आदिवासी आयोगद्वारा सरकारलाई सात बुँदे सुझाव पेस
आदिवासी जनजाति आयोगले कार्यसम्पादनका क्रममा सामना गर्न परेको संवैधानिक, कानुनी, प्रशासनिक र आर्थिक समस्या तथा यसले ल्याएको चुनौतीका सन्दर्भमा सरकारलाई सात बुँदे सुझाव पेस गरेको छ ।
प्रेस काउन्सिलले मिडिया अनुगमनलाई प्रभावकारी बनाउने
प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति काउन्सिलले प्रस्तावित कार्ययोजना सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेश गरेको छ ।
‘आशंका लागेका सबैको सम्पत्ति छानविन गरौं, म तयार छुँ’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा भएका र नभएका आफूसहित आशंका लाग्ने सबैको सम्पत्ति छानविन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
नेपाल सम्वतलाई नेपाली नोटमा समावेश गराइने
यस वर्षदेखि नेपाली नोटमा नेपाल संवतकाे मिति उल्लेख गरिने भएको छ ।
नेप्से परिसूचक १६ अङ्कले बढ्यो
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ।
प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय प्रधानमन्त्रीबाट सदर
बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन काठमाडाैँ जिल्ला अदालतलाई दिने निर्णय गरिएको छ ।
तीन सय ७७ प्रहरी सहायक निरीक्षक दीक्षित
नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् ।
प्रजापतिको पाला व्यवसाय : तिहारमा चार लाख आम्दानी हुने
तिहारमा झिलिमिली र उज्यालो बनाउन विगतदेखि नै पाला प्रयोग हुँदै आएको छ । त्यसो त आधुनिक विद्युतीय बत्तीको प्रयोग पनि बढ्दै गएको छ तर, परम्परागत एवम् धार्मिक महत्व रहेको पालाको प्रयोग पनि उत्तिकै छ ।
निर्वाचनमा सहभागिताका लागि तयार छौं : मुख्यमन्त्री बानियाँ
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी फागुनका लागि घोषित निर्वाचनको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ ।
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह
अभिनेता नीर शाहले आफ्नो लागि चलचित्र ‘परान’ विशेष रहेको बताउनुभएको छ । चलचित्र ‘परान’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएसँगै रासससँगको सङ्क्षिप्त कुराकानीमा उहाँकोले आफ्नो झण्डै छ दशकको कलाकारिता यात्रामा यो चलचित्र एउटा परीक्षा भएको बताउनुभयो ।
तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान
शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताउनुभएको हो ।
अग्रजले राखेको यस र कृतिमा हानी पुर्याउने अधिकार कसैमा छैन : प्रहरी महानिरीक्षक
प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले अग्रजहरूले राखेको यस र कृतिमा हानी पुर्याउने अधिकार कसैमा नभएको बताउनुभएको छ ।
नर्सका माग सम्बोधन गर्न समिति गठन, पहिलो बैठक आजै
सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।
चार हजार आठ सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ : दाहाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्र्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताउनुभएको छ ।
बृहत्तर वराहक्षेत्र परिक्रमा सुरु
धार्मिक नगरी वराहक्षेत्र चतराधामबाट बृहत्तर वराहक्षेत्र पदयात्रा सुरु भएको छ । जगतगुरु बालसन्त मोहनसरणले स्थानीय धार्मिक र पौराणिक सम्पादाहरुको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यले सुरु गरिएको पदयात्रा यस वर्ष पनि कात्तिक १ गतेबाट सुरु भएको हो ।
निःशुल्क शववाहन सेवा
हेटौँडा उपमहानगरपालिकाले निःशुल्क शववाहन सेवा सुरु गरेको छ । जेनजी समूहको आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको शववाहन बुधबारबाट पुनः हेटौँडा उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।
आमा सुरक्षा कार्यक्रम स्थगित
सङ्घीय सरकारले पर्याप्त बजेट विनियोजन नगरेका कारण काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामार्फत सञ्चालन हुँदै आएको ‘आमा सुरक्षा’ कार्यक्रम रोकिएको छ । सङ्घीय सरकारको सहयोगमा बनेपा नगरपालिकाले विगत १४ वर्षदेखि बनेपामा रहेको शिर मेमोरियल अस्पतालसँग सहकार्य गर्दै ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
सयपत्री फूलको माग बढ्यो
तिहारनजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन न्यून भएकाले बजारमा फूलको अभाव देखिएको हो ।
नारायणहिटी अगाडि दुलालको काग सम्मेलन
काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटीद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गर्नुभएको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
थप ५० वटा रुग्ण सडक र पुल निर्माणका ठेक्का तोड्ने प्रक्रिया सुरु
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।
कात्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आइतबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।