गत बुधबार मदिरा पिएर इस्मा गाउँपालिका–२, छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमालले आफ्नै तीनमहिने छोरा सुवास कुमाललाई पछारेर हत्या गरे । सन्तबहादुरको लामो समयदेखि श्रीमतीसँग विवाद भइरहन्थ्यो । मदिरा सेवन गरेको अवस्थामा श्रीमतीसँग विवाद हुँदा दुधेबालकको कुमालले हत्या गरे ।
गुल्मीको इस्मा गाउँपालिकाको कोटकोटरीका बलबहादुर दर्जीको घरमा आगलागी हुँदा उहाँको आधा शरीर जलेको छ । सानैमा आगलागीमा परेका उहाँ लामो समयको उपचारपछि जेनतेन उभिन सक्ने हुनुभयो । बलबहादुरले ठुलै प्रगति गर्न नसके पनि गाउँमा जेनतेन परिवार चलेकै थियो । फेरि २०८१ वैशाख ८ गते जङ्गलको आगो बस्ती पसेपछि शरीरको लुगाबाहेक केही रहेन । पीडामा एकछिन थुमथुम्याउने धेरै भए ।
गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थलमा रहेको रुरुधाम प्रसिद्ध धार्मिक क्षेत्र हो । कालीगण्डकी स्नान र ऋषिकेश मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकले दिन खाली हुँदैन । विशेष गरेर माघे सङ्क्रान्तिमा स्वदेशका विभिन्न ठाउँ र भारतबाट समेत रुरुधाममा धेरै धार्मिक पर्यटक आउने गर्छन् । रुरुधामलाई पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समेत अगाडि बढाइएको छ । देशमा मुख्य कालीगण्डकी र मदनभण्डारी राजमार्गलाई रुरुक्षेत्रले जोडेको छ ।
गुल्मीको मझेङ खानेपानी योजनाको सफल परीक्षण गरिएको छ । रेसुङ्गा–भाडगाउँ–मझेङखोला लिफ्ट खानेपानी योजना २०७७ असोज २३ गते निर्माण सम्झौता भएको थियो ।
गुल्मीको मुसिकोट नगरपालिका–१, थाम बिसौनामा २०६४ र ०८१ मा गरेर १० जनाले पहिरोमा ज्यान गुमाए । तीन दुई वर्षमा पहिरोका कारण मालिका–६, अर्जे र सत्यवती–४, भिरकुना तथा वडा नं. ३ लुम्पेकमा गरी थप १३ जनाको ज्यान गयो । पहिरोमा पुरिएका ती सबै दलित थिए । ती बस्ती मात्र होइन, जिल्लाका अधिकांश दलित बस्ती बिकुना र अप्ठ्यारोमा त छन् नै, साथै पहिरोको पनि ठुलो जोखिममा छन् ।
गुल्मीको इस्मा गाउँपालिका अन्तर्गतको कोटकोटेरीका सुन्दरलाल विकको पसलसहित घर जलेको दुई वर्ष पुग्यो । घर पसलसहित भएका विकले आगलागीले गर्दा दाल, चामल मागेर खानुपर्ने मात्र बनाएन कि घरबारविहीन भएको अवस्थामा छिमेकीको ओत खोज्नेसम्म बनायो । सरकारले घर बनाउने भने पनि विकसहितका अग्निपीडितले गाउँपालिकासँग सम्झौता गरेर काम अगाडि बढाए तर आधा घर बन्दासम्म गाउँपालिकाबाहेक सङ्घीय र प्रदेश सकरारले ले किस्ता पनि पठाएनन् ।
गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गतका रिडी–तम्घास र सिमलटारी–सौतामारे–मच्छी सडक लगभग एकै समयमा कामको सम्झौता भएका थिए । रिडी–तम्घासको २५ किलोमिटर सडक निर्माण सकिने अवस्थामा छ । सिमलटारी–सौतामारे–मच्छी सडक गत साउनमै सम्झौता सकिए पनि अलपत्र छ । यी दुई योजना जिल्लाका सबैभन्दा ठुला हुन् । श्रेष्ठ सक्षम जेभीले २०७९ साल कात्तिक ६ मा कुल एक अर्ब ४५ करोड रुपियाँमा ३१ किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता गरे पनि २६ प्रतिशत मात्रै काम गरेको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासले जनाएको छ ।
गुल्मी अस्पताल ५० शय्यामा स्तरवृद्धि भएपछि अहिलेको भवन सेवा प्रवाहका हिसाबले सहज हुने अवस्था नै थिएन । सुरुमा जनशक्ति र उपकरण कम थिए । बिस्तारै समय अनुसारका उपचार प्रविधिको विकास र जनशक्ति वृद्धि हुँदै जाँदा सेवाग्राहीको भिड लाग्ने गरेको छ ।
भारतको सहरमा कठिन परिश्रमपश्चात करिब डेढ वर्षपछि घर फर्किदै गर्नुभएका बुबा फर्किन लाग्दा १२ वर्षीय सुजन खत्रीको मन खुसीले चङ्गा थियो । गत सोमबार बिहानै सुजन गाउँको गाडीमा बुबा लक्ष्मण खत्रीलाई लिनसाथीभाईहरुसंगको भेट हुने अपेक्षासहित मदाने गाउँपालिका–१ अग्लुङ निपानेका सुजनको तर गत सोमबार बिहानै सुजन गाउँको गाडीमा बुबा लक्ष्मण खत्रीलाई लिन प्युठानको बाग्दुल्ला हिड्नुभयो । छिमेकी बाबुराम खत्रीका अनुसार बजार पुगेर सुजनको लामो समय बुवासँग फोन सम्पर्क नभएपछि घर फर्किरहेका बेला बुबाले सम्पर्क गर्नुभयो ।
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ का ५३ वर्षीय कृष्ण घिमिरेले अवकाशप्राप्त जीवनपछि पनि उदाहरणीय काम गर्न सकिन्छ भन्ने देखाउनुभएको छ । उहाँले २१ वर्ष शिक्षण गरेपछि अवकाश लिएको एक दशक भयो । जागिर छाडेपछि कृषि र पशुपालनमा लाग्नुभएको घिमिरे अहिले वार्षिक १२ लाख रुपियाँ कमाउँदै आउनुभएको छ ।
गुल्मीको सदरमुकाम तम्घास र मुख्य नाकामा सिसिटिभी क्यामेरा जडान हुन नसक्दा सुरक्षा चुनौती बढिरहेको छ । सुरक्षाका दृष्टिले महत्वपूर्ण उपकरण सिसिटिभी क्यामेरा तम्घासका बाख्रेछेडा, खानीगाउँ दोबाटो, उदिनढुङ्गा, जिपपार्क, फिल्म हल, अस्पताल लाइनमा दुई दुई वटा र गरिमा विकास बैङ्क क्षेत्रमा एउटा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कृषि कर्मबाटै मासिक तीन लाख रुपियाँ कमाउन सकिन्छ भन्ने उदाहरण गुल्मी, रेसुङ्गाका ४६ वर्षीय प्रेम नेपाली बन्नुभएको छ । उहाँले माटोमै खेलेर मासिक तीन लाख रुपियाँ आम्दनी गर्नु हुन्छ ।
गुल्मी मुसीकोट नगरपालिका–४, बारुकाका ७३ वर्षीय निर्खसिंह ठकुरीको आँखैअगाडि बारुकाको सराय हराउँदै गएको छ । बाल्यकालदेखि सराय खेल्दै र हेर्दै आउनुभएका निर्खसिंहका लागि यो नाच केवल रमाइलो नभई जीवनको हिस्सा थियो ।
गुल्मीको इस्मा गाउँपालिका–२, हस्तीचौरकी ८९ वर्षीय ईश्वरी बोहोराको घरमै पुगेर गाउँपालिकाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरिदिए । बोहोरा उमेर र रोगले बिस्तारा छोड्न नसक्ने हुनुभएको छ ।
गुल्मीको इस्मा गाउँपालिका–२, हस्तीचौरका ७३ वर्षीय टीकाबहादुर रायमाझी बुधबार दिउँसोको उखर्माउलो गर्मीमा जिल्ला प्रशासन कार्यालयको गेटमा हुनुहुन्थ्यो । रुखबाट लडेर खुट्टा गुमाउनुभएका रायमाझी बैसाखीबिना केही गर्न सक्नुहुन्न तर सामाजि