यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६० पैसा र बिक्रीदर १४९ रुपियाँ २० पैसा तोकिएको छ ।
इन्धन सुविधामा व्यापक कटौती
अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा व्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार इन्धन सङ्कटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गर्नुभएको हो ।
सञ्चार मन्त्रालयको दसबुँदे सुधारात्मक कार्ययोजना स्वीकृत
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले १० वटा प्रमुख सुधारात्मक कार्यक्रमसहितको विस्तृत कार्ययोजना स्वीकृत गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को चैत १३ गतेको निर्णयानुसार
विवरण अद्यावधिक गरिँदै
राष्ट्रिय किताबखाना (निजामती) ले सबै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने अभियान सुरु गरेको छ । आइतबारदेखि नै सबै प्रदेशको मुख्यमन्त्री कार्यालयमा अस्थायी केन्द्र खडा गरी व्यक्तिगत विवरण (पिआइएस) अद्यावधिक गर्न अभियान सञ्चालन गरेको हो । किताबखानाका २१ जना कर्मचारीलाई सातै प्रदेशमा पिआइएस अद्यावधिक गर्ने कार्य सुरु गरेको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ ।
निजामती विधेयक मसौदाको तयारी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई कडा अनुशासनमा बाँध्ने गरी सङ्घीय निजामती सेवा विधेयकको मसौदा तयारी गरिरहेको छ । साविक संसद्मा छलफल भई पारित हुने अन्तिम चरणमा पुगेको सङ्घीय निजामती सेवा विधेयकले कार्यसम्पादन मूल्याङ्कनमा, काम गर्ने र नगर्ने कर्मचारी समान रूपमा हेर्ने भएकाले आधुनिक सूचना प्रणाली अनुसार सक्षम निजामती प्रशासन बनाउने गरी विधेयक मसौदाको तयारी भइरहेको छ ।
अभिभावकलाई पिरोल्ने अटिजम : सातै प्रदेशमा छुट्टै विद्यालय
बानेश्वरमा बस्दै आउनुभएका समीर शर्मा (नाम परिवर्तन) को चार वर्षका छोरा हुनुहुन्छ । एक वर्षअघिसम्म छोरालाई अटिजम भएको पत्ता लागेको थिएन । चार वर्षसम्म बोली नआएपछि र गतिविधिमा कुनै परिवर्तन नआएपछि चिकित्सककहाँ लगेपछि मात्र अटिजम पत्ता लागेको थियो । महँगो शुल्क तिरेर हेरचाहका लागि राख्नुपर्ने, घरमा हुँदा पनि एक जना बच्चाको हेरालु बस्नुपर्ने समस्याले शर्मालाई पिरोलिरहन्छ ।
विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो
सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ ।
पर्यटन क्षेत्रमा सुधार आवश्यक छ : पर्यटनमन्त्री पौडेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।
सङ्घीय सरकारसँगको सहकार्यमा काम गर्छौं : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्ने बताउनुभएको छ ।
अध्यक्ष ओली र नेता लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ ।
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताउनुभएको छ ।
‘कान्तिपुर हाफ म्याराथन’ वैशाखमा
‘कान्तिपुर हाफ म्याराथन’ को अर्को संस्करण १४ औं संस्करण वैशाख ५ गते शनिबार आयोजना हुने भएको छ ।
इन्जिनियरसहित तीन जना घुस रकमसहित पक्राउ
सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राईसहित तीन जना ८५ हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अस्पताल बाहिर औषधी किन्न लगाउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवाग्राहीलाई अस्पतालबाहिर औषधी तथा सामग्री खरिद गर्न लगाउने स्वास्थ्य संस्थामाथि कारबाही हुने चेतावनी दिएको छ।
काठमाडौंसहित पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको बताएको छ ।
तामाकोशी गाउँपालिकाद्वारा खर्च कटौतीमा कडाइ
दोलखाको तामाकोशी गाउँपालिकाले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन र सेवा प्रवाहलाई थप चुस्त बनाउन इन्धन तथा सवारीसाधन प्रयोगमा नयाँ नियमावली लागू गरेको छ।
स्वास्थ्य स्वयंसेविकालाई आधारभूत तालिम
मकवानपुरको विकट कैलाश गाउँपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधारभूत तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच नयाँ स्वयंसेविकाहरुलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको हो ।
लागुपदार्थ सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
लागुपदार्थ सेवन गरी सवारी चलाउने १२ जना चालक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान अपरेशन ड्रप अन्तर्गत लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिइएको हो ।
स्वास्थ्य सेवा सुधारका ४३ बुँदे सुझावसहित स्वास्थ्य मन्त्री मेहताको ध्यानाकर्षण
स्वास्थ्य सेवा प्रणालीको सुधार र गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न ४३ बुँदे सुझावसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गराइएको छ।
एनपिएलबाट क्यानलाई ४७ करोड ३६ लाख आम्दानी
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट नेपाल क्रिकेट सङ्घ (क्यान) लाई ४७ करोड ३६ लाख रुपियाँभन्दा बढी आम्दानी भएको छ ।
स्वास्थ्यकर्मीलाई पनि दुई दिन बिदा दिन सङ्घको आग्रह
नेपाल चिकित्सक सङ्घले हप्तामा दुई दिन सार्वजनिक बिदा चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा पनि कार्यान्वयन गर्न आग्रह गरेको छ ।
फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने
फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुहुने भएको छ ।
अठार वटा कृष्णसार स्थानान्तरण गरिने
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ ।
फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न छानबिन समिति गठन
सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।