आमा सुरक्षा कार्यक्रम स्थगित
सङ्घीय सरकारले पर्याप्त बजेट विनियोजन नगरेका कारण काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामार्फत सञ्चालन हुँदै आएको ‘आमा सुरक्षा’ कार्यक्रम रोकिएको छ । सङ्घीय सरकारको सहयोगमा बनेपा नगरपालिकाले विगत १४ वर्षदेखि बनेपामा रहेको शिर मेमोरियल अस्पतालसँग सहकार्य गर्दै ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
सयपत्री फूलको माग बढ्यो
तिहारनजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन न्यून भएकाले बजारमा फूलको अभाव देखिएको हो ।
नारायणहिटी अगाडि दुलालको काग सम्मेलन
काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटीद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गर्नुभएको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
थप ५० वटा रुग्ण सडक र पुल निर्माणका ठेक्का तोड्ने प्रक्रिया सुरु
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।
कात्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आइतबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
जुवातास खेलिरहेको अवस्थामा ६ लाखसहित ११ जना पक्राउ
मकवानपुर प्रहरीले हेटौँडाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँझ हेटौँडा उपमहानगरपालिका–१० बसपार्क गुम्बा नजिक खाजा घरमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ गरेको हो ।
साहित्य सङ्गमको अध्यक्षमा बर्तौला
मकवानपुरमा क्रियाशील रहेको साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा डिबी बर्तौला पुनः निर्वाचित हुनुभएको छ । संस्थाको यहाँ सम्पन्न १७ औँ अधिवेशनले बर्तौलालाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो ।
उज्यालोको पर्व तिहार सुरु
उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबार सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिकशुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ ।
कात्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ४७ पैसा र बिक्रीदर १४१ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ ।
‘खुलापनमा लगानी केन्द्रित गर्नुहोस्’
सिङ्गापुरका राष्ट्रपति थार्मान सनमुगारात्नमले आर्थिक विकासका लागि खुलापनमा लगानी केन्द्रित गर्न सुझाव दिनुभएको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकका लागि संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँगको शिष्टाचार भेटमा उहाँले देशको तीव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमा लगानी केन्द्रित गर्न सुझाव दिनुभएको हो ।
यस्तो रहनेछ तिहारमा मौसम
नेपालीको दोस्रो ठुलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तिहार बिदामा इन्धन पाइने
तिहार बिदामा पेट्रोलियम पदार्थको बिक्रीवितरण खुला हुने भएको छ । नेपाल आयल निगमले तिहारको सार्वजनिक बिदामा उपभोक्ताको हितलाई ध्यानमा राखी डिपो तथा कार्यालय खुला राखी पेट्रोलियम पदार्थको बिक्री गर्ने भएको हो ।
दी क्लिफमा नेपालै अग्लो हाइलाइन
पर्वतको कुस्मा र बागलुङको बलेवाबिचमा रहेको कालीगण्डकी खोचमा हाइलाइनको अभ्यास गरिएको छ । हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटाका हिलेका शङ्कर कोइरालाले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रूपमा यो कार्यक्रम गर्नुभएको हो । कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आउनुभएको छ ।
फागुन २१ को निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको जानकारी दिनुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “तयारी अझै द्रुततर गतिमा अघि बढाइँदै छ । सहज राज
थासो उठाएर सडक सफा राख्ने महतो
निलो रङको टिसर्ट र सेतो कट्टु लगाएका काले महतोको हातमा सधैँ बेल्चा देखिन्छ । हातको बेल्चाले सडकमा हिँडेका हात्तीले गोब्य्राएको थासो (दिसा) सोहोरेर ठेलामा राख्नुहुन्छ । सौराहाको गैँडाचोकनजिकै थासो उठाउन व्यस्त रहेका महतोले आफ्नो काममा कुनै असजिलो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “थासो सफा गर्दा घिन लाग्दैन बरु आनन्द अनुभव हुन्छ । जे भए पनि अहिले सौराहा क्षेत्रमा हात्तीको थासो देख्न पाइँदैन ।”
पुनर्निर्माणमा सहभागिताका लागि कोष जुट्दै
जेनजी समूहका नाममा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि स्थापना गरिएको कोषमा नागरिकबाट उत्साहपूर्ण सहयोगको अपेक्षा गरिएको छ । स्थापना गरिएको करिब एक महिनाको अवधिमा कोषमा छ करोड नौ लाख रुपियाँ जम्मा भएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारले असोज ८ गते सो कोषको स्थापना गरेको थियो ।
नामोनिसान छैन त्रिविका यी जग्गाको
त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्थापनाको क्रममा दिइएको जग्गा अतिक्रमण तथा सीमा मिचिएका तथ्य सार्वजनिक भइरहँदा केही स्थानका जग्गाको अझैसम्म नामोनिसानसमेत भेटिएको छैन ।
काम अनुसारको दाम नपाउँदा नर्स पलायन
नेपालमा काम अनुसारको दाम पाउन नसक्दा नर्स विदेश पलायन हुन बाध्य छन् । प्रमाणपत्र तह अध्ययनका लागि सात लाख रुपियाँभन्दा बढी खर्च हुने र स्नातक तहको अध्ययनका लागि १५ लाखभन्दा बढी खर्च हुने गरेकोमा सरकार तथा निजी अस्पतालले अत्यन्त न्यून पारिश्रमिकमा काममा लगाएपछि नर्स धमाधम विदेश पलायन भइरहेका छन् ।
भूराजनीतिक चलखेल भएको छ : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) को उपमहासचिव प्रदीप ज्ञवालीले देटशमा जेनजीको नाउँमा भएको विध्वंशकारी घटनालाई भूराजनीतिक चलखेलको रुपमा ब्याख्या गर्नुभएको छ ।
राती ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने
तनहुँमा तिहार पर्वलाई सुरक्षित, मर्यादित र प्रदूषणमुक्त रूपमा मनाउन जिल्ला प्रशासन कार्यालयले विशेष निर्देशन जारी गरेको छ ।
साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा बर्तौला
साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा पुनः डीबी बर्तौला चयन हुनुभएको छ । शुक्रबार हेटौँडामा भएको १७ औँ अधिवेशनबाट उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन गरिएको हो ।
देशमा सकारात्मक परिवर्तनको खाँचो छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सकारात्मक परिवर्तन हुनु अनिवार्य रहे पनि भत्काउने र विध्वंस गर्ने परिवर्तन देशलाई नचाहिएको बताउनुभएको छ ।