पछिल्लो समय बालबालिकामा मोबाइल लगायत विद्युतीय उपकरणको प्रयोग बढ्दो रहेको छ । आफ्नो सजिलोका लागि आमाबुबाले बालबालिकालाई मोबाइल फोनलगायत उपकरण दिएर भुलाउँदा स्वास्थ्यमा नकारात्मक असर परिरहेको चिकित्सकको भनाइ छ ।
सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। असारमा कामको चाप हुने भएकाले छिटो र मिठो खाजाका रुपमा दही–चिउरा खाने चलन चल्दै आएको विज्ञको तर्क छ।
पछिल्लो समय निःसन्तानको समस्या बढेसँगै धेरै दम्पतीको रोजाइमा इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) विधि पर्ने गरेको छ ।
गर्मी मौसममा सबैभन्दा बढी उपलब्ध हुने र विक्री हुने फल आँप हो । आँप बालबालिकादेखि वृद्धवृद्धा सबैले मन पराउने फल हो ।
आयुर्वेद चिकित्सक डा।सुबोध मिश्रले जबरजस्ती योग नगर्न आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उहाँले यस्तो बताउनुभएको हो।
पछिल्लो समय डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (ईडिसिडी) का अनुसार डेंगु सङ्क्रमण पाँच जिल्ला बाहेक सबै जिल्लामा फैलिसकेको छ।
गर्मी महिना बढेसँगै सर्पदंशका बिरामी बढ्दै गएका छन् । जेठदेखि भदौसम्ममा सर्प खाना खोज्न बाहिर निस्कने हुँदा सर्पदंशका बिरामी बढ्ने चिकित्सकको भनाइ छ ।
गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान चिकित्सकको सुझाव छ। जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीले गर्मीको समस्याबाट छुटकार पाउन शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान सुझाव दिनुभएको छ।
पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढिरहेका छन् । वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दिपेन्द्र श्रेष्ठले पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढ्दै गएको बताउनुभयो ।
पछिल्ला केही दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाका बिरामी बढ्दै गएका छन्। अस्पतालका अनुसार पछिल्लो केही दिनदेखि दैनिक दुई तीन जना बिरामी झाडा पखालाको समस्या लिएर अस्पताल पुग्ने गरेका छन्।
सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले डेंगु फैलिन नदिन बेलैमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
पछिल्लो समय सूर्तीजन्य पदार्थको सेवनले नसर्ने रोगको जोखिम बढ्दै गएको छ। नेपालमा कुल जनसङ्ख्याको २८.९ प्रतिशतले सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्याङ्कले देखाएको छ। जसमा सबैभन्दा बढी पुरुष ४८.३, महिलाको सङ्ख्या ११.६ प्रतिशत रहेको छ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुल बजेटको ४.६४ अर्थात ८६ अर्ब २४ करोड विनियोजन गरेको गरेको छ।
सरकारले आर्थिक वर्ष २०८५–८६ मा मातृ मृत्युदर प्रतिलाख जीवित जन्म ८५ मा झार्ने परिमाणात्मक लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको १६ औँ पञ्चवर्षीय योजनामा (२०८१–८२ देखि २०८५–८६) मा यस्तो लक्ष्य लिएको हो । हाल एक लाख जीवित जन्ममा १५१ जना रहेको छ ।
प्राडा. सिता घिमिरे पोखरेल विगत २० वर्षदेखि देशको विभिन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले त्रिवि शिक्षण अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा कन्सल्टेन्टको रूपमा जिममेवारी निर्वाह गर्नुभएको छ ।