेशभर २४.८७ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ ।
जनजाति महासङ्घको तीन वर्षे कार्ययोजना सार्वजनिक
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)को नवनिर्वाचित कार्यसमितिले ३९ बुँदे तीन वर्षे कार्यकालमा सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेको छ ।
गृहमन्त्री गुरुङद्वारा रोशी खोलाको स्थलगत निरीक्षण
गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको स्थलगत निरीक्षण गर्नुभएको छ ।
आठौँ बागमती गोल्डकप फुटबलको तयारी
पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा आठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०८३ आयोजना हुने भएको छ ।
राष्ट्रिय सभाका चार समिति सभापति निर्विरोध चयन
राष्ट्रिय सभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् ।
कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै
काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ ।
वडा नं. ११ लाई वडाव्यापी चेस उपाधि
वडा नं. ११ ले सोमबार सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी र्यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेको छ ।
प्रतिनिधिसभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल
प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ ।
एरिका गुरुङलाई खेल सामग्री प्रायोजन
जापानको कराते ड्रेस उत्पादन कम्पनी सुराई दोले ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई औपचारिक रूपमा कराते खेल सामग्री प्रायोजन गरेको छ ।
खोलानदी किनारमा सवारी साधन धुन निषेध
नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिकाले खोला तथा नदी किनारमा सवारी साधन धुन निषेध गरेको छ ।
गोली चलाएर पिङ्गलास्थानबाट दुई जना पक्राउ
लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ऽ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।
पशुपंक्षी र वातावरण स्वस्थ नभई मानव स्वस्थ हुँदैन : मन्त्री मेहता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ।
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् ।
विदेशको ज्ञान, स्वदेशमा कमाइ
दश वर्ष दुवइमा मजदुरी गरेर फर्कनुभएका टीकाबहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदल्नुभएको छ । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ वसेको घरबाट उहाँले घरबास सुरु गर्नुभएको हो ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।
समुन्नतिका लागि पुरानासँगै नयाँ विकास आयोजना
प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदसँग निर्वाचन क्षेत्र, प्रदेश र राष्ट्रिय मुद्दामाथि विमर्श गर्नुभएको छ । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा सोमबार भएको बैठकमा लुम्बिनी प्रदेशको विकासनिर्माण, भौतिक पूर्वाधार, सडक, यातायातसहित समग्र विषयमा तत्कालीन र दीर्घकालीन योजनाबारे सुझाव लिनुभएको हो ।