वर्षाको आशमा किसान
बागलुङ नगरपालिका– १२ अमलाचौरका ज्ञानेन्द्र ढकालको वर्ष दिन खान पुग्ने धान फल्ने खेत साउन सुरु हुँदासमेत बाँझै छ । विगतका वर्षमा यो बेलासम्म रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो ।
असार बित्यो, देशभर ६० प्रतिशत मात्र रोपाइँ
असार अन्तिमसम्म देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । कुल रोपाँई हुने १५ लाख चार हजार हेक्टर क्षेत्रफलमध्ये आठ लाख ९९ हजार हेक्टर क्षेत्रफलमा रोपाँई सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ ।
खडेरीका कारण खेतमा धाँजा फाटेपछि किसान चिन्तित
पछिल्लो करिब एक महिनादेखि परेको खडेरीले पश्चिम नवलपरासीका धान खेतहरुमा धाँजा फाटन थालेपछि किसानहरु चिन्तित भएका छन । मल अभावको मार झेल्दै खेतमा रोपाई सकेका केही किसानलाई करिब एक महिनादेखि परेको खडेरीले धान खेतमा धाँजा फाटन थालेपछि उत्पादन घटने चिन्ताले किसान चिन्तित बनेका हुन् ।
वर्षा नहुँदा बाँकेमा ५५ प्रतिशत खेत बाँझै
साउन महिनाको पहिलो सातासम्ममा पनि बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् ।
जुम्लाका एकसय ४३ भेडापालकले पाए गोठालो भत्ता
जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर १४३ किसानलाई भत्ता दिईएको हो ।
राजपुरमा पानी नपर्दा धानबाली नष्ट
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ राजपुरका राम कुवेर यादवले ४ कट्ठा जग्गामा धानको ब्याड लगाउनुभएको थियो ।
तरकारी जोन कार्यक्रमले कृषक लाभान्वित
पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँँका कृषक लाभान्वित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ ।
गुल्मीमा लिची उत्पादनमा कमी, किसान चिन्तित
रमेश विश्वकर्मागुल्मी, साउन १ गते । गुल्मीमा लिची उत्पादनमा कमी आएको छ । लिची उत्पादनका लागि पहाडी जिल्लाकै प्रसिद्ध मानिने रुरुक्षेत्र गाउँपालिकामा लिचीको उत्पादनमा आएको हो । केही वर्ष अगाडि लिचीलाई बुटवललगायतका शहरमा विक्री गरेको तर अहिले उत्पादनमा कमी आउँदा यहाँका कृषकहरु निकै मर्कामा परेका छन् । लिचीको उत्पादनमा कमी, फल नलाग्ने र लागेको फलमा कीरा लाग्ने कृषकहरुले करोडौंको नोक्सानमा आफूहरु परेको बताउँछन् । विगत तीन वर्ष अगाडि झण्डै एक करोड बढीको लिची विक्री गर्ने र लिची गाउँ भनेर सबैले चिन्ने गरेको अहिले लिची बजारका कृषकहरु लिचीको पुरानो अवस्था सम्झिन बाध्य भएको बताउँछन् । लिचीको उत्पादनबाट आफ्नो जीविकोपार्जन गर्दै आएका कृषकहरु अझ बढी मारमा परेका छन् । “हाम्रो गाउँ पहिले लिची बजारको रुपमा परिचित थियो ।” कृषक तारानाथ ज्ञवालीले भन्नुभयो, “विगत तीन वर्षदेखि लिची उत्पादन निरन्तर घटेपछि हामी चिन्तित बनेका छौँ ।” रुरुक्षेत्रको च्यूरेक, थोर्गा र थानपति लिचीका लागि प्रसिद्ध ठाउँ भएको उहाँले बताउनुभयो । “जलवायू परिवर्तनको असर लिचीमा परेको छ ।” अर्का कृषक राधिका ज्ञवालीले भन्नुभयो, “लिचीलाई आवश्यक पर्दा समयमा पानी परेन । लिचीमा दाना लाग्दा पानी परेपछि उत्पादन भएको र कीराको प्रकोप देखियो ।” “यहाँ कृषि ज्ञान केन्द्र गुल्मीमार्फत् लिची पकेट क्षेत्रको रुपमा घोषणा भयो । तर घोषणामा मात्र सीमित भयो ।” कृषक युवराज ज्ञवालीले भन्नुभयो, “नामको मात्रै पकेट क्षेत्र भनेर कृषकलाई कुनै राहतको कार्यक्रममा सहभागी नगराएको उहाँको गुनासो रहेको छ ।” कृषि उपजहरु उत्पादनको क्रममा कृषकले ठूलो क्षति बेहोर्नुपर्ने, उत्पादन भएको उपजलाई बजारीकरणमा समस्या र कृषकले उपयुक्त मूल्य नपाउने अवस्थामा कृषकलाई अनुदानले काम नगर्ने कृषक रीता भट्टराईले बताउनुभयो । व्यवसायिक कृषकहरुलाई अनुगमनको आवश्यकता रहेको उहाँले बताउनुभयो । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषकको माग र आवश्यकताका आधारमा कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले लिचीलाई पुनः मुख्य आम्दानीको स्रोत बनाएर कृषकलाई राहत दिलाउने बताउनुभयो । कृषि ज्ञान केन्द्र, गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले हामीलाई यस्तो समस्या भयो भनेर त्यहाँका कृषकहरुले अहिलेसम्म कार्यालयमा आएर नभनेको बताउनुभयो । उहाँले कृषकले आफ्नो समस्या बताएमा जतिबेला पनि समस्या भएको क्षेत्रमा पुगेर समस्या समाधान गर्ने बताउनुभयो । कृषक स्वयम् सचेत हुनुपर्ने भन्नुहुँदै उहाँले भन्नुभयो, “कृषक नै सचेत नभएसम्म कृषि राम्रो हुन सक्दैन । हामीले कार्यालयबाट सबैतिर सूचना प्रवाह गर्दा पनि हामीलाई यस्तो समस्या आयो भनेर नआएपछि हामीले के गर्ने ? ” आफ्नो समस्या सम्बन्धित ठाउँ कृषि ज्ञान केन्द्रलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
चवन्न प्रतिशत रोपाइँँ
किसानले रासायनिक मल नपाए पनि धमाधम धान रोपाइँ गरिरहेका छन् । मल पाइन्छ कि भनेर किसानले केही ढिलो गरी रोपाइँ सुरु गरेका थिए । हालसम्म देशभर ५४.१३ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी सुमा कार्कीले जानकारी दिनुभयो । गत वर्ष यतिबेलासम्म ६५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो । मनसुन चाँडै सुरु भए पनि मलका कारण धान रोपाइँ ढिलो भएको हो । रोपाइँँ ढिलो भए पनि समयमा नै रोपाइँ सकिने कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले अहिले अलिअलि भए पनि मल पाउन थालेका छन् । पानी पनि पर्याप्त परे
निगुरोमा जीवन देख्दै पूर्वी मोरङका सयौं परिवार
पूर्वी मोरङका सयौं मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको श्रोत बनेको छ ।
खेतीमा आकषर्ण घटेसँगै ‘बेठी’ परम्परा लोप
हिजोआज खेतबारी अधिकांस बाँझोनै देखिन्छ । धान रोपाइँ पहिलेको तुलनामा आधाजस्तै कमी भएको पाइन्छ, जसरी पहिले हुने गर्दथे । धनकुटाका सन्तोष कार्की सानै छदाँ गैरीखेत र सीमखेतमा बेठी लगाएर रोपाइँ गरेको सम्झन्छन् । तर बेठी लगाएर रोपाइँ नगरेको करिव दुई दसक भएको उहाँ बताउनुहुन्छ । घरका सबै जना राजगारीका लागि भन्दै विदेशिए कोही शहर पसे त्यसपछि खेती गर्न छाडेपछि बेठी परम्परा पनि सँगसँगै लोप भएर गएको उहाँले बताउनुभयो ।
आधुनिक खेती प्रणालीबारे विद्यार्थीद्वारा नमूना प्रदर्शन
धनुषाको मिथिला नगरपालिका –९, बडहरीमा रहेको सार्वजनिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीले कृषि विज्ञान प्रदर्शनीको आयोजना गर्नुभएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा कृषि प्राविधिकतर्फका विद्यार्थीले सो प्रदर्शनीको आयोजना गर्नुभएको हो ।
अकबरे खुर्सानी खेतीले बदलिएको जीवन
तानसेनका सफल व्यापारी दीपक पाण्डेको परिचय आजभोलि फरक भएको छ । सफल व्यापारी र उद्योग वाणिज्य संघको व्यक्ति भनेर चिनिएका रिब्दिकोट गाउँपालिका– २ भुटुकाका दिपक पाण्डेलाई आजभोली कृषक भनेर चिन्न थालेका छन् ।
लटरम्म फल्यो स्याउ
स्याउको नाम आउँदा साथ आम नेपालीहरुको मुखमा एक प्रकारको स्वादको अनुभव हुन्छ त्यो हो मुस्ताङको स्याउ ।
कृषि मन्त्रालयको खर्च ७५ प्रतिशत
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र यसअन्तर्गतका विभाग, बोर्ड, समिति तथा कार्यक्रमको चालू आर्थिक वर्षको कुल खर्च ७५.३२ प्रतिशत पुगेको छ । त्यसमा चालू खर्च ७८.५५ प्रतिशत र पुँजीगत खर्च ४५.५१ प्रतिशत खर्च भएको छ ।
डेरी सञ्चालनपछि किसानलाई राहत
सिराहाको दक्षिण–पूर्वी भेग भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका–१ मा बालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापना भएपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् । उत्तरतर्फ १२ किलोमिटरमा लहान र दक्षिणमा पाँच किलोमिटरमा भारतीय बजार लौकाहामा गएर दूध बिक्री गर्दै आएका यहाँका किसानलाई यो डेरीले सहज बनाएको छ । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि भैँसीपालनतर्फ किसान आकर्षित भएको स्थानीय हरिहरनाथ यादवले बताउनुभयो ।
ताप्लेजुङमा दुई लाख ८० हजार बिरुवा उत्पादन
ताप्लेजुङमा रुख प्रजाति तथा जडीबुटीका दुई लाख ८० हजार बिरुवा उत्पादन गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले एकै वर्षमा उक्त सङ्ख्यामा बिरुवा उत्पादन गरेको हो ।
रासायनिक मल अभावबीच ५५ प्रतिशत धान रोपाइँ
रासायनिक मलको अभावका बीच गुल्मीमा असार अन्तिम हप्तासम्म ५५ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यो समयसम्म यस जिल्लामा ४५ प्रतिशत धान रोपाई सकिएको थियो ।
रासायनिक मलको मूल्य निर्धारण
गाउँपालिकाभित्र विक्री वितरण हुने रासायनिक मलको निर्धारण गरिएको छ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकाले पालिकाभित्र विक्रि वितरण हुने रासायनिक मलको मुल्यमा एकरुपता ल्याउन मुल्य निर्धारण गरेको हो ।
तरकारी खेतीबाटै जीविकोपार्जन
केही समय अघिसम्म ज्यालादारी मजदुरी गर्ने धनकुटा नगरपालिका वडा नम्बर २ गुराँसेका ५५ बर्र्षीय गोबिन्द सारु मगरको जीवन वदलिएको छ । ब्यवसायिक तरकारी खेती सुरु गरेपछि उहाँको जीवननै फेरीएको छ ।
जडीबुटी खेतीबाट उत्साहित ताप्लेजुङका किसान
ताप्लेजुङका किसान जडीबुटी खेतीबाट उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा बिस्तार गर्नमा अनुदान सहयोग पाएपछि किसान उत्साहित भएका हुन् ।
उदयपुरमा २७ प्रतिशत रोपाइँ
यसपटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ ।
सयौँ वर्षदेखि अझै लोकप्रिय धनकुटाका हाटबजार
ठुला बजार र मुद्रा अभावमा बस्तु विनियम प्रथालाइ सहजरुपमा सञ्चालन गर्न सयाँै वर्ष अघि गाँउघरवाट हाटबजार सुरु भएको थियो । तर बस्तु विनियम प्रथाको अन्त्य भई ठुलाठुला सहरवजारको बिकास भएपनि धनकुटामा स्थानीय स्तरमा लाग्ने हाटबजारको लोकप्रियता अहिले पनि उत्तिकै छ ।
रासायनिक मलको विकल्पमा ढैँचा
धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका किसान रामपुकार यादवले ढैँचा मलको प्रयोग गरेर धान रोपाइँ सुरु गर्नुभएको छ । उहाँले विगत तीन वर्षदेखि ढैँचाको बिरुवा उमारेर मलका रूपमा प्रयोग गरी धान, गहुँलगायत अन्नबाली उत्पादन गर्दै आउनुभएको छ । किसान रामपुकारले रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको बताउनुभयो । उहाँले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण पोषण पूर्ति गर्ने भएकाले आफूले यो मलको प्रयोग गर्दै आएको जानकारी दिनुभयो ।