मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताउनुभएको छ ।
नेपाली श्रमिकको उद्धार योजना बनाउन सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाका सदस्यहरूले मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकमाथि हुनसक्ने जोखिम मूल्याङ्कन गर्दै तत्काल उद्धार योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
औषधीको अनाधिकृत मूल्यवृद्धिको विषयमा सांसद खत्रीको ध्यानाकर्षण
प्रतिनिधिसभाको बैठकमा ऐन विपरीत औषधीको मूल्यवृद्धि गरी ठूलो रकम अपचलन गरिएको भन्दै संलग्न अधिकारीलाई कारबाही गर्न माग गरिएको छ ।
नेप्से परिसूचकमा ४५ अङ्कको सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ को विन्दुमा कायम भएको छ । यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो ।
राष्ट्रिय सभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस
राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
राष्ट्रियसभा बैठकः भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग
राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् ।
इन्धन आयातमा लगाइने अप्रत्यक्ष करलाई स्थायी रुपमा घटाइयोस्ः कांग्रेस सांसद थापा
नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपमले नै घटाउन आग्रह गर्नुभएको छ ।
निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुन अनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ ।
‘अब आश्वासन होइन, डेलिभरी चाहिन्छ’
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विशेष अवस्थामा भएको निर्वाचनबाट विजयी भएको दल र सरकारले जनतालाई सुशासन दिनुपर्नेमा दिनुभएको छ ।
आइसिसी लिग–२ को दुई सिरिज वैशाखमा
नेपालले घरेलु मैदानमा आइसिसी विश्वकप लिग–२ का दुई वटा त्रिकोणत्मक सिरिज खेल्ने भएको छ ।
पश्चिम नेपालबाट वर्षा सुरु
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ ।
बास्केटबल लिग : गोल्डेनटलाई हराउँदै आर्मी फाइनलमा
विभागीय टोली त्रिभुवन आर्मी क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबिएल)–२०२६ को फाइनलमा प्रवेश गरेको छ । आर्मीले गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुगेको हो ।
बागमती प्रदेशसभाको सभामुखमा चार दलको दाबी
बागमती प्रदेशसभामा सभामुख पदको चयन प्रक्रिया सुरु भएको छ ।
मकवानपुरमा गाउँमै वितरण गर्न थालियो राष्ट्रिय परिचयपत्र
सदरमुकाम हेटौँडासम्म आएर राष्ट्रिय परिचयपत्र बनाउन नसक्दा समस्या बेहोर्दै आएकालाई लक्षित गरी मकवानपुरमा गाउँमा नै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।
राष्ट्रिय सभाका चार समितिका सभापतिको शपथ
राष्ट्रिय सभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँहरूलाई शपथ गराउनुभएको हो ।
सुनचाँदीको मूल्य वृद्धि
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला सात हजार २०० र चाँदी तोलामा २०५ ले वृद्धि भएको हो ।
अवैध घरेलु मदिरा भट्टी सञ्चालकसहित नियन्त्रणमा
मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१६ मा अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्दै आएका भट्टी सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
सिन्धुलीमा मकै ‘रामपुर हाईब्रिड–१०’ बिउ उत्पादन सुरु
सिन्धुली जिल्लामा पहिलो पटक कपिलाकोट गाउँपालिका–६ भुताहाका किसानले मकैको ‘रामपुर हाईब्रिड–१०’ जातको बिउ उत्पादन सुरु गरेका छन्।
सञ्चारमन्त्रीको निर्देशनपछि एनटिसीका प्रिपेड प्याकेजमा समय थप
नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
आज दशौँ स्वास्थ्य बीमा दिवस
दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस वर्षको दिवसको नारा ‘राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान नाराका साथ’ भन्ने रहेको छ ।
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा
काठमाडौँ महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको अधुरो काम पूरा गर्ने भएको छ ।
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको पहिलो बैठक बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।
न्यून बजेटले निर्माणमा ढिलाइ
बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–४, मल्लागाउँमा तीन वर्षदेखि निर्माणाधीन ग्वाङ्खोला–मल्लगाउँ लिफ्ट खानेपानी योजना कहिले पूरा भन्नेमा उपभोक्ता अन्योलमा छन् । बर्सेनि आउने न्यून बजेटले दुई करोड रुपियाँभन्दा माथिको निर्माण लागत रहेको यो बहुबर्से खानेपानी योजना कहिले बन्छ भन्नेमा उपभोक्ता ढुक्क हुन सकेका छैनन् ।
अवैध क्रसर बन्द गराउन ध्यानाकर्षण
चुरे तथा वनजङ्गल क्षेत्रमा पछिल्लो समय बढ्दो अतिक्रमण हटाउन माग गरिएको छ । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालले चुरे वनजङ्गल क्षेत्रभित्र रहेका पुरानो र नयाँ अतिक्रमण हटाउनुपर्ने तथा अवैध क्रसर उद्योग बन्द गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । अभियानले बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमार्फत पठाइएको ध्यानाकर्षणपत्रमा वन तथा वातावरण मन्त्रालयमातहत रहेका राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति र चुरे उत्थानशील आयोजनाले हालसम्म गरेका कार्यको छानबिन गर्नुपर्ने माग गरिएको छ ।