कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः पुष्पराज कुँवर निर्वाचित हुनुभएको छ।
खिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोट फुटबलको तयारीका लागि ४० जना खेलाडि बन्द प्रशिक्षणका लागि छनोट गरेको छ ।
काठमाडौं, जेठ २९ गते । टंक तिमिल्सिना र अपेक्षा गिरिको स्वर रहेको 'बाँकी एउटा सपना' बोलको गीत सार्वजनिक भएको छ ।भिडियाेमा गायक तिमिल्सिना र गिरिकै अभिनय देख्न सकिन्छ । गीतमा शब्द, संगीत तथा एरेन्ज पनि गायक टंक तिमिल्सिनाकै रहेको छ । यस्तै, गीतमा कुमार राना मगरको मिक्सिङ, सञ्जिव बराइलीको गितार र रत्न विकको बासुरी र दिम भुवन गन्धर्वको मादल छ । गीतको भिडियो उत्तम हुमागाईंले छायांकन गर्नुभएको हो भने दिपेन बस्न्यातले सम्पादन गर्नुभएको हो। र भिडियो जिवन शाहीले निर्देशनमा बनेको हो ।
काठमाडौं, जेठ २९ गते । गत वर्ष इन्गेजमेन्ट गर्नुभएकी गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक गरिएको छ ।तस्बिरमा पहेंलो सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाउनुभएको छ । तीन वर्षदेखि सम्बन्धमा रहेको यी जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गर्नुभएको थियो ।शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिनुभएको थियो । र सँगै नाम्चेमै इन्दिराले बिहेको प्रस्ताव समेत स्वीकार्नुभएको थियो ।
काठमाडौं, जेठ २९ गते । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन भएको छ । आइतबार प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले ट्रेड यूनियनको सम्मेलन उद्घाटन गर्नुभएको हो ।काठमाडौंमा उद्घाटन भएको सम्मेलन दुई दिनसम्म चल्नेछ ।
काठमाडौं, जेठ २९ गते । २८ वर्षीय क्यानडियन गायक तथा गीतकार जस्टिन बीबर हाल खतरनाक रोगसँग जुधिरहेका छन् । बीबरले इंस्टाग्राम अकाउन्टमार्फत आफ्नो अनुहारको आधा भागमा प्यारालाइसिस भएको जानकारी दिनुभएको हो ।“तपाईं देख्न सक्नुहुन्छ म एउटा आँखा झिम्क्याउन नै सक्दिनँ । मलाई 'राम्से हन्ट सिन्ड्रोम'का रोग लागेको हो । मेरो एकातिरको भाग नचल्दा म हाँस्न सकेको छैन । अनुहारको एक साइड त पुरै प्यारालाइसिस भएछ जसले मेरो छाला, दिमाग, शक्ति लगायतक मेरै स्वास्थ्यलाई असर गरेको छ”, बीबरले भिडियाेमा भन्नुभएकाे छ ।बिबरको भएको यस संक्रमणको बारेमा उहाँले आगामी डकुमेन्ट्री श्रृंखला 'जस्टिन बीबर : सिजन्स'मा पनि बताउने भएको छ । १० भागको यो कार्यक्रम जनवरी २७ मा रिलिज हुने बताइएको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को कार्यकारी समिति सदस्यमा हालै निर्वाचित हुनुभएका बद्री सिग्देललाई गोरखापत्र संस्थानले बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ ।
नरभक्षी चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिकामा थप एक जना घाइते हुनुभएको छ । शनिबार साँझ सो गाउँपालिकाको वडा ४ को एक बालिकालाई घाईते बनाएको थियो ।
पश्चिम नेपालको बाँके–बर्दियामा शनिबार साँझ आएको तीव्र गतिको हावाहुरीबाट फलफूलमा ठूलो क्षति पुगेको छ । अत्यधिक तिव्र गतिमा आएको हावा हुरीबाट दुबै जिल्लाका केरा र आँप खेतीलाई ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा कुवेतविरुद्ध खेल चलिरहेका बेला टेक्निकल बक्समा बेहोस भएर ढल्नुभएका नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा यस वर्षात्मा औसतभन्दा बढी ५५ देखि ६५ प्रतिशत वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको भए पनि विपत् प्रतिकार्य योजना अझै बन्न सकेको छैन । नेपालमा मनसुन भित्रिएको एक हप्ता भइसकेको छ ।
सगरमाथाको पहिलो पटक सानै उमेरमा आरोहण गर्नुहुने कान्छो आरोही शम्भु तामाङ क्यान्सर रोगका कारण सिकिस्त अवस्थामा हुनुहुन्छ । सिन्धुपाल्चोक रिस्याङ्खु मुल घर भइ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका तामाङ नेपाल क्यान्सर हस्पिटल, गोदावरी, ललितपुरमा भर्ना हुनुभएको छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहेको छ । आव २०७७/७८ मा राष्ट्रिय उत्पादनमा यस प्रदेशको योगदान ७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा पनि त्यति नै रहने अनुमान छ ।
कुनै समय यस्तो थियो कि नेपाली चलचित्रका कलाकारले आफ्नो बुवाले जे पेसा अँगाले आफूले पनि त्यही पेसा अँगाल्नुपर्छ भन्ने मान्यता राख्थे । त्यही कुराले अहिले पनि निरन्तरता पाइरहेको छ ।
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङको मार्फामा रहेको बीउ उत्पादन गर्न लगाइएको आलुको गोडमल सुरु भएको छ । शितोष्ण बागवानी विकास केन्द्रले बीउ उत्पादनको लागि लगाएको आलु खेतीमा गोडमेल सुरु गरेको छ ।