• २१ असार २०८१, शुक्रबार

गायिका इन्दिरा जोशी र शरद्को मेहेन्दी

blog

गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सव ।

काठमाडौं, जेठ २९ गते । गत वर्ष इन्गेजमेन्ट गर्नुभएकी गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक गरिएको छ ।

तस्बिरमा पहेंलो सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाउनुभएको छ । तीन वर्षदेखि सम्बन्धमा रहेको यी जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गर्नुभएको थियो ।

शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिनुभएको थियो । र सँगै नाम्चेमै इन्दिराले बिहेको प्रस्ताव समेत स्वीकार्नुभएको थियो ।