अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔंँ : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गर्नुभएको छ ।
शान्ति सुरक्षा सुदृढ बनाउन संयुक्त सुरक्षा परिचालन
गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको समग्र शान्ति सुरक्षा सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिने बताउनुभएको छ ।
नागरिक उड्डयन प्राधिकरणको भवन अदालतलाई
काठमाडौँ जिल्ला अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणको भवनबाट अदालतको सेवा प्रवाह गर्ने भएको छ । गत भदौ २४ गतेको जेनजी ओन्दोलनका क्रममा बबरमहलस्थित अदालतको भवनमा आगजनी, तोडफोड भएपछि तत्कालका लागि प्राधिकरणको प्रधान कार्यालयको एनेक्स भवन जिल्ला अदालतले प्रयोग गर्ने भएको हो । गत बिहीबार प्राधिकरण सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँग भएको संयुक्त छलफलका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले अदालतको क्षतिग्रस्त भवनको विकल्पमा प्राधिकरणको भवन प्रयोगमा ल्याएर अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन दिनुभएको थियो ।
नर्सहरूका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
सरकारले नर्सहरूका माग पूरा गराउन सातवटै प्रदेशमा कार्यदल गठन गर्ने र तिहार बिदामा पनि काम गर्ने नर्सहरुको पारिश्रमिकका लागि संघर्षरत कर्मचारीहरुको समस्याको सम्बोधन गर्ने निर्णय गरेको छ।
पूर्वअतिरिक्त सचिव मिश्रासहित चौधविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वअतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जेनजी समूहको आन्दोलनबाट गठन भएको वर्तमान सरकारमा मिश्रालाई एक महिनाअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका रूपमा प्रस्ताव गरिएको थियो । मन्त्रीमा प्रस्तावित भएपछि मिश्राले अतिरिक्त सचिव पदबाट राजीनामा दिनुभएको थियो तर उहाँविरुद्ध आयोगमा परेको भ्रष्टाचारको उजुरीको छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेको चर्चा भएपछि मन्त्री नियुक्ति प्रव्रिmया रोकिएको थियो । सचिव बढुवामा असन्तुष्टि जनाउँदै मिश्रा झन्डै छ महिना बिदामा बस्नुभएको थियो ।
थप पचास ठेक्का तोडिने प्रक्रियामा
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप पचास वटा रुग्ण ठेक्का तोड्ने प्रव्रिmया सुरु गरेको छ ।
विपिनको शव नेपाल ल्याइँदै
नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदै छ । आइतबार दिउँसो इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा स्वर्गीय विपिनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेर शव नेपाल पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीले जनाएको छ ।
उज्यालो र समुन्नतिको प्रतीक तिहार
ढकमक्क मखमली र सयपत्री फुलेर आएको सुवास, रङ्गीबिरङ्गी बत्तीको उज्यालो, देउसीभैलोको उल्लास, नेपालीका घरआँगनमा तिहारको उल्लास भित्रिइसकेको छ । मानव मात्रै होइन, पशुपक्षीप्रति पनि सद्भाव र प्रेम व्यक्त गर्ने अनि समुन्नतितर्फ अघि बढ्न प्रेरित गर्ने नेपालीको दोस्रो ठुलो चाड तिहार आइतबारदेखि सुरु भएको हो ।
प्रधानमन्त्रीद्वारा दललाई छलफलका लागि पत्राचार
प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न आमन्त्रण गर्नुभएको छ ।
कीर्तिपुर रंगशालामा फ्लडलाइटका ६ टावर ठडिए
त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ ।
आदिवासी आयोगद्वारा सरकारलाई सात बुँदे सुझाव पेस
आदिवासी जनजाति आयोगले कार्यसम्पादनका क्रममा सामना गर्न परेको संवैधानिक, कानुनी, प्रशासनिक र आर्थिक समस्या तथा यसले ल्याएको चुनौतीका सन्दर्भमा सरकारलाई सात बुँदे सुझाव पेस गरेको छ ।
प्रेस काउन्सिलले मिडिया अनुगमनलाई प्रभावकारी बनाउने
प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति काउन्सिलले प्रस्तावित कार्ययोजना सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेश गरेको छ ।
‘आशंका लागेका सबैको सम्पत्ति छानविन गरौं, म तयार छुँ’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा भएका र नभएका आफूसहित आशंका लाग्ने सबैको सम्पत्ति छानविन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
नेपाल सम्वतलाई नेपाली नोटमा समावेश गराइने
यस वर्षदेखि नेपाली नोटमा नेपाल संवतकाे मिति उल्लेख गरिने भएको छ ।
नेप्से परिसूचक १६ अङ्कले बढ्यो
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ।
प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय प्रधानमन्त्रीबाट सदर
बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन काठमाडाैँ जिल्ला अदालतलाई दिने निर्णय गरिएको छ ।
तीन सय ७७ प्रहरी सहायक निरीक्षक दीक्षित
नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् ।
प्रजापतिको पाला व्यवसाय : तिहारमा चार लाख आम्दानी हुने
तिहारमा झिलिमिली र उज्यालो बनाउन विगतदेखि नै पाला प्रयोग हुँदै आएको छ । त्यसो त आधुनिक विद्युतीय बत्तीको प्रयोग पनि बढ्दै गएको छ तर, परम्परागत एवम् धार्मिक महत्व रहेको पालाको प्रयोग पनि उत्तिकै छ ।
निर्वाचनमा सहभागिताका लागि तयार छौं : मुख्यमन्त्री बानियाँ
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी फागुनका लागि घोषित निर्वाचनको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ ।
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह
अभिनेता नीर शाहले आफ्नो लागि चलचित्र ‘परान’ विशेष रहेको बताउनुभएको छ । चलचित्र ‘परान’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएसँगै रासससँगको सङ्क्षिप्त कुराकानीमा उहाँकोले आफ्नो झण्डै छ दशकको कलाकारिता यात्रामा यो चलचित्र एउटा परीक्षा भएको बताउनुभयो ।
तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान
शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताउनुभएको हो ।
अग्रजले राखेको यस र कृतिमा हानी पुर्याउने अधिकार कसैमा छैन : प्रहरी महानिरीक्षक
प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले अग्रजहरूले राखेको यस र कृतिमा हानी पुर्याउने अधिकार कसैमा नभएको बताउनुभएको छ ।