बाँकेमा ९५ प्रतिशत रोपाइँ सम्पन्न
बाँकेमा वर्षा ढिलो सुरु भएपछि रोपाइँ ढिलोगरी सुरु भए पनि साउन सकिन लाग्दा रोपाइँ सम्पन्न हुन थालेको छ । हालसम्म बाँकेमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।
सकियो साउन, सकिएन रोपाइँ
यो वर्ष साउन सकिँदासमेत धान रोपाइँ सकिएको छैन। साउन ३० गतेसम्म ८७ प्रतिशत मात्र धान रोपाइँ भएको छ।
घट्यो मकै उत्पादन
खडेरीका कारण यो वर्ष मकै उत्पादन घट्दा सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् । मकैलाई पानी आवश्यक पर्ने जेठ र असार महिना पूरै खडेरी लाग्दा मकै उत्पादनमा व्यापक कमी आएको हो । उत्तरी भेगका किसानले अहिले धमाधम पाकेको मकै भिœयाइरहेका छन् । यहाँको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगमा आकाशे वर्षाको भरमा सँठिया मकै रोप्ने गरिएको छ । खडेरीले मकैमा पुड्का र थोते घोगा लागेका छन् ।
‘मिल्क होलिडे’ नगर्न कृषिमन्त्रीको आग्रह
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले ‘मिल्क होलिडे’ (दिन बिराएर दुध खरिद गर्ने) नगर्न डेरी उद्योगी तथा सरोकारवालालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले डेरी उद्योगी, किसान तथा अन्य सरोकारवालासँग बुधबार राखेको छलफलमा मन्त्री भुसालले सो आग्रह गर्नुभएको हो । बोर्डका अध्यक्षसमेत रहेका मन्त्री भुसालले बढी भएको दुधलाई अन्य क्षेत्रमा खपत गर्नूस् तर ‘मिल्क होलिडे’ नगर्नूस् भनी पटक पटक आग्रह गर्नुभयो ।
मासुभन्दा महँगो भयो जङ्गली च्याउ
कैलालीमा खान योग्य जङ्गली च्याउ (बेम्टी) मासुभन्दा महँगोमा बिक्री भइरहेको छ । स्थानीयले जङ्गलबाट खोजेर ल्याएको च्याउ प्रतिकेजी एक हजार ६०० रुपियाँमा बिक्री भइरहेको हो ।
‘मिल्क होलिडे’ हुन नदिन आग्रह
नेपालमा यतिखेर दुध बढी भएका कारण ‘मिल्क होलिडे’ को अवस्था उत्पन्न भएको छ । किसानलाई मर्का पर्न नदिने गरी सरकारले तोकिएको न्यूनतम समर्थन मूल्यका आधारमा नियमित रूपमा दुध खरिद गर्न सरोकारवालाले डेरी उद्योगीलाई आग्रह गरेका छन् । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन र डेरी उद्योग सङ्घले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दुध बढी भएको यो अवस्थामा ‘मिल्क होलिडे’ हुन नदिई स्वदेशी ग्रामीण कृषकबाट उत्पादित दुध नियमित रूपमा खरिद गर्न आग्रह गरेका छन् ।
सहकारीको छुर्पी अमेरिका निर्यात
स्याङ्जाको वालिङमा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीले कृषकबाट दुध सङ्कलन गरेर विभिन्न प्रकारका परिकारसमेत उत्पादन गर्दै आएको छ । पशुपालक कृषकले उत्पादन गरेको दुध संस्थाले खरिद गरेर त्यसबाट छुर्पी, पनिर, दही, नौनी, घिउ, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएको सहकारीकी प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिनुभयो । प्रबन्धक रेग्मीका अनुसार सहकारीले आफैँ दुधबाट बन्ने परिकार बनाएर स्थानीय बजारमा बिक्री गर्दै आएको छ । स्थानीय बजारमा मात्रै खपत नहुने उत्पादित वस्तु बिक्रीका लागि काठमाडौँ पठाउने गरिएको सहकारीले जनाएको छ ।
भीमदत्त राजमार्ग अवरुद्ध हुँदा आकासियो तरकारीको भाउ
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा कञ्चनपुरमा तरकारीको भाउ आकासिएको छ ।
यस वर्ष दस प्रतिशत कम धान रोपाइँ
साउन सकिन लाग्दासम्म ८४ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यति बेलासम्म ९४ प्रतिशत रोपाइँ भइसकेको थियो । अर्थात् गत वर्षको तुलनामा हालसम्म १० प्रतिशत कम रोपाइँ भएको छ । कृषि विभागका अनुसार १४ लाख ८८ हजार हेक्टरमा धान खेती हुन्छन् । त्यसमध्ये साउन २६ सम्म १२ लाख ५४ हजार हेक्टरमा रोपाइँ भएको छ । सात वटै प्रदेशमध्ये सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । अन्न भण्डारका रूपमा चिनिएको मधेश प्रदेशमा ६० प्रतिशत रोपाइँ मात्र भएको छ ।
निर्देशिका तयार गर्न मन्त्रीको निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि तथा पशुपन्छी विकास सङ्घ, प्रदेश र स्थानीय तह समन्वय निर्देशिका सात दिनभित्र तयार गर्न निर्देशन दिनुभएको छ । कृषि तथा पशुपन्छीतर्फ सङ्घ, प्रदेश तथा स्थानीय तहबिच समन्वयमा समस्या देखिएपछि कृषिमन्त्रीको निर्देशनमा निर्देशिका बनाउन मन्त्रालयले सुरु गरेको थियो तर त्यो सुरु भएको लामो समय भए पनि हालसम्म तयार नहुँदा मन्त्री भुसालले सो निर्देशन दिनुभएको हो । कृषि मन्त्रालयमा बसेको प्रदेशका कृषिमन्त्री तथा सचिवसहितको बैठकमा उहाँले कृषिमा काम गर्नका लागि सङ्घ, प्र
अगाडि बढ्दै महिला औद्योगिक ग्राम
अर्थमन्त्री डा. प्रकाशशरण महतले काभ्रेको पाँचखालमा निर्माण हुन लागेको महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको बताउनुभएको छ । दक्षिण एसियाली महिला मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले महिला औद्योगिक पार्कको अवधारणाबारे सुन्दा यो सामान्य जस्तो लाग्छ, अब यो पार्क निर्माण कार्यलाई कसैले रोक्न सक्दैन, यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।
कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो : मन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
गहुँ भित्र्याउन व्यस्त किसान
कालीकोटको भारपाटामा यती बेला गहुँ पाकेर पहेँलै भएको छन् । पचालझरना गाउँपालिका–३ खार्दुको भारपाटा र गरपाटा क्षेत्रमा किसान गहुँ काट्न र भित्र्याउन व्यस्त छन् ।
भारतको प्रतिबन्धपछि व्यापारीले बढाए चामलको मूल्य
काठमाडौं, साउन २६ गते। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको असर नेपाली बजारमा देखिएको छ। निर्यातको प्रतिबन्ध लगाएको तीन हप्ता बित्न नपाउँदै २५ केजी चामलमा एक सयदेखि दुई सय रुपियाँसम्म व्यापारीले मूल्य बढाएका छन्। भारतले गत साउन ४ गतेदेखि बासमतीबाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर बजारमा देखिएको हो। अनुगमनमा पुगेका सरकारी अधिकारीले व्यापारीले मूल्य बढाएर चामल बिक्री गरेको पाइएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार उपभोक्ताको गुनासो आएपछि बजार अनुगमन गर्दा २५ किलो चामलमा डेढ सयदेखि दुई सय रुपियाँ मूल्य बढाएको पाइएको हो। प्रवक्ता भट्टराईले भन्नुभयो, “उपभोक्ताले बजारबाट चामल खरिद गर्दा धेरै ठगियौँ भनेर गुनासो गरेपछि अनुगमन गर्दा थोक बिक्रेताबाट नै बढेर आएकाले बढाउनुपरेको व्यापारी बताउँछन्।’’थोक तथा खुद्रा व्यापारीको छाता सङ्गठनका प्रमुखसँगको छलफलमा भारतमा धानको मूल्य प्रतिकेजी तीन रुपियाँ बढेकाले नेपालमा पनि चामलको मूल्य बढेको बताएको उहाँको भनाइ छ। बजारमा नियमित अनुगमन भइरहेकाले मूल्य बढेको पाइए कारबाही हुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो , “बजारमा नियमित अनुगमन भइरहेको छ। धेरै नै मूल्य वृद्धि भएको पाइए उपभोक्ता संरक्षण ऐन अनुसार नै कारबाही गरिनेछ।” व्यवसायीले भारतबाट धान ल्याएर नेपालको मिलमा कुट्दा ढुवानी बढी लाग्ने र सात प्रतिशत धान नष्ट हुने भएकाले मूल्य केही बढाउनुपरेको व्यवसायीले बताएका छन्। यता खाद्य,किराना व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्र श्रेष्ठले चामलको मूल्य ५० देखि १०० रुपियाँ बढेको साँचो रहेको बताउनुभयो। व्यापारीले भने भारतमा धानको मूल्य बढेकाले ढुवानी भाडा जोडेर चामल बिक्री गरेको बताएका छन्। उहाँले भन्नुभयो, “चामलको मूल्य ५० देखि १०० रुपियाँसम्म बढेको साँचो हो। भारतमा नै धानको मूल्य बढेको र नेपालमा ल्याएर कुटानी पिसानी गर्दासम्म सात प्रतिशत चामल नष्ट हुने भएकाले मूल्य थोरै बढेको हो।” तर, धेरै मात्रामा मूल्यवृद्धि भने नभएको उहाँको भनाइ छ। चामल निर्यात रोकेको भारतले धान निर्यातमा भने रोक लगाएको छैन। ९३ हजार क्विन्टल चामल मौज्दात सरकारसँग अहिले ९३ हजार क्विन्टल चामल मौज्दात छ। खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला सुवेदी न्यौपानेका अनुसार चामलको आपूर्ति खलबलिएको बेलामा वितरण गर्नको लागि मौज्दात राखिएको हो। उहाँले भन्नुभयो, “चामलको आपूर्ति खलबलिएको बेलामा वितरण गर्न मौज्दात गरिएको हो। तर खाद्य व्यवस्था कम्पनी लिमिटेडले मात्र सम्पूर्ण माग धान्न सक्दैन।” यस मौज्दातले तत्कालको अवस्था मात्र धान्न सक्ने भएकाले लामो समयसम्म भारतले निर्यातमा प्रतिबन्ध लगाए अरु विकल्प सोच्नुपर्ने उहाँले बताउनुभयो। अब चाँडै चामल आपूर्ति गर्नका लागि टेण्डर खोल्ने प्रक्रियामा रहेको उहाँको भनाइ छ। प्रतिबन्ध फुकुवाका लागि वार्ता भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवाका लागि वार्ता भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीका अनुसार निर्यात प्रतिबन्ध फुकुवाका लागि मौखिक कुराहरु भएकाले लामो समय प्रतिबन्ध हुँदैन। उहाँले भन्नुभयो, ‘‘भारत सरकारसँग चामल आयात प्रतिबन्ध फुकुवा गर्नका लागि निरन्तर कुरा भइरहेको छ। अहिले निर्णय नभए पनि प्रतिबन्ध नलम्बिने देखिन्छ।’’ तत्काल नेपालमा चामलको अभाव नभएको र यसअघि नै आयातको प्रक्रियामा रहेको खरिद प्रक्रियामा रहेको चामल आउन बाँकी रहेकाले आवश्यकताभन्दा बढी भण्डारण नगर्न सहसचिव तिवारीले अनुरोध गर्नुभएको छ।
भेडीगोठको उँभौली यात्रा (फोटो फिचर)
हिजोआज नेपालका विभिन्न उच्च हिमाली क्षेत्रका सेरोफेरोमा भेडाका बथान रमाउँदै चरिरहेको भेट्न सकिन्छ । गोठालाले उभौली घुम्ती शिविरका रूपमा भेडी गोठ लेकतिर लागेसँगै अहिले माथिल्लो भेगमा चरनमा रहेका भेडाका बथान भेटिने गरेका हुन् ।
चिया खेती गर्दै विद्यार्थी
म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चियाका बिरुवा रोप्दै अमरज्योति मावि र गोरक्ष आधारभूत विद्यालयका विद्यार्थी । प्रयोगात्मक अभ्यासका लागि कक्षा ७ देखि १० का विद्यार्थीहरुले दुई दिन लगाएर करिब आठ रोपनीमा चार हजार आठ सय चियाका बिरुवा रोपेका छन् ।
चरनमा याकका बाछा
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा बाँधिएर राखिएका याकका बाछा । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत नै याकपालन हो । दूध, घ्यु, सामु तथा सामग्री ढुवानी गर्नका लागि याक पालन गर्दै आएका छन् ।
गोलभेँडाको मूल्य एक महिनामै १२ गुणा बढ्यो
धनकुटा नगरपालिका वडा नम्बर नौ गुठिटारकी रोशनी राईलाई एक महिना अगाडिसम्म गोलभेँडा बेच्न निक्कै सकस थियो । टमाटर बिक्री नहुँदा उहाँले लगाएको धेरै टमाटर बारीमै नष्ट भयो । ७-८ रुपियाँमा समेत बिक्री गर्न खोज्दा पनि क्रेता पाउन मुस्किल थियो । तर एक महिनाको अवधिमा एकाएक गोलभेँडाको मूल्य आकासिएको छ । अहिले थोक मुल्यनै एक सय रुपियाँ प्रति किलो पुगेको छ । तर मूल्य आकासिँदा राईको बारीमा एक गेडो पनि टमाटर छैन । “गोलभेँडा हुँदा मूल्य पाइएन सबै खेर गयो अहिले मूल्य हुँदा गोलभेँडानै छैन” राई गुनासो गर्नुहुन्छ ।
गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा मूल्य आकासियो
नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ ।
वर्षाले किसानलाई राहत
कृषि ज्ञान केन्द्र सिराहाका अनुसार सिरfहामा ५४ हजार हेक्टर धान खेतीयोग्य भूमि छ ।
गोदाममा थुप्रियो मल, किसानले पाएनन्
गोदाममा रासायनिक युरिया (गेडे) मल भएपनि तनहुँ, लमजुङ र गोरखाका कृषकले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ ।
अलैँचीको मूल्य ६ वर्ष यताकै उच्च
अलैँचीको नयाँ उत्पादन सुरु हुनै लाग्दा मूल्य आकासिएको छ । सोमबार अलैँचीको मूल्य प्रतिमन ५८ हजार पुगेको छ । यो मूल्य पाँच वर्ष यताकै उच्च हो।
धान जोगाउन ‘हरेली पूजा’ (फोटो फिचर)
जिल्लाको भूमे गाउँपालिका–३ सीमावासीले ‘हरेली पूजा’ गरेका छन् । सीमावासीले हरेक वर्ष धानबाली जोगाउन ‘हरेली पूजा’ गर्ने गरेका छन् ।
५० रुपियाँमा विक्री गर्नु पर्ने अनुदानको मल ६५ मा विक्री
सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ ।