गुल्मी मुसीकोट नगरपालिका–४, बारुकाका ७३ वर्षीय निर्खसिंह ठकुरीको आँखैअगाडि बारुकाको सराय हराउँदै गएको छ । बाल्यकालदेखि सराय खेल्दै र हेर्दै आउनुभएका निर्खसिंहका लागि यो नाच केवल रमाइलो नभई जीवनको हिस्सा थियो ।
गुल्मीको इस्मा गाउँपालिका–२, हस्तीचौरकी ८९ वर्षीय ईश्वरी बोहोराको घरमै पुगेर गाउँपालिकाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरिदिए । बोहोरा उमेर र रोगले बिस्तारा छोड्न नसक्ने हुनुभएको छ ।
गुल्मीको इस्मा गाउँपालिका–२, हस्तीचौरका ७३ वर्षीय टीकाबहादुर रायमाझी बुधबार दिउँसोको उखर्माउलो गर्मीमा जिल्ला प्रशासन कार्यालयको गेटमा हुनुहुन्थ्यो । रुखबाट लडेर खुट्टा गुमाउनुभएका रायमाझी बैसाखीबिना केही गर्न सक्नुहुन्न तर सामाजि
गुल्मीका युवा ज्योतिष चुरामणि पाण्डेले विपन्न तथा बिरामीको परिवारलाई खाद्यान्न तथा नगद आर्थिक सहयोग गर्नुभएको छ। बाल्यकालबाटै ज्योतिषीको रुपमा पहिचान बनाउनुभएका पाण्डेले विभिन्न घटनाबाट विक्षिप्त धुर्कोट जैसीथोकको एउटा परिवार र क्यान्सर पीडित इस्मा हस्तिचौरको एक परिवारलाई सहयोग गर्नुभएको हो
गुल्मीको रेसुङ्गा नगरपालिका–१२ का ५३ वर्षीय प्रेम तङ्नामीले सडकमा काम गर्न थालेको ३२ वर्ष भयो । उहाँले २०४६ सालबाट सडक डिभिजन कार्यालय पाल्पामार्फत दैनिक नौ रुपियाँमा काम सुरु गर्नुभएको हो । उहाँसँग तम्घासबाट ३०/३५ किलोमिटरसम्म सडक मर्मत गरेको अनुभव छ ।
गुल्मीकाे तम्घासमा प्रधान कार्यालय रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले २४ वर्षमा ठूलो आर्थिक छलाङ्ग मारेको छ । ‘भनेको मान्ने’ व्यक्तिहरुको सहभागितामा ग्रामीण भेगमा वित्तीय आवश्यकता परिपूर्ति र सदस्यको जीवनस्तर उठाउने उद्देश्यले २०५७ भदौ २७ गते सहकारी स्थापना गरिएको थियो ।
इस्मा गाउँपालिका–३ दलार्मचौरका ७० वर्षीय नरबहादुर नेपालीले मादल बनाउन थालेको ४० वर्ष भयो । मादल बाहेक डोका, मान्द्रा र चित्राहरु बनाउनुहुन्छ । तर, घरखर्चको पहिलो आधार मादल बिक्री हो । नरबहादुरले मादल बनाउन सिक्ने बेलातिर साढे दुई सय रुपियाँ मुल्य थियो । उहाँको उमेरसंगै मुल्य पनि उकालो लाग्यो । अहिले एउटा मादलको मुल्य सात हजारसम्म पर्छ । मादल बेच्नकै लागि इस्माबाट पाँच घण्टाको बाटो हिडेर तम्घास आएको अनुभव नेपालीसंग छ ।
गुल्मीको धुर्कोट गाउँपालिका–१, नयाँगाउँका ४३ वर्षीय चन्द्र ताम्राकार कामकै लागि १७ वर्षदेखि ओमनमा हुनुहुन्छ । घरको बारीमा भने अकबरे खुर्सानी पाकेर राताम्मे छ । स्थायी सात र १५ जना मौसमी कामदारलाई अकबरे टिप्न भ्याइनभ्याइ छ । उनीहरू मासिक १२ देखि २५ हजार रुपियाँ कमाउँछन् । अकबरेको बजार र मूल्य राम्रो भएकाले उनीहरूको तलब बाँकी हुँदैन ।
सत्यवती गाउँपालिका–८ भार्सेमा रहेको आदिकालमा मानव निर्मित ठुलोपोखरीले स्थानीय जीवन र इतिहाससँग गहिरो सम्बन्ध राख्छ । यो पोखरीलाई आकार र महत्वका कार(‘ठूलोपोखरी’ भनिन्छ । स्थानीयको अनुमान अनुसार अर्लाङ्गकोटका भुरे राजाभन्दा पहिले तीन सय वर्ष अघि भइसकेको थियो । भार्से गाउँको बिचमा निमार्ण गरिएको ऐतिहासिक पोखरी गोलो आकारको छ ।
गुल्मीको मझेङ खानेपानी जिल्लाको सबैभन्दा ठुलो खानेपानी योजना हो । रेसुङ्गा–भाडगाउँ–मझेङखोला खानेपानी योजना सम्झौता भएको २०७७ असोज २३ गते हो । यो योजना सम्झौता अनुसार २०७९ असोज २८ सम्म सकिनुपथ्र्यो तर करिब पाँच वर्ष हुँदासम्म पनि काम पूरा भएको छैन ।
गत फागुनमा मालिका गाउँपालिका–५, छापघर भई कतारमा व्यवसाय गर्दै आउनुभएका युवा उद्यमी झविन्द्र आचार्यको सडक दुर्घटनामा ज्यान गयो । दुर्घटनामा गम्भीर घाइते आचार्यको कतारको हमाद हस्पिटलमा मृत्यु भएको खबरले परिवारसहित गाउँ नै शोकमा डुब्यो ।
गाउँमा पाका पन्चैबाजा बजाउन जानेका पेउनारायण, रामु र दलबहादुर दर्जी मात्रै हुनुहुन्छ । कतै बाजा बजाउन जान परे समूह नपुगेर अश्लेवाबाट मान्छे बोलाउने अवस्था छ । गाउँका युवा परदेश लागे । पाकाहरू मर्दै र छोड्दै गएपछि बाजा बजाउने गाउँमा छैनन् । जसका कारण गुल्मी सत्यवती गाउँपालिका–२ चेहेमीका परियार बुहारी लगनशील महिला समूह निर्माण गरेर बाजा बजाउन कस्सिएका छन् ।
गुल्मीको इस्मा गाउँपालिका–५, इस्मा रजस्थलमा २०७६ सालमा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालय सात वर्षसम्म भौतिक पूर्वाधारविहीन अवस्थामा रहेको छ । स्थापनादेखि नै शिक्षालयले कुमारी आधारभूत विद्यालयको कोठाबाट पठनपाठन सञ्चालन गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले भारी वर्षाबाट हुनसक्ने क्षति बारे सचेत रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले सार्वजनिक सूचना जारी गर्दै मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–८, भार्से अर्थात् लाहुरे गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत महत्वपूर्ण छ । भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरूको फोटो र इतिहासको लागि भूपू गोर्खा ग्यालरी तथा भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अगुवासमेतको भार्से ग्यालरी निर्माण गरिएपछि यो गाउँको महत्व झन् चुलिएको छ ।