बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ।
अनुसन्धानमा सहयोगी कुकुरको गरियो पूजा
तिहारको तेस्रो दिन कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग गर्ने तालिम प्राप्त कुकुरहरूको सोमवार विधिवत् पूजा गरिएको छ ।
जनप्रतिनिधि र कर्मचारीलाई लैङ्गिक समानता र सुरक्षा प्रवर्धन क्षमता अभिवृद्धि तालिम
विद्यालयमा हुने लैङ्गिक हिंसा रोकथाम र लैङ्गिक समानता प्रवर्धनका लागि टुकी सङ्घ सुनकोशीले सुनकोशी गाउँपालिका जनप्रतिनिधि, कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
विपिन जोशीको शव २ः३० मा काठमाडौँ आइपुग्दै, प्रधानमन्त्री विमानस्थल जानुहुने
प्रधानमन्त्री सुशीला कार्की विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुहुने भएको छ ।
उज्यालो पर्वले अन्धकार हटाई समृद्ध नेपाल निर्माण गर्छः प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उज्यालो पर्वले अन्धकार हटाई समृद्ध नेपाल निर्माण गर्न मद्दत गर्ने बताउनुभएको छ ।
नेपाल बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाल बहुसांस्कृतिक विविधताले भरिपूर्ण एक सुन्दर राष्ट्र भएको बताउनुभएको छ ।
पहिरोको जोखिम स्थलमा अन्धकार
पहिरोको उच्च जोखिममा रहेको चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोला क्षेत्रमा बत्ती नहुँदा जोखिम बढेको छ । गत असोज महिनाभर पहिरोले दुःख दिएको स्थानमा रात्रिकालीन यात्रा गर्दा अझै पनि जोखिम कायमै रहेको छ ।
सद्भाव र सहिष्णुताले राष्ट्रिय एकता अझ बलियो : कार्यवाहक सभापति खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाड–पर्वहरू भएको मुलुक भएको बताउनुभएको छ ।
केयूमा सूचना प्रविधि केन्द्र स्थापना
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ । केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवद्र्धन गर्ने अपेक्षा लिइएकोे छ ।
महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
वैद्यद्वारा नेतृत्व हस्तान्तरण
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले नेतृत्व हस्तारण गर्नुभएको छ । गत असोज २९ देखि कात्तिक १ गतेसम्म काठमाडौँमा आयोजना गरिएको केन्द्रीय समिति बैठकमा वैद्यले महासचिव पद सिपी गजुरेललाई हस्तान्तरण गर्नुभएको हो ।
महाकवि देवकोटाको स्मरण
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती कविता वाचनलगायत विविध कार्यक्रमसहित मनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा आइतबार आयोजित कार्यक्रममा १५ कविले कवितामार्फत महाकविको स्मरण गरे ।
बागलुङका किसानलाई धान भित्र्याउन चटारो
बागलुङका किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् । घरआँगनमा हिन्दु नेपालीहरुको दोस्रो महानचार्ड तिहार (दीपावली) आइपुगे पनि धान पाकेकाले किसानहरु धमाधम धान भित्र्याउन थालेका हुन् ।
खानेतेलको पुनः प्रयोगमा सचेत हुन आवश्यक
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तिहारलक्षित बजार अनुगमनका क्रममा मिठाईमा अखाद्य वस्तुको प्रयोग गरेको नपाइएको जनाएको छ । विभागले तिहारमा बढी माग हुने मिठाई पसललाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशाला गाडी (मोबाइल फुड ल्याब भ्यान) मार्फत अनुगमन स्थलमै परीक्षण गराउँदा अहिलेसम्म गरिएकोमा ठुलो कैफियत नभेटिएको जनाएको हो ।
कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।
दुर्घटनामा एकको मृत्यु, तीन घाइते
आइतबार राति चितवनका दुई ठाउमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार पूर्वपश्चिम राजमार्गको लदरी पुलमा र भरतपुरको धर्म चोकमा दुर्घटना भएका हुन् ।
तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
अलैँचीको मूल्य मनको अठासी हजार
ताप्लेजुङमा दसैँपछि बढ्न थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ८८ हजार रुपियाँ पुगेको छ । दसैँअघिसम्म प्रतिमन ८० हजार रुपियाँमा कारोबार हुँदै आएको अलैँचीको मूल्य बढेर आइतबार ८८ हजार रुपियाँ पुगेको हो ।
आजका लागि विदेशी मुद्राको निर्धारण
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने
तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ ।
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र
चालु आर्थिक बर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ ।
तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भाइटीकाबाहेक तिहारभर भन्सार जाँचपासका लागि बैङ्क खुला रहने
तिहारको भाइटीकाका दिनबाहेक तिहार बिदाभर मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक सबै बैङ्क तथा वित्तीय संस्था खुला रहने भएका छन् । नेपाल राष्ट्र बैङ्कले तिहारको भाइटीकाका दिनबाहेक तिहार बिदाभर सबै बैङ्क तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै तिहारभर बैङ्क खुला राख्न निर्देशन दिएको हो ।
बाढीपहिरोको क्षति : तीन अर्ब छब्बिस करोडको बिमा दाबी
असोज १८ गतेदेखिको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्ममा तीन अर्ब २६ करोड ७६ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ ।