अनुगमनको निसानामा किराना व्यापारी
सरकारले गर्ने स्थलगत अनुगमनमा साना तथा मझौला खाद्य किराना व्यापारी बढी जरिबाना र कारबाहीमा पर्ने पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने अनुगमनको निसानामा साना खाद्य तथा किराना व्यवसायी पर्ने गरेका हुन् । विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर २६ सम्म ३११ वटा व्यावसायिक फर्म कारबाहीमा परेकोमा ८० वटा खाद्य तथा किराना पसल २४ लाख ५२ हजार रुपियाँ जरिबानामा परेका छन् ।
कोरियासँग ऊर्जामा लगानी सहकार्य विस्तारबारे छलफल
नेपाल र दक्षिण कोरियाबिच ऊर्जा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पान नेपालले आयोजना गरेको ऊर्जा क्षेत्रमा कोरिया–नेपाल सहकार्य विस्तारसम्बन्धी छलफलमा पाँच दशक लामो दुई देशबिचको कूटनीतिक सम्बन्धलाई ऊर्जा सहकार्यका क्षेत्रमा थप घनीभूत बनाउन आवश्यक रहेको औँल्याइएको हो ।
जाँचबुझ आयोगद्वारा सुरक्षा निकायका प्रमुखसँग सोधपुछ
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न गठित आयोगले सुरक्षा निकायका प्रमुखसँग सोधपुछ गरेको छ । आयोगले नेपाली सेनाका प्रधान सेनापति अशोक सिग्देल र उच्च सैनिका अधिकारीसँग सोधपुछ गरेको हो । जेनजी आन्दोलनमा भएका जनधनको क्षति र सुरक्षा निकायको भूमिका केन्द्रित रहेर आयोगले सैनिक अधिकारीसँग सोधपुछ गरेको हो ।
औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुनेगरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ ।
समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
सात दललाई आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले लगातार तीन वर्ष र सोभन्दा बढी समयसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने सात दललाई ‘खारेज किन नगर्ने’ स्पष्टीकरण मागेको छ । दुई वटा दलले लगातार चार वर्षसम्म र पाँच वटा दलले तीन वर्षको लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् ।
चढाइएका फूलबाट सुगन्धित वस्तु
सीता श्रेष्ठ वर्ष २२, मन्दिरमा चढाइएका फूल सङ्कलन गरेर धूप तथा सुगन्धित वस्तु उत्पादन गर्दै आउनुभएको छ । ‘फूल’ नामको ब्रान्डमार्फत उहाँले खेर गइरहेका फूल सङ्कलन गरेर देशमै राम्रो आम्दानीको स्रोत बनाउनुभएको छ । सबै साथीहरू बाहिर पढ्ने र रमाउने बहानामा विदेश जाँदै गर्दा उहाँलाई भने देशमै केही गरौँ अनि परिवारसँगै देशमै रमाउँ भन्ने भावनाले छाडेन । उहाँले भन्नुभयो, “तर के गर्ने र कसो गर्ने भन्ने अन्योल उस्तै थियो, यसरी नै कुनै प्रदर्शनी हेर्न जाँदा फुरेको आइडियालाई अहिले आफ्नो पेसा बनाएँ ।”
‘दी राइजिङ नेपाल’ ६१ औँ वर्षमा
गोरखापत्र दैनिकको सहप्रकाशन अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’ ६१ औँ वर्षमा प्रवेश गरेको छ । २०२२ पुस १ गते बिहीबारदेखि प्रकाशन आरम्भ भएको ‘दी राइजिङ नेपाल’ पहिलो ब्रोडसिट अङ्ग्रेजी राष्ट्रिय दैनिकका रूपमा निरन्तर प्रकाशित हुँदै आएको छ । ‘दी राइजिङ नेपाल’ वार्षिकोत्सवका अवसरमा गोरखापत्र संस्थानले विविध कार्यक्रम आयोजना गरिरहेको छ । दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतमले प्रकाशन सामग्रीलाई विश्वसनीय, समयसापेक्ष र प्रतिस्पर्धी बनाउने गरी विषयवस्तुको चयन र साजसज्जालाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ।
अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित हुने
गोरखापत्र संस्थानको आयोजनामा आगामी बिहीबार ‘गोरखापत्र डिस्कोर्स’ आयोजना हुने भएको छ । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित संस्थानले पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागेको हो । ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स’ नाममा आयोजना हुने यो कार्यक्रम ललितपुरको पुल्चोकस्थित दी प्लाजामा सञ्चालन हुने छ ।
आयुर्वेद औषधालयमा पनि आधुनिक चिकित्सा
धादिङको ‘बैरेनी आयुर्वेद औषधालय’ तर त्यहाँ आयुर्वेद मात्र होइन, एलोपेथिक उपचार पनि हुने गरेको छ । खुट्टा फ्याक्चर भएर औषधालयमा आउनुभएकी सुषमा अधिकारीले यही आयुर्वेदिक औषधालयबाट सम्पूर्ण उपचार पाउनुभयो । अहिले उहाँको खुट्टा पूर्ण रूपमा निको भएको छ । अधिकारीले एक्सरेदेखि प्लास्टरसम्मको उपचार यही औषधालयमा गर्नुभयो । प्लास्टर गरिसकेपछि हिँडडुल गर्नका लागि वैशाखी पनि यही औषधालयले निःशुल्क उपलब्ध गरायो ।
उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन (सूचीसहित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि परेका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ।
लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको यात्राका लागि सहकार्य
समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको नेपालको यात्रालाई अघि बढाउन सरोकारवालाबिच सहकार्यको आवश्यकता औँल्याइएको छ ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपियाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपियाँ मूल्य बढेको छ ।
जनजाति प्रतिष्ठानको सञ्चालक परिषद् बैठक सम्पन्न
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६ औँ सञ्चालक परिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानको अध्यक्ष सुशीला कार्कीले उदघाटन गर्नुभएको बैठक आज सम्पन्न भएको हो । बैठकले प्रतिष्ठानको महत्वपूर्ण नीति, कार्यक्रमबारे निर्णय गरेको छ।
‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ
कांग्रेस महाधिवेशन : वडा तहमा क्रियाशील सदस्यता वितरण जारी
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ ।
खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक
गत कात्तिक महिनामा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक देखिएको छ ।
कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषि मन्त्री परियार
कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।
चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ ।
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन
सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’
निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ ।
‘दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता’
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताउनुभएको छ।