स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार आठ जनाको पीसीआर परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताउनुभएको छ । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई बुधबार यहाँ निर्देशन दिँदै सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास गर्न आग्रह गर्नुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा अनियमित्ता बढ्दैजानु चिन्ताको विषय भएको बताउनुभएको छ । महालेखापरीक्षकको ६४ औं वार्षिकोत्सवको अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो चिन्ता व्यक्त गर्नुभएको हो ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताउनुभएको छ । ।
खोलामा डुबेर आज एक बालक बेपत्ता हुनुभएको छ । प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका –१९ जे गाउँका ११ वर्षीय निखिल विक खोलामा डुबेर बेपत्ता हुनुभएको हो ।
बाईसे चौबिसे राज्यबाट नेपाल एकीकरण भएकाबेला गोर्खाली फौजले हिडेको बाटो नेपाली सेनाले खोज्न थालेको छ । नेपाल एकीकरण हँुदा पूर्वबाट पश्चिमसम्म पुगेको गोर्खाली फौजले प्रयोग गरेको बाटो सेनाले खोज्न थालेको हो ।
बुधवार नेप्से परिसूचक ४१.३९ अङ्क बढेर १९६२.७१ बिन्दुमा पुगेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
कृषकहरु मल बिउँको चिन्तामा रहेकाबेला पोखराका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकलाई सहभागी गराएर १७ औं असारे रोपाइँ महोत्सव मनाएका छन् । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूलनाराकासाथ पोखरा पर्यटन परिषद्ले आज महोत्सव आयोजना गरेको हो ।
काठमाडौं, असार १५ गते । फिल्म 'बुलाकी' कार्तिक १८ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फिल्मको रिलिज मितिसँगै पोस्टर समेत सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको पोस्टरमा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट फिचर्ड छन् । कर्णाली भेगको जनजीवन तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन रहेको छ । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा सौगात कँडेल सह निर्माता रहेको फिल्ममा शिव ढकालको छायाङ्कन छ ।
शम्भुनाथ नगरपालिका ४, सीरकजडी, सप्तरीका नन्दीलाल चौधरी बालुवाटारबाट बेपत्ता हुनुभएको छ । उहाँका छोरा दीपक चौधरीकाअनुसार मंगलबार दिउँसो १२ः३० बजे घरबाट घुम्न निस्कनुभएका वर्ष ७५ का चौधरी हिजोदेखि बेपत्ता हुनुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको छ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्ति वैज्ञानिक समाजवादको लक्ष्यमा अघि बढ्नुपर्ने बताउनुभएको छ।